Connect with us
Advertisement

इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)

Published

on

धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं –१९ निवासी पदम इस्वो (लिम्बू)लाई उप मेयरको उम्मेद्वार बनाएको छ । लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियाशील रहने नेताको रुपमा परिचित उनी पद र शक्तिभन्दा पनि पार्टीलाई योगदान दिनुपर्छ भन्ने मान्यता बोकेका इमान्दार र जुझारु युवा नेताको रुपमा चिन्छिन् ।

२०५६ सालदेखि ११ वर्षसम्म धरान नगर कमिटीको सदस्य रहेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहेका उनी हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह– संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा लागेका इस्वोले धरानलाई आधुनिक शहर र जनसहभागितको शहर बनाउन मुख्य भूमिका खेलेका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी १९ नं. वडाको वडाध्यक्ष निर्वाचित भएका थिए । जनसहभागिताको शहर बनाउन मेयरलाई सहयोग गर्ने मुख्य मान्छे उनी नै थिए ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका (साविक चुहाँनडाँडा गाविस) मा २०४० सालदेखि राजनीतिक जीवन यात्रा शुरु गरेका उनी तेह्रथुमकै शारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियुबाट उनले राजनीतिक जीवन यात्रा शुरु गरेका थिए । विद्यार्थी कालदेखि नै विद्यार्थीहरुको हक, हित र अधिकारको आवाजलाई बुलन्द गर्दै अघि बढेका उनी वि.सं २०४२ सालमा अध्ययनको लागि धरान आएका थिए ।

क्याम्पसमा अनेरास्ववियु सह प्रारम्भिक कमिटीमा आबद्ध रहेर नै राजनीतिक यात्रालाई थप अघि बढाए । २०४६ सालमा अनेरास्ववियु तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हक हितमा काम गरेका उनी प्ररायु संघ (राष्ट्रिय युवा संघ) सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत्व गर्ने क्रममा जिल्ला संगठनलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल भए । २०६१ मा सो संगठन पुरस्कृत हुँदै ११ हजार नगद पनि प्राप्त गर्याे । युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एवम् कोशी अन्चल इन्चार्ज, युथ फोर्स नेपालको पूर्वाञ्चल सह– संयोजक भएर राजनीति क्षेत्रको उचाईमा युवाहरु माझ आफुलाई उनले थप स्थापित गराउँदै लगे ।

त्यसैगरी? युवा किसान महासंघको केन्द्रीय उपाध्यक्ष, किसान महासंघको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरुको नेतृत्व गरेका छन् । २०४६ सालको जन आन्दोलनमा समेत समेत सक्रिय नेतृत्व उनले गरेका थिए ।

धरान– १९ मा २०५१ सालदेखि नेकपा एमाले वडा कमिटीको सचिव भएर पार्टीको काममा सक्रिय भएका उनले २ कार्यकाल वडा सचिवको भूमिका निर्वाह गरका थिए । २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा विजयी भएपछि उनले वडालाई समुन्नत बनाएर वडावासीको थप मन जित्न सफल भए । तत्कालीन समयमा धरानको कान्छो वडाध्यक्षको रुपमा समेत परिचित उनले आफ्नो कार्यकालयमा धरान नगरभित्र पहिलो पटक वडा समितिको आफ्नै वडा कार्यालय स्थापना गरी सञ्चालन गरेका थिए ।

२०५५ सालमा धरान फुटबल क्लबको संस्थापक सदस्य भएका उनले धरानको फुटवल खेललाई अन्तराष्ट्रिय रुपमा परिचति गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । धरान फुटवल क्लबको विधान तथा स्वागत गीतका रचनाकार उनी वि.सं २०६३ सालमा खेलकुद विकास समिति सुनसरीको अध्यक्ष बन्न सफल भए । उनले आफ्नो कार्यकालमा कोशी अञ्चल खेलकुद विकास समितीको नाममा रहेको अचल सम्पत्ति धरान रंगशालाको जग्गा तथा धरान –१० को कभर्ड हलको जग्गालाई समेत जिल्ला खेलकुद विकास समितिको नाममा ल्याएका थिए । धरानमा रहेका खेलकुदका संरचना बनाउने काममा उनको महत्वपूर्ण योगदान रहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सूचना केन्द्रको स्थापना पनि उनले गरेका थिए ।

वि सं २०४८ सालदेखि ६ वर्षसम्म किराँतेश्वर निमाविमा अध्यापन गराएका उनले २०५१ सालदेखि ३ वर्षसम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गराएका थिए । धरान कानुन व्यवसायी क्लबको संस्थापक उपाध्यक्ष उनी २३ वर्षदेखि निरन्तर कानुनी पैरवी गर्दै आइरहेका छन् । नेपाल बार एसोसिएन केन्द्रीय परिषदको सदस्य उनले धरानको न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा निष्पक्ष न्याय सम्पादन हुने धेरैको अनुमान छ ।

धरानको दिगो विकासका लागि खानेपानी समस्याको समाधान, धरानलाई दुव्र्यसनमुक्त बनाउने र शिक्षा, स्वास्थ्य पर्यटनको क्षेत्रमा विशेष योजना बनाउने तथा धरानलाई समृद्ध शहर बनाउने उनका योजना छन् ।

को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)

कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)

लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक