Connect with us
Advertisement

अब्बल खेलाडी किशोर राई धरानमा प्रदेश राजधानीसरहकै पूर्वाधार विकास गर्ने योजनामा (उम्मेद्वार परिचय १०)

Published

on

धरानः बैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई सङ्घर्षशील, स्पष्ट वक्ताका रूपमा लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन् ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष रहेका उनी नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति हुन् । आमा लक्ष्मी राई र पिता पृथ्वीबहादुर राईको कोखबाट २०२४ साल चैत १७ गते बोराबाँध मोरङमा जन्मिएका उनले आइए सम्मको अध्ययन गरेका छन् । फुटबलको राष्ट्रिय खेलाडीको रूपमा सक्रिय रहँदारहँदै २०४७ सालदेखि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका थिए ।

वि. सं. २०५१ सालमा नेपाली कांग्रेस धरान – १२ को बुथ सभापति भएका उनी २०५४ सालको स्थानीय निर्वाचनमा धरानको वडा नम्बर १२ को वडाध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा नेपाली कांग्रेस धरानको नगर सचिव भएका राई २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भएका थिए ।

२०६२\०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका उनी २०६६ सालदेखि २०७२ साल सम्म नेपाली कांग्रेस धरानको नगर सभापति रहेका थिए । धरानको सर्वदलीय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरू निर्णायक पार्टी नेताका रूपमा परिचित उनले धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फुटबलका राष्ट्रिय खेलाडी उनी नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको थियो । उनकै पहलमा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ गरेको थियो । नेपालमा सबैभन्दा लामो समयदेखी निरन्तर आयोजना भइरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रूपमा बुढासुब्बा गोल्डकप फुटबल अहिलेसम्म पनि सञ्चालन हुँदै आएको छ ।

धरानमा क्षेत्रीय रङ्गशालाको निर्माणको लागि भएको सङ्घर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका संस्थापक अध्यक्ष तथा छिमेकी स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष हुन् । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर उनी युवाहरू माझ लोकप्रिय बनेका थिए ।

प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलनमा सक्रिय भएका उनी धरान प्रदेश राजधानी नभए पनि पूर्वाधारको विकासमा राजधानी बराबरको बनाउने प्रतिबद्धता जाहेर गर्छन् ।

सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)

इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)

को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)

कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)

लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक