कला / साहित्य
क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)
अहिलेका कतिपय विद्यार्थी मोबाइलमा भएका विभिन्न खेल खेलेर नै समय बिताइरहेका हुन्छन् । मोबाइल वा ल्यापटप पाए भने खेलेरै समय बिताउँछन् । त्यस्तै, टेलिभिजन हेर्न पाए भने कार्टुन हेरेरै दिन बिताउँछन् । तर, क्रस्मा राई भने यसको अपवाद हुन् । उनी टिभीमा समाचार, ज्ञानबद्र्धक कार्यक्रम र रियालिटी सो मात्रै हेर्छिन् । त्यस्तै, ल्यापटप वा मोबाइलमा पनि इन्टरनेटमार्फत् विभिन्न ज्ञानबद्र्धक विषय खोजिरहन्छिन् । अन्य धेरै विद्यार्थीको भन्दा अर्काे फरक विशेषता हो समाचारपत्र पढ्नु । सामान्य ज्ञानका पुस्तक पनि उनी पढिरहन्छिन् ।
सुन्दरहरैंचाको स्कलर्स होममा कक्षा १० मा अध्ययनरत उनी सामान्यज्ञानमा राम्रो दख्खल राख्छिन् । आफू सहभागी भएको प्रतियोगितामा उनी पुरस्कृत भएरै छाड्छिन् । धेरैजसो त उनी प्रथम पुरस्कार नै हात पार्छिन् । गत साता भर्चुअल माध्यमबाट भएको हाजिरीजवाफमा उनी तेस्रो भइन् । साइन्स टिचर्स एसोसिएसन अफ नेपाल प्रदेश नम्बर १ ले गरेको सो प्रदेशस्तरीय प्रतियोगितामा उनको समूह तेस्रो भएको हो । ७० वटा समूहले प्रतियोगितामा भाग लिएका थिए । उनी कक्षाको पनि पहिलो विद्यार्थी हुन् ।
वक्तृत्वकलामा पनि राम्रो प्रस्तुति दिन सक्ने उनी इन्द्रपुर जेसीजले ०७५ सालमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा तेस्रो भइन् भने ०७६ सालमा गरेको प्रतियोगितामा पहिलो भइन् । गछिया जेसीज र पहिलो पाइला नेपाल नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा दोस्रो भइन् । वाइएसएस नेपालले आयोजना गरेको प्रतियोगितामा उनी पहिलो भइन् ।

भविष्यमा डाक्टर बन्ने सपना देखेकी उनी सामान्य ज्ञानमा विज्ञानसम्बन्धी प्रश्नको उत्तर बढी मिलाउँछिन् । विद्यालयका शिक्षक माधव घिमिरे र तारा कार्कीले आफूलाई बारम्बार हौसला दिइरहने हुनाले अघि बढ्न थप प्रेरणा मिलेको उनको भनाइ छ । आफू समसामयिक घटनाक्रमका बारेमा जानकारी राख्ने हुनाले हाजिरीजवाफमा सजिलो भएको उनको भनाइ छ ।
‘घरमा भएका सामान्य ज्ञानका पुस्तक पढ्दै जाँदा र स्कुलमा अरुले क्वीज खेलेको देखेर म क्वीजप्रति आकर्षित भएँ’, उनी भन्छिन्, ‘टीभीमा समाचार हेर्छु अनि पत्रपत्रिका पनि पढिरहन्छु । त्यसैले समसामयिक विषयवस्तुमा पनि म अपडेट भइरहेकी हुन्छु ।’ त्यसैको परिणाम हो खेलकुद, इतिहास, विज्ञान, राजनीति, धर्म वा समसामयिक गतिविधि जेसुकैको प्रश्न सोधे पनि उनी सही जवाफ दिइहाल्छिन् ।
छोरीको रुचिमा आफूहरुले सक्दो सहयोग गरिरहेको उनकी आमा रचना श्रेष्ठ बताउँछिन् । कुनै पनि नयाँ समाचार आउनासाथ छोरीलाई जानकारी दिने तथा नयाँ समसामयिक ज्ञानको पुस्तक बजारमा आउनासाथ ल्याइदिने गरेको उनले सुनाइन् ।
सम्बन्धित समाचार
दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११) - निष्पक