Connect with us
Advertisement

अब्बल खेलाडी किशोर राई धरानमा प्रदेश राजधानीसरहकै पूर्वाधार विकास गर्ने योजनामा (उम्मेद्वार परिचय १०)

Published

on

धरानः बैशाख ३० गते मतदान हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको मेयर पदमा किशोर राई उम्मेदवार छन् । नेपाली कांग्रेसको युवा पुस्ताका नेता राई सङ्घर्षशील, स्पष्ट वक्ताका रूपमा लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन् ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्ष रहेका उनी नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति हुन् । आमा लक्ष्मी राई र पिता पृथ्वीबहादुर राईको कोखबाट २०२४ साल चैत १७ गते बोराबाँध मोरङमा जन्मिएका उनले आइए सम्मको अध्ययन गरेका छन् । फुटबलको राष्ट्रिय खेलाडीको रूपमा सक्रिय रहँदारहँदै २०४७ सालदेखि उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका थिए ।

वि. सं. २०५१ सालमा नेपाली कांग्रेस धरान – १२ को बुथ सभापति भएका उनी २०५४ सालको स्थानीय निर्वाचनमा धरानको वडा नम्बर १२ को वडाध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा नेपाली कांग्रेस धरानको नगर सचिव भएका राई २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भएका थिए ।

२०६२\०६३ को जनआन्दोलनमा धरानबाट आन्दोलनको सक्रिय नेतृत्व गरेका उनी २०६६ सालदेखि २०७२ साल सम्म नेपाली कांग्रेस धरानको नगर सभापति रहेका थिए । धरानको सर्वदलीय संयन्त्र रहँदा धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरू निर्णायक पार्टी नेताका रूपमा परिचित उनले धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फुटबलका राष्ट्रिय खेलाडी उनी नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय उपाध्यक्षमा पनि निर्वाचित भए । एन्फामा प्रभावशाली भूमिका निर्वाह गर्दै आएका उनकै प्रयासमा अन्तर्राष्ट्रिय फुटबल संस्था फिफाको गोल प्रोजेक्ट धरानमा आएको थियो । उनकै पहलमा स्थापित धरान फुटबल क्लबले धरानमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता प्रारम्भ गरेको थियो । नेपालमा सबैभन्दा लामो समयदेखी निरन्तर आयोजना भइरहेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको रूपमा बुढासुब्बा गोल्डकप फुटबल अहिलेसम्म पनि सञ्चालन हुँदै आएको छ ।

धरानमा क्षेत्रीय रङ्गशालाको निर्माणको लागि भएको सङ्घर्षमा उनले नेतृत्व गरेका थिए । उनी धरान मित्र मिलन क्लबका संस्थापक अध्यक्ष तथा छिमेकी स्पोर्टिङ क्लबका पूर्व अध्यक्ष हुन् । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर उनी युवाहरू माझ लोकप्रिय बनेका थिए ।

प्रदेश १ को राजधानी धरानलाई बनाउने आन्दोलनमा सक्रिय भएका उनी धरान प्रदेश राजधानी नभए पनि पूर्वाधारको विकासमा राजधानी बराबरको बनाउने प्रतिबद्धता जाहेर गर्छन् ।

सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)

इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)

को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)

कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)

लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक