स्थानीय तह
राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका सीताराम घिमिरे (उम्मेद्वार परिचय ११)
झुम्काः नेकपा एकीकृत समाजवादीको तर्फबाट रामधुनी नगरपालिकामा मेयरको उम्मेद्वारी दिएका सीताराम घिमिरे राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा स्नातक गरेका व्यक्ति हुन् । बौद्धिक र युवा जोश भएका उनी स्थानीय तह नबुझेको युवा नगरको नेतृत्वमा नआउँदा विकासले गति लिन नसक्ने बताउँछन् ।
विद्यालय तहमा अध्ययन गर्दै गर्दा २०५५÷०५६ सालतिर अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य बनेका घिमिरेको राजनीति खोटाङ जिल्लाको खाल्लेबाट शुरु भएको हो । २०४३ सालमा जन्मिएका घिमिरेले प्रमाणपत्र तहसम्मको शिक्षा दिक्तेल बहुमुखी क्याम्पसबाट प्राप्त गरे भने स्नातक तह इटहरीको जनता बहुमुखी क्याम्पसबाट र स्नातकोत्तर तह धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरे ।
खोटाङ जिल्ला अदातलमा निमित्त न्यायाधीश रहेका उनका बुबाको व्यक्तिगत रिसिइवीका कारण हत्या भएपछि जेठो छोरा सीतारामका काँधमा जिम्मेवारी थपिए । तिनै जिम्मेवारी पूरा गर्दै बुवाको सपनालाई पनि सार्थक पार्न कानुन विषय अध्ययन गरेको उनी बताउँछन् ।

एमाले निकट अनेरास्ववियुबाट शुरु भएको घिमिरेको राजनीतिक यात्रा भने कम्युनिष्टकै सेरोफेरोमा अल्झिएको थियो । कक्षा ९ मा पढ्दै गर्दा अखिल क्रान्तिकारीमा समावेश भएका उनी खोटाङबाट सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा बसाइँ सरी आएपछि २०६४ सालमा नेकपा माओवादीको भातृ संगठन वाइसीएलमा लागे । उनलाई पार्टीले नगर कमिटीको सदस्यता तत्कालै दिएको थियो । जनता बहुमुखी क्याम्पसमा पढ्दै गर्दा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष बनेका घिमिरे पार्टीको रामधुनी सचिव समेत भए । सो समयमा माओवादीका वैद्य र प्रचण्ड पक्षबीच खटपट भएपछि सीतारामले साथीहरुसँग मिलेर जनकंग्रेस नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न पुगे । सो क्रममा उनले नेपालको राष्ट्रिय राजनीतिको विषयमा धेरै कुरा जान्ने मौका पाए ।
ठूलो मेहनतका साथ एउटा पार्टी जन्मिन लागेको बेला विदेशी चलखेलकै आडमा दर्ता हुन सकेन । सो पार्टीको केन्द्रीय सचिव उनी थिए । त्यसपछि जनकम्युनिष्ट पार्टी दर्ता गर्न चाहे पनि असफल भए । जनकम्युनिष्टको कार्यक्रमका लागि काठमाडौं जाने क्रममा दुर्घटनामा परेपछि उनी राजनीतिदेखि पछि हट्ने सुरमा पुगे । सोही समयमा उनी डा. बाबुराम भट्टराईसँग जोडिएपछि नयाँ शक्तिमा आबद्ध भई सो पार्टीको प्रदेश नम्बर १ को विद्यार्थी संगठनको संयोजकको रुपमा काम गर्न थाले ।
उनी सो संगठनको केन्द्रीय उपाध्यक्षसम्म भए । अध्यक्ष हुने उनको चाहना बाबुरामले आफ्नै ज्वाइँका ज्वाइँलाई विद्यार्थीको नेतृत्व हस्तान्तरण गरेर नातावाद लागू गरेपछि उनी निराश भए । पछि सो पार्टी जनता समाजवादी पार्टीमा जोडिएपछि झन् बढी नातावाद देखिएपछि उनी जनता समाजवादीको ठूलो समूहसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एकीकृत समाजवादीमा उनी अहिले प्रदेश सचिवालयमा छन् ।
रामधुनी नगरपालिका क्षेत्रमा प्रविधिको प्रयोग गरेर आधुनिक कृषि प्रणालीका साथै नयाँ ढंगले उत्पादन र बजारीकरणमा जोड दिन सके रोजगारका बाटाहरु खुल्ने घिमिरे बताउँछन् । पर्यटनको सम्भावना रहेको रामधुनीलाई होमस्टेका साथै पर्यटकलाई उपयुक्त बासस्थानहरुको विकास गर्न सके रोजगारी सिर्जना हुने उनको ठम्याइ छ ।
आफूले नेतृत्व पाएको खण्डमा रामधुनीलाई पाँच बर्षभित्रमा ५ हजार जनालाई स्वरोजगार बनाएर विदेश पलायन हुने जनशक्तिलाई रोक्ने घोषणापत्र लिएर उनी चुनावी मैदानमा छन् । रामधुनीका रासताल, शंकरवेली ताल, जुडी सिमसार जस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्ने साथै ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, भूमिहीन तथा सुकुम्बासी जनतालाई उचित आवासको प्रवन्ध गरी आवासीय जमिनको समेत व्यवस्था गर्न पहल गर्ने र करको दायरा बढाउने उनका महत्वपूर्ण एजेण्डा छन् ।
एक घर एक रोजगार, सुशासनयुक्त रामधुनी सरकार भन्ने नाराका साथ कलम चुनाव चिह्न लिएर रामधुनीको नेतृत्व आफ्नो हातमा पार्न उनी अघि बढेका छन् ।
सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)
इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)
को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)
कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)
लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)
पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)
युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login