Connect with us
Advertisement

सुन्दरहरैंचावासीसँग लामो समयदेखि परिचित केदार गुरागाई (उम्मेद्वार परिचयः ९)

Published

on

विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुख पदको लागि नेकपा एमालेले केदारप्रसाद गुरागाईलाई उम्मेदवार बनाएको छ । बुवा श्रीप्रसाद र आमा सीता गुरागाईको कोखबाट वि. संं २०२४ सालमा खोटाङको साबिक डाँडागाउँमा उनको जन्म भएको हो ।

गुरागाईँले पञ्चायती शासनविरुद्ध आवाज उठाउँदै आएका थिए । शोषित, पीडित, अन्याय र अत्याचारमा परेका जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीमा आबद्ध भएका उनले स्कुले जीवनदेखि नै विद्यार्थीको हकहितको आवाज उठाउँदै आएका थिए ।

२०३६ सालमा अनेरास्ववियुमा आबद्ध भएका उनी तत्कालीन नेकपा माले हुँदै हालको एमालेको राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् । विद्यार्थीकालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका थिए । वि. सं. २०३९ सालमा माविमा स्ववियु सभापति बनेका उनले साबिक इन्द्रपुर गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वार चन्द्रबहादुर गुरुङलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

महेन्द्र मोरङ क्याम्पसमा पढ्दा राष्ट्रिय पञ्चायतको निर्वाचनमा मजदुर नेता जनपक्षीय उम्मेद्वार बमबहादुर खड्कालाई विजयी बनाउन पनि महत्वपूर्ण भूूमिका निर्वाह गरेका थिए ।

शाही शासन कालमा आन्दोलनका क्रममा पक्राउ परी १९ दिन जेल जीवन बिताएका उनी पार्टीको गाउँ कमिटी हुँदै हाल नेकपा एमालेको १ नम्बर प्रदेश कमिटी सदस्य भएका छन् । साबिक इन्द्रपुर गाविस हुँदादेखि नै संघ सस्थाहरुको स्थापनामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

सुन्दरहरैंचाका १ दर्जन भन्दा बढी संघसंस्थाहरुमा रहेर काम उनी सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समितिका संस्थापक सचिव पनि हुन् । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष उनी सुन्दरहरैंचाका प्रख्यात सहकारीको सञ्चालक समिति अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको मेयर पदमा झिनो मतन्तारले पराजय भोगेका गुरागाईँ यस पटक हारको बदला लिने सोचमा छन् । यसपटक पनि उनी परिचित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालसँग मुख्य प्रतिष्पर्धामा रहेकाले ढकालको कमजोरीलाई पक्रेर नगरको प्रमुख पदको कुर्सीमा बस्न आतुर देखिन्छन् ।

इमानदार र जुझारु नेता पदम इस्बो (उम्मेद्वार परिचयः ८)

को हुन् सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिने पुष्प भुजेल (उम्मेद्वार परिचय ७)

कार्यवाहक नगरप्रमुखको अनुभव भएकी भण्डारी नगरप्रमुख बन्ने दौडमा (उम्मेद्वार परिचय ६)

लालकिल्ला तोड्ने आशमा उम्मेद्वार बनेका हेमकर्ण पौडेल (उम्मेद्वार परिचय ५)

पद, प्रलोभन र अवसरबाट टाढै रहेका आइन्द्रविक्रम बेघा (उम्मेद्वार परिचय ४)

युवा पुस्ताको मत पाउने आशमा केराबारीका तिलक थापामगर (उम्मेद्वार परिचय ३)

अघिल्लो निर्वाचनको परिणाम उल्ट्याउने दौडमा जितेन्द्र रुम्दाली (उम्मेद्वार परिचय २)

तेस्रो पटक जनप्रतिनिधि बन्न आतुर दीपक बुढाथोकी (उम्मेद्वार परिचय १)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक