कला / साहित्य
क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)
अहिलेका कतिपय विद्यार्थी मोबाइलमा भएका विभिन्न खेल खेलेर नै समय बिताइरहेका हुन्छन् । मोबाइल वा ल्यापटप पाए भने खेलेरै समय बिताउँछन् । त्यस्तै, टेलिभिजन हेर्न पाए भने कार्टुन हेरेरै दिन बिताउँछन् । तर, क्रस्मा राई भने यसको अपवाद हुन् । उनी टिभीमा समाचार, ज्ञानबद्र्धक कार्यक्रम र रियालिटी सो मात्रै हेर्छिन् । त्यस्तै, ल्यापटप वा मोबाइलमा पनि इन्टरनेटमार्फत् विभिन्न ज्ञानबद्र्धक विषय खोजिरहन्छिन् । अन्य धेरै विद्यार्थीको भन्दा अर्काे फरक विशेषता हो समाचारपत्र पढ्नु । सामान्य ज्ञानका पुस्तक पनि उनी पढिरहन्छिन् ।
सुन्दरहरैंचाको स्कलर्स होममा कक्षा १० मा अध्ययनरत उनी सामान्यज्ञानमा राम्रो दख्खल राख्छिन् । आफू सहभागी भएको प्रतियोगितामा उनी पुरस्कृत भएरै छाड्छिन् । धेरैजसो त उनी प्रथम पुरस्कार नै हात पार्छिन् । गत साता भर्चुअल माध्यमबाट भएको हाजिरीजवाफमा उनी तेस्रो भइन् । साइन्स टिचर्स एसोसिएसन अफ नेपाल प्रदेश नम्बर १ ले गरेको सो प्रदेशस्तरीय प्रतियोगितामा उनको समूह तेस्रो भएको हो । ७० वटा समूहले प्रतियोगितामा भाग लिएका थिए । उनी कक्षाको पनि पहिलो विद्यार्थी हुन् ।
वक्तृत्वकलामा पनि राम्रो प्रस्तुति दिन सक्ने उनी इन्द्रपुर जेसीजले ०७५ सालमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा तेस्रो भइन् भने ०७६ सालमा गरेको प्रतियोगितामा पहिलो भइन् । गछिया जेसीज र पहिलो पाइला नेपाल नामक संस्थाले आयोजना गरेको प्रतियोगितामा दोस्रो भइन् । वाइएसएस नेपालले आयोजना गरेको प्रतियोगितामा उनी पहिलो भइन् ।

भविष्यमा डाक्टर बन्ने सपना देखेकी उनी सामान्य ज्ञानमा विज्ञानसम्बन्धी प्रश्नको उत्तर बढी मिलाउँछिन् । विद्यालयका शिक्षक माधव घिमिरे र तारा कार्कीले आफूलाई बारम्बार हौसला दिइरहने हुनाले अघि बढ्न थप प्रेरणा मिलेको उनको भनाइ छ । आफू समसामयिक घटनाक्रमका बारेमा जानकारी राख्ने हुनाले हाजिरीजवाफमा सजिलो भएको उनको भनाइ छ ।
‘घरमा भएका सामान्य ज्ञानका पुस्तक पढ्दै जाँदा र स्कुलमा अरुले क्वीज खेलेको देखेर म क्वीजप्रति आकर्षित भएँ’, उनी भन्छिन्, ‘टीभीमा समाचार हेर्छु अनि पत्रपत्रिका पनि पढिरहन्छु । त्यसैले समसामयिक विषयवस्तुमा पनि म अपडेट भइरहेकी हुन्छु ।’ त्यसैको परिणाम हो खेलकुद, इतिहास, विज्ञान, राजनीति, धर्म वा समसामयिक गतिविधि जेसुकैको प्रश्न सोधे पनि उनी सही जवाफ दिइहाल्छिन् ।
छोरीको रुचिमा आफूहरुले सक्दो सहयोग गरिरहेको उनकी आमा रचना श्रेष्ठ बताउँछिन् । कुनै पनि नयाँ समाचार आउनासाथ छोरीलाई जानकारी दिने तथा नयाँ समसामयिक ज्ञानको पुस्तक बजारमा आउनासाथ ल्याइदिने गरेको उनले सुनाइन् ।
सम्बन्धित समाचार
दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११) - निष्पक