कला / साहित्य
सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११)
आफूभित्र प्रतिभा छ । तर त्यसलाई प्रस्फुटन गर्न पाइएन भने कस्तो पीडा हुन्छ होला । यस्तै अनुभवलाई समेट्ने प्रतिभावान् विद्यार्थीमध्येकी एक हुन् कृतिका सुवेदी । सुवेदीले ८ कक्षामा अध्ययन गरुञ्जेलसम्म आफ्नो प्रतिभा अरुसामु प्रस्तुत गर्न नै पाइनन् । ‘आफूलाई भित्रै पीडा भएको महसुस हुन्थ्यो,’ उनले भनिन्, ‘तर, आफ्नो पीडा र इच्छा व्यक्त गर्न पनि सक्दिनथेँ । शायद त्यो मेरो गल्ती थियो ।’
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ मा रहेको श्री मावि मृगौलियाबाट एसईई दिएकी उनले सबैका सामु आफ्नो प्रतिभा १ वर्षमात्रै देखाउन पाइन् । ८ कक्षासम्म आफ्नो प्रतिभा देखाउन नपाउँदा दुःखी भएकी उनले १० कक्षामा अध्ययनरत हुँदा पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइन् । त्र एसईईको तयारीमा लाग्नुपर्ने हुनाले सोचेजति कार्यक्रममा सहभागिता जनाउन भने पाइनन् ।
शिक्षक तोयानाथ रेग्मीको निर्देशनमा उनले आफ्नो प्रतिभालाई उजागर गर्दै गएकी छिन् । कविता र वक्तृत्वकलामा आफ्नो प्रतिभा देखाउने खूबी भएकी उनी भोजराज र नारायण सरको पनि प्रेरणा पाइरहन्छिन् । बालबालिकासँग सम्बन्धित विषयमा उनी कविता लेख्ने र आफ्नो भनाइ राख्ने गर्छिन् । बाल सञ्जालले आयोजना गरेको नगरस्तरीय वक्तृत्वकलामा दोस्रो स्थान पाउँदा उनले बालमैत्री नगर आजको आवश्यकता शीर्षकमा आफ्नो धारणा राखेकी थिइन् । जीवन विकास समाजले आयोजना गरेको हाजिरीजवाफमा उनी फाइनलसम्म पुगिन् ।
वक्तृत्वकला, हाजिरीजवाफ र कवितामा आफ्नो क्षमता प्रदर्शन गर्ने उनलाई वक्तृत्वकलामा शुरुमा भाग लिँदा डर लागेको थियो । ‘शुरुमा त म नर्भस भएँ, डर पनि लाग्यो’, उनले भनिन्, ‘बिस्तारै अरु प्रतियोगीको प्रस्तुति हेरेपछि डर हराउँदै गएको र अघि बढ्ने आँट पलाएको महसुस भयो ।’
छोरीले प्रतियोगितामा भाग लिएर जितेर आउँदा खुशी लाग्ने गरेको बाबु देवीप्रसाद सुवेदी बताउँछन् । धेरै जनाले नै कमर्स पढ्नु भन्नुभएको हुनाले आफू कमर्स पढ्ने योजनामा रहेको उनले सुनाइन् । बाल सञ्जालमा आबद्ध रहेकी उनको इच्छा भने शिक्षाशास्त्र संकायमा अध्ययन गर्ने रहेको छ ।
सम्बन्धित समाचार
क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)
दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: हिपप डान्सर हुँदै मिस लिम्बू हुने सपना बोकेकी नुमा (बाल दिवस विशेष १२) - निष्पक्षखबर
Pingback: स्कलर्स होमकी गहना एलिसा याख्खा (बाल दिवस विशेष १३) - निष्पक्षखबर