मुख्य
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना

विराटचोकः विराटचोकमा रहेको गोर्खा डिपार्टमेन्टसहित खाद्यान्न बिक्री गर्ने ४ ओटा पसलको आज शुक्रबार अनुगमन गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधी व्यवस्था कार्यालय विराटनगर, सुन्दरहरैंचा नगरपालिका र स्थानीय प्रशासनसहितको टोलीले बजार अनुगमन गरेको हो ।
यसै क्रममा गोर्खा डिपार्टमेन्ट स्टोरमा कीरा परेको प्याकेजिङ च्याउ भेटिएको थियो । त्यस्तै, प्याकेजिङ इजाजत नभेटिएकाले र मिति उल्लेख नगरेका खाद्यवस्तु फेला परेकाले ५० हजार जरिवाना गरिएको छ । गोर्खा डिपार्टमेन्ट स्टोरले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ट को कसुर तथा दफा २० को उपदफा १ र २ बमोजिम कार्य नगरेको पाइएको बताइएको छ ।
प्याकेजिङ इजाजत नलिएकाले सोही ऐनको दफा ३९ १ ख बमोजिम जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले बताए ।
यस्तै, जुनतारा बजारमा पनि म्याद गुज्रिएको वस्तु पाइएकाले १० हजार जरिवाना गरिएको छ । यस्तै सगुन किराना पसलमा भने सन्तोषजनक पाइएको बताइएको छ ।
उता, आरटी सप्लायर्समा समेत म्याद नाघेका खाद्य सामग्री भेटिएकाले १० हजार जरिवाना गरिएको बताइएको छ ।
अनुगमनका क्रममा सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बिक्रेता नै पहिले गम्भीर हुनुपर्ने बताइन् । आफ्नो पसलको सामानको म्याद गुज्रिएका वस्तुलाई स्टोरमा राख्नुपर्ने तथा उपभोग्य मिति सकिएका खाद्यवस्तु बिक्री गर्न नहुने उनले सुझाव दिइन् ।
Facebook Comment
Banner
बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेसँगै पदबाट निलम्बित भएका हुन्।
बीमा ऐन, २०७९ को दफा १२ को उपदफा ३ अनुसार अध्यक्ष वा सदस्यमाथि छानबिन समिति गठन भएमा उनीहरू स्वतः निलम्बनमा पर्ने प्रावधान छ।
सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा सदस्यका रूपमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन्।
ओझामाथि फर्जी कागजात प्रयोग गरी बीमा प्राधिकरणको अध्यक्षमा नियुक्ति लिएको आरोप लागिरहेको छ। सो विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ।
Banner
३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब

नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से १.२७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर कारोबार भएको छ ।
सोमबार ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
यस्तै ३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ६०१ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये हाइड्रोपावर समूह बाहेक सबै समूह घटेको छ ।
Banner
सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

२६ असार, काठमाडौं । बिहीबार सेयर बजार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ ।
यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो ।
१६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो समूह सबैभन्दा धेरै ३.०२ प्रतिशत बढ्यो ।
विकास बैंक १.१२, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.१४, लगानी ०.३५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४५, माइक्रोफाइनान्स १.४६, निर्जीवन बीमा ०.२७ तथा अन्य ०.१७ प्रतिशत बढे । व्यापार ०.५३ तथा हाइड्रोपावर ०.२२ प्रतिशत घटे ।
माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१५ प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोपावरको ६.५२, सानिमा बैंकको ४.८० प्रतिशत मूल्य बढ्यो ।
प्रतिशतका आधारमा आज मूल्य धेरै बढेका वाणिज्य बैंकमा सानिमापछि एसबीआई, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक तथा कृषि विकास बैंक अगाडि रहे । ती सबै बैंकको मूल्य ३.४५ प्रतिशतभन्दा धेरै बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशत घट्यो । राप्ती हाइड्रोको ६.४, सिन्धु विकास बैंकको ४.३ तथा पन्चकन्या माइको ४.३ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, सप्तकोशी पिकास बैंक र सीईडीबी होल्डिङ्स छन् । बजारको पूँजीकरण ४५ खर्ब ५१ अर्ब पुगेको छ ।
-
अर्थ6 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years ago
रंगशालाको अवलोकन
-
मुख्य6 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login