Banner
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
स्थानीय तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाइरहँदा सहभागीको ध्यान बढी आकर्षित हुन्छ । यसले व्यक्तिमा प्रतिभाको निखारपन ल्याउन पनि सहयोग गर्छ ।
यसरी नै विभिन्न प्रतियोगितामा सहभागी हुँदै आफ्नो प्रतिभालाई प्रस्फुटन गर्दै सबै माझ मौलाइरहेका प्रतिभा हुन् स्वरुप खतिवडा । सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुल सुन्दरहरैंचामा अध्ययनरत उनको प्रतिभा प्रस्फुटन गराउनमा पनि विभिन्न प्रतियोगिता तथा विद्यालय, घर र परिवारको महत्वपूर्ण भूमिका रहेको छ ।

भदौ ३ गते आफ्नो १५औँ जन्मदिन मनाएका खतिवडाको प्रतिभालाई प्रस्फुटन गराउन सहयोग गरे सुन्दरहरैंचाको स्कलर्स होमका शिक्षक कमल सिलवालले । उनलाई गीत गाउन प्रेरणा दिने सिलवाल सर काठमाडौंमा छन् । खतिवडा पनि अहिले सिद्धार्थ सेकेण्डरी स्कुल खोर्सानेमा अध्ययनरत छन् । उनलाई त्यहाँ शिक्षक जेबी थुलुङले हौसला दिनुको साथै आवश्यक सहयोग गरिरहेका छन् । ‘मलाई जेबी सरले सबै प्रतियोगितामा भाग लिन लगाउनुहुन्छ । मलाई अघि बढाउनमा उहाँको ९५ प्रतिशत योगदान छ ।’

स्कलर्स होममा उनले प्यारेन्ट्स डेमा गीत गाएका थिए । त्यसलगत्तै विराटचोकमा भएको एक कार्यक्रममा ‘फर्की आऊ शान्ति तिमी…’ बोलको गीत गाएका थिए । त्यो गीतमा राम्रो प्रस्तुति दिएपछि उनको प्रतिभाको कदर हुन थाल्यो ।
रियल स्कुल अफ नेपालले आयोजना गरेको ‘थ्री मिनेट्स अफ फेम’ प्रतियोगितामा उनी फस्ट रनर अप भए । सो प्रतियोगितामा ३ मिनेटभित्रमा आफ्नो कुनै पनि प्रतिभा प्रस्तुत गर्नुपथ्र्याे । त्यस्तै, विराटनगरमा भएको को बन्छ स्टार प्रतियोगितामा उनी तेस्रो भए । विराटनगरमा भएको एसबीएससी सिङ्गिङ स्टार प्रतियोगितामा पनि उनी तेस्रो भए । एक वर्ष अघि भएको प्रथम सुन्दरहरैंचा आइडलमा विजेता बनेपछि उनलाई झन् धेरैले चिन्न थाले ।
१ महिनासम्म सारेगम कलाशाला विराटचोकमा प्रशिक्षण लिएका उनी देशमा अहिले लकडाउन नभएको भए बेलबारीमा गएर संगीतको प्रशिक्षण लिइरहेका हुन्थे । त्यहाँ इटहरीका संगीतकार भोला राईले प्रशिक्षण दिन्छन् । त्यसो त उनलाई विराटनगर गएर कुशेश्वर गुरुसँग संगीत सिक्ने धोको पनि छ ।
गोपाल खतिवडा र संगीता खतिवडाका जेठो छोरा उनी भजन पनि गाउँछन् । विशेष गरी भक्तराज आचार्य, नारायण गोपाल र फत्तेमानका गीत गाउने उनी सेमी क्लासिकल गीत गाउन मन पराउँछन् । विद्यालय बन्द भएको अहिलेको समयमा उनी माइ माइक नेपाल नामक फेसबुक पेज खोलेर त्यसमा गीत अपलोड गर्ने गर्छन् ।
उनले परिवारबाट पनि राम्रो सहयोग पाइरहेका छन् । ‘कक्षा १ देखि नै गीत गाउन थालेको छोराको लागि परिवारको तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ’, आमा संगीता भन्छिन्, ‘राष्ट्रिय प्रतियोगितामा जान हामी सहयोग गर्छाैँ । आवश्यक सामग्री पनि सबै दिइरहेका छौँ । हामीले भन्दा पनि धेरै विद्यालयले नै सहयोग गरेको छ । उसले राम्रो गरोस् भन्ने चाहना छ । गायन त उसले पाएको गड गिफ्ट झैँ लाग्छ ।’
सम्बन्धित समाचारहरु
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन - निष्पक्षखबर
Pingback: मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८) - निष्पक्षखबर
Pingback: सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका - निष्पक्षखबर
Pingback: क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०) - निष्पक्षखबर