Connect with us
Advertisement

रंगशालाको अवलोकन

Published

on

काठमाडौंः कतार फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको बुधबार अवलोकन गरेका छन् । डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन् ।

त्यसअघि सदस्य–सचिव सिलवाल र डेभलोप्मेन्टका प्रतिनिधिबीच युथ एन्ड स्पोर्ट्समा लगानी गर्ने विषयमा छलफल भएको थियो

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading

Banner

उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,

Published

on

पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।

मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्‍यो ।

पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।

यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।

Continue Reading

Banner

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाड छनोटको उपाधि

Published

on

एसियाली खेलकुद (एसियाड) छनोटको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सम्पन्न वर्षाले प्रभावित फाइनलमा नेपालले हङकङलाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो। जवाफमा १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएपछि डिएल म्याथोडमा नेपाल १९ रनले विजयी भएको हो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रनको अविजित इनिङ्स खेले।

हङकङका लागि आयुश शुक्ला र एहसन खानले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि अन्सुमान रथले ४५ बलमा ६ चौका र छक्काको सहयोगमा ८० रन बनाए। त्यस्तै, शिभ माथुरले २६ रन बनाउँदा साहिद वासिफले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

नेपालका लागि शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक