Connect with us
Advertisement
Advertisement

गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने

Published

on

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको केन्द्र मोरङको सुन्दरहरैंचाको गोठगाउँमा सार्ने प्रस्ताव प्रतिनिधि सभाले पारित गरेको छ ।

केही दिन अघि राष्ट्रिय सभाले पारित गरेको विधेयक प्रतिनिधि सभाले पारित गरेको विश्वविद्यालयका डीन शैलेषमणि पोखरेलले बताए ।

आजको प्रतिनिधि सभाको बैठकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित गरेको थियो । अब सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय सुन्दरहरैंचाको गोठगाउँमा रहने छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री गिरिराजमणि पोखरेलले “शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवदेनसहितको शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई प्रतिनिधि सभाले पारित गरेको थियो ।

यसैबीच, गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय सर्ने भएपछि त्यसको खुशीयालीमा आज साँझ ६ बजे विश्वविद्यालयको मूल गेटमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको स्थानीय खड्ग श्रेष्ठले जानकारी दिए ।

Continue Reading

Facebook Comment

Advertisement
67 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ मा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३० हजार १ सय १० जना पुगेको छ । तीमध्ये २९ हजार ५ सय ३३ जना निको भएका छन् । १ सय १२ जनाको ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरान र इनरुवा, झापाको बिर्तामोड, संखुवासभाको खाँदबारी, मोरङको रंगेली र प्रदेश १ बाहिरका एक एक जनामा संक्रमण पुष्टि भएको हो । झापाको अर्जुनधारामा १ जना महिलासहित २ जनामा संक्रमण पुष्टि भएको छ ।

Continue Reading

प्रदेश नं. १

ब्राइट फ्युचरमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

Published

on

विराटचोकः सुन्दरहरैंचाको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । बिहीबार विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलेश्वर दुलाल रहेका थिए । प्रमुुख अतिथि दुलालले विद्यार्थीले किताबी ज्ञानसँगै सामाजिक गतिविधिका बारेमा पनि जानकार हुनुपर्ने बताए । आफू २७ वर्ष पहिले यस्तै उमेरको विद्यार्थी भएको स्मरण गराउँदै उनले विद्यार्थी जीवन भनेको कलिलो माटोजस्तै भएकाले यो उमेरमा कस्तो बन्ने भन्ने कुरा आफूमा भर पर्ने बताए । घरपरिवार र समाजमा कसरी प्रस्तुत हुने भन्ने कुराले महत्व राख्ने उनको भनाइ थियो ।

कक्षा ११ र १२ मा २ सय १५ जना विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ । विद्यालयमा जम्मा १ हजार ४ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल टीकाराम ढकालले बताए ।

स्वागत कार्यक्रमका केही तस्बिरहरु

 

Continue Reading

Banner

छुट्टाछुट्टै दुर्घटनामा मोटरसाइकल चालक र ट्याक्टर चालकको मृत्यु

Published

on

विराटनगरः झापा र इलाममा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

झापाको कचनकवल–१ बस्ने ३२ वर्षीय नन्दलाल राजवंशीको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । हिजो बेलुका पौने ७ बजे झापाको बाह्रदशी–३ मा मे ७ प ७९६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी, इलाम माईजोगमाई–४ हात्तीटारस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक सोही स्थानका ४५ वर्षीय राजु धमलाको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे प्रदेश न. ३–०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाइरहेका धमलाले ब्रेक लगाउने क्रममा उनी आफैँ ट्याक्टरबाट लड्दा गम्भीर घाइते भएका थिए । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक