Connect with us
Advertisement

नेकपा एमाले दल दर्ता गर्ने सन्ध्या तिवारी झापा होइन मोरङकी, केन्द्रीय समितिमा छन् यी २१ जना

Published

on

विराटनगरः प्रधानमन्त्री खड्गप्रसाद ओलीकै निर्देशनमा झापाकी सन्ध्या तिवारीले नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको भनिए पनि तिवारी झापाको नभई मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ६ की भएको खुलेको छ ।

नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको थियो ।
नेकपा एमाले दल दर्ताका लागि असार १२ गते निर्वाचन आयोगमा सो दलका महासचिव मनिषकुमार उपाध्यायले निवेदन दिएको खुलेको छ । उनी जनकपुर निवासी हुन् । सो दलले आफ्नो छाप उदाउँदै गरेको सूर्यलाई राखेको छ ।

केन्द्रीय समितिमा झण्डै आधा महिला
सो दलको २१ सदस्यीय केन्द्रीय समितिमा १० जना महिला र ११ जना पुरुष रहेका छन् । समितिमा सबैभन्दा कम उमेरमा २३ वर्षका २ जना रहेका छन् भने सबैभन्दा बढी उमेरमा ७५ वर्षीया १ जना रहेका छन् ।

यी हुन् केन्द्रीय समितिमा रहनेहरुः

Continue Reading

Facebook Comment

1 Comment

1 Comment

  1. Pingback: नेकपा एमाले नामको नयाँ दल दर्ता - निष्पक्षखबर

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचाको सार्वजनिक सुनुवाईमा नगरवासीको न्यून उपस्थिति, अधिकांश कुर्सी खाली

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले आज विराटचोकमा गरेको नगरस्तरीय सार्वजनिक सुनुवाईमा नागरिकको न्यून उपस्थिति न्युन थियो ।अधिकांश कुर्शिहरु खालि देखिन्थे

काठमाडौंको टेक मिडिया हाउस प्रालिको सहजीकरणमा भएको सुनुवाइ कार्यक्रम अन्तर्गत हिजो वडा नम्बर ३, ४, ५ र ६ को सार्वजनिक सुनुवाई भएकोमा आज वडा नम्बर ८, ९, १० र १२ को सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाईमा नगरवासीको उल्लेख्य सहभागिता हुनुपर्ने भए पनि हिजोको सार्वजनिक सुनुवाइमा न्यून उपस्थिति थियो । आजको सुनुवाईमा अधिकांश कुर्सी खाली नै थिए । जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी र सुरक्षा कर्मिसहित आजको सुनुवाइमा ४० जना जतिको उपस्थिति थियो । उपस्थित सर्वसाधारणमध्ये ९ जनाले आफ्ना जिज्ञासा राखेका थिए ।

नगरपालिकाको सार्वजनिक सुनुवाईमा मुख्य रुपमा जनप्रतिनिधि उत्तरदाताको रुपमा सहभागी हुन्छन् । सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर १० का जनप्रतिनिधिको उपस्थिति नै थिएन। सोही वडाबाट विजयी कार्यपालिका सदस्य बबिता खापुङ उत्तरदाताको रुपमा नभएर प्रश्नकर्ताको दीर्घामा बस्नुभएको थियो । आफूले जवाफ दिनुपर्ने जिज्ञासा नसोधिएपछि वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ पनि कार्यक्रम नसकिई हिँड्नुभएको थियो ।

Continue Reading

Banner

युरोकप फुटबलमा स्पेनसँग इटाली पराजित, इङ्ल्यान्ड र डेनमार्कको खेल बराबरी

Published

on

युरोकप फुटबलमा स्पेनले इटालीलाई हराएको छ। गएराति भएको समूह ‘बी’ को खेलमा स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र भएको छ ।

यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले डेनमार्कसँग अङ्क बाँडेको छ । फ्रांकफर्ट एरिनामा गएराति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको हो । पहिलो खेलमा सर्बियालाई १–० ले हराएको इङ्ल्यान्डले डेनमार्कसँग भने बराबरी खेलेको हो ।

योसँगै इङ्ल्यान्डको २ खेलमा ४ अङ्क भएको छ । डेनमार्क र स्लोभेनियाको समान २ खेलमा समान २ अङ्क नै छ भने सर्बियाको १ अङ्क छ । यसअघि हिजै भएको खेलमा सर्बिया र स्लोभेनियाले १–१ को बराबरी खेलेका थिए ।

Continue Reading

Banner

आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित

Published

on

आइसिसी टी–२० विश्वकप, भारतको सानदार जित

पूर्वविजेता भारतले आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर एटको समूह १ मा अफगानिस्तानमाथि ४७ रनको सानदार जित निकालेको छ । ब्रिजटाउनमा बिहीबार राति पहिलो ब्याटिङ गरेको भारतले आठ विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा अफगानिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १३४ रन मात्र बनायो । भारतको जितमा जसप्रीत बुमराहले चार ओभरमा एक मेडन राखी ७ रन खर्चेर तीन विकेट लिए ।

अश्रदीप सिंहले चार ओभरमा तीन विकेट लिन ३६ रन खर्चेका थिए । अफगानिस्तानको इनिङ्समा अजमतुल्लाह अमाजीले २० बलमा २६ रनको योगदान दिएका थिए । भारतले १९ अतिरिक्त रन दिएको थियो ।

यसअघि पहिलो ब्याटिङ गरेको भारतका लागि मध्यक्रमका खेलाडीले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान रोहित शर्मालाई ८ रनमा गुमाएको भारत त्यसपछिका ब्याट्सम्यानबीच राम्रो साझेदारीका कारण सम्हालिएको थियो । विराट कोहली र ऋषभ पन्तबीच दोस्रो विकेटका लागि २५ बलमा ४३ रनको साझदोरी भएको थियो । दुवैले भारतलाई ११–१ बाट ५४–२ को स्थितिमा राखे । कोहलीले २४ बलमा २४ रन बनाए ।

त्यसपछि सूर्यकुमार यादव र शिवम दुबेबीच चौथो विकेटका लागि १४ बलमा २८ रनको साझेदारी भयो । सूर्यकुमार र हार्दिक पाण्ड्याबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६० रनको साझेदारी भएको थियो । यी आक्रामक साझेदारीका कारण नै भारतले अफगानिस्तानलाई बलियो लक्ष्य दिएको हो । सूर्यकुमारले २८ बलमा तीन छक्का र पाँच चौका प्रहार गरी ५३ रन बनाए । पाण्ड्याले २४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३२ रन जोडे ।

यसैगरी, समूह २ मा वेस्ट इन्डिजमाथि साबिक विजेता इंग्ल्यान्डले आठ विकेटको जित निकालेको थियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर १८० रन बनायो । इंग्ल्यान्डले १७.३ ओभरमा दुई विकेटको नोक्सानीमा १८१ रन जोड्यो । इंग्ल्यान्डको सानदार जितमा फिल साल्टले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ८७ रन बनाए । जोनी वेरिस्टोले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ४८ रन जोडे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक