अर्थ
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
विराटचोकः चालु आर्थिक वर्ष शुरु भएको छ । सरकारले आर्थिक वर्ष ०७९÷८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारी, शिक्षक, सुरक्षाकर्मी लगायत सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । यही साउन १ गतेदेखि उनीहरुले बढेको तलब पाउनेछन् ।
सरकारका मुख्यसचिवको तलब साउनदेखि १० हजार ७१ रुपैयाँ बढेर ग्रेडदरबाहेक ७७ हजार २ सय ११ रुपैयाँ पुगेको छ । मुख्यसचिवले अहिले ६७ हजार १ सय ४० रुपैयाँ पाउने गरेका छन् । मासिक ६२ हजार ६ सय ८० रुपैयाँ पाउँदै आएका सरकारका सचिवहरूको तलबमा ९ हजार ४ सय ९० रुपैयाँ वृद्धि भएर ग्रेडदरबाहेक ७१ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । सहसचिवको तलबमा ७ हजार ४ सय ७ रुपैयाँ वृद्धि भएको छ । अब ग्रेडदरबाहेक सहसचिवले ५६ हजार ७ सय ८७ रुपैयाँ पाउनेछन् । उपसचिवको ६ हजार ३ सय ५७ र शाखा अधिकृतको ५ हजार ६ सय ९८ रुपैयाँ तलब वृद्धि भएको छ । अब उपसचिवले ४८ हजार ७ सय ३७ र शाखा अधिकृतले ४३ हजार ६ सय ८९ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको तलबमा ४ हजार ५ सय ३० रुपैयाँ, द्वितीय श्रेणीको ४ हजार २ सय ९१, तृतीय श्रेणीको ३ हजार ६ सय १ र चतुर्थ श्रेणीको ३ हजार ४ सय २ रुपैयाँ वृद्धि भएको छ । अब ग्रेडदरबाहेक राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीले ३४ हजार ७ सय ३०, द्वितीय श्रेणीकाले ३२ हजार ९ सय २, तृतीय श्रेणीकाले २७ हजार ६ सय ११ र चतुर्थ श्रेणीकाले २६ हजार ८२ रुपैयाँ तलब पाउनेछन् ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्रसेवकहरूलाई उत्प्रेरित गरी सेवा भाव उच्च बनाउन तलब बढाइएको र हाल खाइपाइ आएको महँगी भत्तालाई समेत निरन्तरता दिइएको उल्लेख गरेका थिए । सरकारको यो निर्णयबाट सरकारी शिक्षक तथा कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।
तलबबाहेक मुख्य सचिवदेखि कार्यालय सचिवसम्मका कर्मचारीले महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपैयाँ मासिक भत्ता पाउँछन् । अनि हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाउँछन् । साथै वर्षको एकपटक पोशाक भत्ता समेत पाउँछन् ।
प्रशासनिक खर्च घटाउन संघीय निजामती सेवा तथा अन्य सरकारी सेवाका कम्तीमा १० प्रतिशत दरबन्दी कटौती गरिने पनि अर्थमन्त्रीले बताएका थिए । निजामती तथा सुरक्षा निकायमा प्राविधिक र अत्यावश्यक बाहेकका नयाँ दरबन्दी थप नगरिने उनको भनाइ थियो । सरकारी कार्यालयको लागि सवारी साधन खरीद नगर्ने, मर्मत सम्भार गर्दा समेत सञ्चालनमा नआउने सवारी साधन अनिवार्य रूपमा लिलामी गर्ने र सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदन सार्वजनिक गरिने बजेट वक्तव्यमा उल्लेख थियो ।
यस्तो छ कर्मचारीको तलब वृद्धिको तालिकाः
Facebook Comment
Banner
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह
इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।
इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।
इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।
Banner
सूर्यकुण्ड हाइड्रोको आईपीओमा आजदेखि आवेदन खुला
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ६८ हजार ९६७ कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
अब भने कम्पनीले दोस्रो चरणमा १३ हजार ७९३ कित्ता कर्मचारीहरुका लागि र ३४ हजार ४८४ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी रहेको ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २१ गते हुनेछ भने ढिलोमा फागुन ३ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
Banner
टी–२० शृङ्खलामा अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जीत
अस्ट्रेलियासँगको टी–२० शृङ्खला पाकिस्तानले जितेको छ । पाकिस्तानले लगातार दोश्रो खेलमा अस्ट्रेलियालाई ९० रनले हराउँदै ३ खेलको टी–२० शृङ्खला जितेको हो ।
यो पाकिस्तानले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १५ ओभर ४ बलमा १ सय ८ रनमा अलआउट भयो । अस्ट्रेलियाका क्यामरुन ग्रीनले सबैभन्दा धेरै ३५ रन बनाए । पाकिस्तानका अब्रार अहमद र शादाब खान समान ३ विकेट लिए । त्यसअघि लाहोरमा गएराति टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो ।
पाकिस्तानका सलमान आगाले ७६ र उस्मान खानले ५३ रन बनाए । यो जीतसँगै पाकिस्तानले थुप्रै कीर्तिमान समेत बनाएको छ । पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग बनाएको सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०१८ मा जिम्बाब्वेमा भएको त्रिकोणात्मक शृङ्खलाको लिग खेलमा पाकिस्तानले १ सय ९४ रन बनाएको थियो ।
साथै पाकिस्तानले टी–२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियासँग सबैभन्दा बढी अन्तरले जितेको खेल पनि बनेको छ । यसअघि सन् २०१८ मा युएईमा भएको टी–२० मा पाकिस्तानले ६६ रनले जितेको थियो ।
यसैगरी टी–२० अन्तर्राष्ट्रिय खेलको इतिहासमा पहिलो पटक पाकिस्तानका स्पिन बलहरुले सबै १० विकेट लिएका छन् । यी दुई देशबीचको तेश्रो तथा अन्तिम टी–२० खेल लाहोरमै आज नेपालीसमयअनुसार दिउँसो पौने ५ बजे शुरू हुनेछ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login