Connect with us
Advertisement

इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)

Published

on

धरानः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं –१९ निवासी पदम इस्वो (लिम्बू)लाई उप मेयरको उम्मेद्वार बनाएको छ । लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियाशील रहने नेताको रुपमा परिचित उनी पद र शक्तिभन्दा पनि पार्टीलाई योगदान दिनुपर्छ भन्ने मान्यता बोकेका इमान्दार र जुझारु युवा नेताको रुपमा चिन्छिन् ।

२०५६ सालदेखि ११ वर्षसम्म धरान नगर कमिटीको सदस्य रहेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहेका उनी हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह– संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा लागेका इस्वोले धरानलाई आधुनिक शहर र जनसहभागितको शहर बनाउन मुख्य भूमिका खेलेका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी १९ नं. वडाको वडाध्यक्ष निर्वाचित भएका थिए । जनसहभागिताको शहर बनाउन मेयरलाई सहयोग गर्ने मुख्य मान्छे उनी नै थिए ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका (साविक चुहाँनडाँडा गाविस) मा २०४० सालदेखि राजनीतिक जीवन यात्रा शुरु गरेका उनी तेह्रथुमकै शारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियुबाट उनले राजनीतिक जीवन यात्रा शुरु गरेका थिए । विद्यार्थी कालदेखि नै विद्यार्थीहरुको हक, हित र अधिकारको आवाजलाई बुलन्द गर्दै अघि बढेका उनी वि.सं २०४२ सालमा अध्ययनको लागि धरान आएका थिए ।

क्याम्पसमा अनेरास्ववियु सह प्रारम्भिक कमिटीमा आबद्ध रहेर नै राजनीतिक यात्रालाई थप अघि बढाए । २०४६ सालमा अनेरास्ववियु तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हक हितमा काम गरेका उनी प्ररायु संघ (राष्ट्रिय युवा संघ) सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत्व गर्ने क्रममा जिल्ला संगठनलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल भए । २०६१ मा सो संगठन पुरस्कृत हुँदै ११ हजार नगद पनि प्राप्त गर्याे । युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एवम् कोशी अन्चल इन्चार्ज, युथ फोर्स नेपालको पूर्वाञ्चल सह– संयोजक भएर राजनीति क्षेत्रको उचाईमा युवाहरु माझ आफुलाई उनले थप स्थापित गराउँदै लगे ।

त्यसैगरी? युवा किसान महासंघको केन्द्रीय उपाध्यक्ष, किसान महासंघको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरुको नेतृत्व गरेका छन् । २०४६ सालको जन आन्दोलनमा समेत समेत सक्रिय नेतृत्व उनले गरेका थिए ।

धरान– १९ मा २०५१ सालदेखि नेकपा एमाले वडा कमिटीको सचिव भएर पार्टीको काममा सक्रिय भएका उनले २ कार्यकाल वडा सचिवको भूमिका निर्वाह गरका थिए । २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा विजयी भएपछि उनले वडालाई समुन्नत बनाएर वडावासीको थप मन जित्न सफल भए । तत्कालीन समयमा धरानको कान्छो वडाध्यक्षको रुपमा समेत परिचित उनले आफ्नो कार्यकालयमा धरान नगरभित्र पहिलो पटक वडा समितिको आफ्नै वडा कार्यालय स्थापना गरी सञ्चालन गरेका थिए ।

२०५५ सालमा धरान फुटबल क्लबको संस्थापक सदस्य भएका उनले धरानको फुटवल खेललाई अन्तराष्ट्रिय रुपमा परिचति गराउन महत्वपूर्ण भूमिका खेलेका थिए । धरान फुटवल क्लबको विधान तथा स्वागत गीतका रचनाकार उनी वि.सं २०६३ सालमा खेलकुद विकास समिति सुनसरीको अध्यक्ष बन्न सफल भए । उनले आफ्नो कार्यकालमा कोशी अञ्चल खेलकुद विकास समितीको नाममा रहेको अचल सम्पत्ति धरान रंगशालाको जग्गा तथा धरान –१० को कभर्ड हलको जग्गालाई समेत जिल्ला खेलकुद विकास समितिको नाममा ल्याएका थिए । धरानमा रहेका खेलकुदका संरचना बनाउने काममा उनको महत्वपूर्ण योगदान रहेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सूचना केन्द्रको स्थापना पनि उनले गरेका थिए ।

वि सं २०४८ सालदेखि ६ वर्षसम्म किराँतेश्वर निमाविमा अध्यापन गराएका उनले २०५१ सालदेखि ३ वर्षसम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापन गराएका थिए । धरान कानुन व्यवसायी क्लबको संस्थापक उपाध्यक्ष उनी २३ वर्षदेखि निरन्तर कानुनी पैरवी गर्दै आइरहेका छन् । नेपाल बार एसोसिएन केन्द्रीय परिषदको सदस्य उनले धरानको न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा निष्पक्ष न्याय सम्पादन हुने धेरैको अनुमान छ ।

धरानको दिगो विकासका लागि खानेपानी समस्याको समाधान, धरानलाई दुव्र्यसनमुक्त बनाउने र शिक्षा, स्वास्थ्य पर्यटनको क्षेत्रमा विशेष योजना बनाउने तथा धरानलाई समृद्ध शहर बनाउने उनका योजना छन् ।

को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)

कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)

लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक