खेलकुद
रंगशालाको अवलोकन

काठमाडौंः कतार फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको बुधबार अवलोकन गरेका छन् । डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।
त्यसअघि सदस्य–सचिव सिलवाल र डेभलोप्मेन्टका प्रतिनिधिबीच युथ एन्ड स्पोर्ट्समा लगानी गर्ने विषयमा छलफल भएको थियो
Banner
बक्सिङका लागि प्रदेश १ का ११ खेलाडी छनोट, १० जना झापाका मात्रै

धरानः गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत प्रदेश १ का खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिताबाट सात पुरुष र चार महिला खेलाडी छनोट भएका छन् । छनोट प्रतियोगितामा झापाका खेलाडीले दबदबा राखेका छन् । प्रदेश १ बाट ११ खेलाडी छनोट भएकामा झापाका १० खेलाडी छन् ।
प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा धर्मेन्द्र राई, ५७ केजी समूहमा भूगोल लिम्बू, ६३ केजी समूहमा टोविन प्रधान, ६९ केजी समूहमा अभिनय राई, ७५ केजी समूहमा सनम गुरुङ, ८१ केजी समूहमा प्रसङ्ग लिम्बू र ९१ केजीमुनिको तौल समूहमा प्रसिस रुचाल छानिएका हुन् । उनीहरुमध्ये सनम गुरुङ सुनसरीका हुन् भने बाँकी सबै खेलाडी झापाका हुन् ।
महिलातर्फ छनोट भएका सबै खेलाडी झापाका छन् । यसरी छानिनेमा ५२ केजी तौल समूहमा सुस्मिता श्रेष्ठ, ५७ केजी तौल समूहमा सुस्मिता राई, ६० केजी समूहमा नरिका राई र ७५ केजी तौल समूहमा तृष्णा लिम्बू राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका प्रदेश नं १ संयोजक अभिषेक श्रेष्ठका अनुसार वैशाख ६ गतेदेखि काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।
Banner
जुडोमा एकै परिवारका तीन खेलाडीलाई पदक

विराटचोकः एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् ।
पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते ।
नेपाल जुडो संघको आयोजना तथा स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे । नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेस्रो भए । देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन् । प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेस्रो बने । निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउँदै पहिलो स्थान हात पारिन् । अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन् ।
नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए । उनले फाइनलमा रोल्पाका विकास बिकलाई पन्छाए । प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेस्रो भए । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे । उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेस्रो स्थानमा रहे ।
महिला ५७ केजीमुनि प्रहरीकी मनिता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन् । आर्मीका विमला आले मगर र सीमाकुमारी चिडी तेस्रो भए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडी सहभागी छन् ।
Banner
राजविराजले जित्यो प्रथम टि २० मेयर कप क्रिकेट

विराटनगरः विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा विराटनगरमा भएको प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीको राजविराज नगरपालिकाले जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफी हात पारेको छ भने उपविजेता जनकपुरले ५१ हजार र ट्रफी मा चित्त बुुझाएको छ ।
विराटनगर–१९ मा रहेको बैजनाथपुरको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजविराजले उपाधि चुमेको हो ।
टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजका लागि नेपालका अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ रन बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन, अभिषेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन रायले ४ ओभरमा एक रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।
९८ रनको सामान्य रनको लक्ष्य पाएको जनकपुर पुरै २० ओभर खेल्दै ८७ रनमा सीमित भयो । जनकपुरका लागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए ।
राजविराजका विकास दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्व कीर्तिमानधारी बलर महबुव आलमले १ विकेट लिए । फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकास दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।
विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लबका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूर्व प्रशिक्षक राजकुमार दास, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नवीन घिमिरेलगायतले पुरस्कार तथा ट्रफी वितरण गरे ।
प्रतियोगितामा प्रदेश १ बाट आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेचीनगर नगरपालिका तथा मधेश प्रदेशका वीरगञ्ज महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका र राजविराज नगरपालिका सहभागी भएका थिए ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद2 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य2 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य2 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य2 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login