Banner
को हुन् अल्पमतमा रहँदा पनि लालकिल्लामा सफल रुपमा नगरको बागडोर सम्हालेका शिवप्रसाद ढकाल (उम्मेद्वार परिचय १२)
विराटचोकः उत्तरी मोरङमा पर्ने सुन्दरहरैंचा नगरपालिकाको भूगोल लालकिल्लाको रुपमा परिचित भूगोल हो । सुन्दरहरैंचामा पर्ने साबिकका हरैँचा, इन्द्रपुर, मृगौलिया, सुन्दरपुर र दुलारी गाविसको राजनीतिक नेतृत्व लामो समय कम्युनिष्टहरुले गरे । देश संघीयतामा गएपछि भएको पहिलो निर्वाचनमा अप्रत्याशित रुपमा सुन्दरहरैंचाको नेतृत्व नेपाली कांग्रेसको हातमा आयो ।
१२ वडा रहेको नगरमा वडा नम्बर ३, ४ र ७ मा नेपाली कांग्रेसका सबै उम्मेद्वारले चुनाव जित्दा वडा नम्बर २ र ५ मा भने वडाध्यक्षमा मात्रै कांग्रेसले जित्यो । नगरपालिकाका ६२ जना निर्वाचित जनप्रतिनिधिमध्ये मेयरसहित १८ जना जनप्रतिनिधि भएका हुनाले नेपाली कांग्रेसले ५ वर्ष काम गर्न असहज हुने अधिकांशको अनुमान थियो । तर, लालकिल्लाको रुपमा रहेको नगरमा ढकालले यसरी काम गरे कि उनले उठाएका एजेण्डामा कुनै पनि जनप्रतिनिधिले असहमति जनाएनन् । अर्थात् कुनै पनि बैठकमा कुनै पनि कार्यपालिका सदस्यले ‘नोट अफ डिसेन्ट’ नलेखेर नै सफल रुपमा ढकालको पहिलो कार्यकाल बित्यो । उपमेयरसहित दुई तिहाइभन्दा बढी विपक्षी हुँदा पनि सफल रुपमा नगरको नेतृत्व गरेकाले उनको कार्यक्षमता प्रष्ट रुपले उजागर भयो । जसले गर्दा ढकाल सफल मेयरको रुपमा मात्रै चिनिएनन् एउटा सर्भेक्षणले उनी देशभरका उत्कृष्ट १० मेयरभित्र पर्न सफल भएको पनि देखायो ।

वि सं २०३३ सालमा तेह्रथुममा जन्मिएका मृदुभाषी ढकालले स्नातक तहसम्मको अध्ययन गरेका छन् । नेपाली कांग्रेस मोरङका निवर्तमान सह सचिव ढकाल आफू नेपाल जेसीजमा आबद्ध भएपछि नेतृत्वकौशल बढेको बताउँछन् ।
ढकाल सानैदेखि नेतृत्वदायी भूमिकामा रहन चाहन्थे । जब उनी नेपाल जेसीजमा आबद्ध भए त्यसपछि सफल नेतृत्व कसरी गर्ने भनी सिक्ने मौका पाउन थाले । इन्द्रपुर जेसीज वर्ष २००२ को अध्यक्ष भएका उनी त्यसपछि निरन्तर जेसीज अभियानमा लागिरहे । त्यतिमात्रै होइन उनी उनी लायन्स क्लब अफ इन्द्रपुरको पनि नेतृत्व तहमा बसेर काम गरे । ती दुई नेतृत्वकौशल सिकाउने र क्षमता अभिवृद्धि गर्ने सामाजिक संस्थाले उनको नेतृत्व कौशलमा धार लगाउने काम गर्यो ।
आफ्नो ५ वर्षे कार्यकालमा भएका मुख्य ४९ वटा काम उनले हालै सार्वजनिक गरेका छन् । भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भएका कामहरु उनले सार्वजनिक गरेका हुन् । ५ वर्षे कार्यकालमा कुनै नगरसभा सदस्य तथा कार्यपालिका सदस्यले असहमति जनाई ‘नोट अफ डिसेन्ट’ लेख्ने वातावरण बन्न आफूले नदिएको उनको भनाइ थियो । नगर प्रमुख भएपछि जिम्मेवारी पूरा गर्ने क्रममा आग्रह– पूर्वाग्रह नराखी आफूले काम गरेको हुनाले कार्यसम्पादनमा आफूलाई कुनै दलबाट पनि बाधा नभएको हुनाले आफ्नो कार्यकाल स्मरणीय रहेको पनि उनले स्मरण गरेका थिए ।
गत स्थानीय तहको चुनावमा जारी गरिएको घोषणापत्रका ६४ बुँदामध्ये ५१ बुँदा कार्यान्वयनमा आएको र केही बुँदा प्राविधिक कारणले कार्यान्वयनमा समस्या भएको उनको भनाइ छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी ८८ बुँदे घोषणापत्र लिएर चुनावी मैदानमा खडा भएका छन् ।

