स्थानीय तह
राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका सीताराम घिमिरे (उम्मेद्वार परिचय ११)
झुम्काः नेकपा एकीकृत समाजवादीको तर्फबाट रामधुनी नगरपालिकामा मेयरको उम्मेद्वारी दिएका सीताराम घिमिरे राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन विषयमा स्नातक गरेका व्यक्ति हुन् । बौद्धिक र युवा जोश भएका उनी स्थानीय तह नबुझेको युवा नगरको नेतृत्वमा नआउँदा विकासले गति लिन नसक्ने बताउँछन् ।
विद्यालय तहमा अध्ययन गर्दै गर्दा २०५५÷०५६ सालतिर अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य बनेका घिमिरेको राजनीति खोटाङ जिल्लाको खाल्लेबाट शुरु भएको हो । २०४३ सालमा जन्मिएका घिमिरेले प्रमाणपत्र तहसम्मको शिक्षा दिक्तेल बहुमुखी क्याम्पसबाट प्राप्त गरे भने स्नातक तह इटहरीको जनता बहुमुखी क्याम्पसबाट र स्नातकोत्तर तह धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट पूरा गरे ।
खोटाङ जिल्ला अदातलमा निमित्त न्यायाधीश रहेका उनका बुबाको व्यक्तिगत रिसिइवीका कारण हत्या भएपछि जेठो छोरा सीतारामका काँधमा जिम्मेवारी थपिए । तिनै जिम्मेवारी पूरा गर्दै बुवाको सपनालाई पनि सार्थक पार्न कानुन विषय अध्ययन गरेको उनी बताउँछन् ।

एमाले निकट अनेरास्ववियुबाट शुरु भएको घिमिरेको राजनीतिक यात्रा भने कम्युनिष्टकै सेरोफेरोमा अल्झिएको थियो । कक्षा ९ मा पढ्दै गर्दा अखिल क्रान्तिकारीमा समावेश भएका उनी खोटाङबाट सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा बसाइँ सरी आएपछि २०६४ सालमा नेकपा माओवादीको भातृ संगठन वाइसीएलमा लागे । उनलाई पार्टीले नगर कमिटीको सदस्यता तत्कालै दिएको थियो । जनता बहुमुखी क्याम्पसमा पढ्दै गर्दा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष बनेका घिमिरे पार्टीको रामधुनी सचिव समेत भए । सो समयमा माओवादीका वैद्य र प्रचण्ड पक्षबीच खटपट भएपछि सीतारामले साथीहरुसँग मिलेर जनकंग्रेस नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न पुगे । सो क्रममा उनले नेपालको राष्ट्रिय राजनीतिको विषयमा धेरै कुरा जान्ने मौका पाए ।
ठूलो मेहनतका साथ एउटा पार्टी जन्मिन लागेको बेला विदेशी चलखेलकै आडमा दर्ता हुन सकेन । सो पार्टीको केन्द्रीय सचिव उनी थिए । त्यसपछि जनकम्युनिष्ट पार्टी दर्ता गर्न चाहे पनि असफल भए । जनकम्युनिष्टको कार्यक्रमका लागि काठमाडौं जाने क्रममा दुर्घटनामा परेपछि उनी राजनीतिदेखि पछि हट्ने सुरमा पुगे । सोही समयमा उनी डा. बाबुराम भट्टराईसँग जोडिएपछि नयाँ शक्तिमा आबद्ध भई सो पार्टीको प्रदेश नम्बर १ को विद्यार्थी संगठनको संयोजकको रुपमा काम गर्न थाले ।
उनी सो संगठनको केन्द्रीय उपाध्यक्षसम्म भए । अध्यक्ष हुने उनको चाहना बाबुरामले आफ्नै ज्वाइँका ज्वाइँलाई विद्यार्थीको नेतृत्व हस्तान्तरण गरेर नातावाद लागू गरेपछि उनी निराश भए । पछि सो पार्टी जनता समाजवादी पार्टीमा जोडिएपछि झन् बढी नातावाद देखिएपछि उनी जनता समाजवादीको ठूलो समूहसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एकीकृत समाजवादीमा उनी अहिले प्रदेश सचिवालयमा छन् ।
रामधुनी नगरपालिका क्षेत्रमा प्रविधिको प्रयोग गरेर आधुनिक कृषि प्रणालीका साथै नयाँ ढंगले उत्पादन र बजारीकरणमा जोड दिन सके रोजगारका बाटाहरु खुल्ने घिमिरे बताउँछन् । पर्यटनको सम्भावना रहेको रामधुनीलाई होमस्टेका साथै पर्यटकलाई उपयुक्त बासस्थानहरुको विकास गर्न सके रोजगारी सिर्जना हुने उनको ठम्याइ छ ।
आफूले नेतृत्व पाएको खण्डमा रामधुनीलाई पाँच बर्षभित्रमा ५ हजार जनालाई स्वरोजगार बनाएर विदेश पलायन हुने जनशक्तिलाई रोक्ने घोषणापत्र लिएर उनी चुनावी मैदानमा छन् । रामधुनीका रासताल, शंकरवेली ताल, जुडी सिमसार जस्ता क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्ने साथै ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने, भूमिहीन तथा सुकुम्बासी जनतालाई उचित आवासको प्रवन्ध गरी आवासीय जमिनको समेत व्यवस्था गर्न पहल गर्ने र करको दायरा बढाउने उनका महत्वपूर्ण एजेण्डा छन् ।
एक घर एक रोजगार, सुशासनयुक्त रामधुनी सरकार भन्ने नाराका साथ कलम चुनाव चिह्न लिएर रामधुनीको नेतृत्व आफ्नो हातमा पार्न उनी अघि बढेका छन् ।
सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)
इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)
को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)
कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)
लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)
पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)
युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)
अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)
तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)
Facebook Comment
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login