आफ्नो कार्यकालमा ३५ बेड क्षमताको नगर अस्पताल सञ्चालन हुनु, ४ वटा वडा कार्यालयको भवन निर्माण हुनु, ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र निर्माण हुनु, प्रादेशिक सरुवा रोग अस्पतालको शिलान्यास हुनु, १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्रलाई ५० बिघा जग्गा उपलब्ध गराई तालीम केन्द्र निर्माणका लागि पहल गर्नु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।
पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउन समन्वय गर्नु, सुविधा सम्पन्न कृषि बजार भवन निर्माणका लागि शिलान्यास हुनु, कोल्ड स्टोर भवन निर्माणका लागि शिलान्यास हुनु, इन्द्रपुर रंगशाला निर्माणका लागि डीपीआर निर्माण भई पूर्वाधार निर्माण हुँदै गर्नु, सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याउनुजस्ता महत्वपूर्ण काम गत ५ वर्षमा भएको हुनाले ढकालले धेरै मतदाताको मन जितेको नगरवासी बताउँछन् ।
गत स्थानीय तह निर्वाचनमा मत जितेपछि आफूले नगरवासीको मन जित्ने काम गरेको उनी सुनाउँछन् । आसन्न स्थानीय तहको निर्वाचनमा जनताको मन जितेर मत जित्ने दाउमा उनी छन् । जनताको मत जित्न यसपटक नेपाली कांग्रेसले सुन्दरहरैंचामा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको छ । नेकपा एकीकृत समाजवादीको मत पनि आफूलाई आउने भएकाले यसपटक फराकिलो मत अन्तरले प्रतिद्वन्द्वीलाई पछि पारेर आफू निर्वाचित हुनेमा उनी विश्वस्त देखिन्छन् ।
कोभिड संक्रमणको महामारीको समयमा संक्रमितलाई घरमै औषधी पुर्याउन सक्नु, अक्सिजनको अभाव हुन नदिनु, अस्पताल भर्नामा समन्वय गरी औषधोपचारमा कमी हुन नदिनुजस्ता महत्वपूर्ण काम गरेकाले उनले नगरवासीको मन जितेका छन् । पछिल्लो ५ वर्षको अवधिमा १७७ किलोमिटर बाटोमा पेवल्स बिछ्याउने वा कालोपत्रे गर्ने काम भएको तथा १५३ किलोमिटर सडक एजिङ भएको तथा १३ किलोमिटर पक्की ड्रेन निर्माण भएको हुनाले शहरीकरणको लागि आवश्यक पूर्वाधार निर्माणमा पनि उनले नगरवासीको मन जितेका छन् ।
१८ प्रकारका कर छुट दिएको नगरले ‘सुन्दरहरैंचा विकासको बगैंचा’ भन्ने नारालाई मूर्त रुप दिन आगामी ५ वर्षमा गत ५ वर्षमा भएको कामको १० गुणा बढी काम गर्न सकिने उनको अनुभव बोल्छ । पहिलो कार्यकालमा जस्तै सबै दलको साथ र सहयोग पाएमा देशकै नमूना नगरको रुपमा सुन्दरहरैंचालाई परिचित गराउन सक्नेमा उनी विश्वस्त छन् ।
राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका सीताराम घिमिरे (उम्मेद्वार परिचय ११)
सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)
इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)
को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)
कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)
लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)
पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)
युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login