अर्थ
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन

कानेपोखरीः गत असार २४ गते कानेपोखरी–४ मा मोहनसिंह थापाको मृत्यु भएको घटनासँग आफ्नो नाम जोडिएर आएको भन्दै व्यवसायी नवीन पौडेलले खेद प्रकट गरेका छन् ।
आइतबार एकाएक विभिन्न सञ्चार माध्यममा कपोलकल्पित समाचार आउँदा आफ्नो चरित्रहत्या भएको भन्दै उनले प्रेस विज्ञप्तीमार्फत् खेद प्रकट गरेका हुन् । पोष्टमार्टम रिपोर्टबाट आत्महत्या भनी पुष्टि भएको घटनामा हाल आएर सो घटना आत्महत्या नभई हत्या भएको भनी आफूलाई हत्यारा आरोप लगाई दुराशयपूर्ण तरिकाले समाचार सम्प्रेषण भएको उनले पत्रकार सम्मेलनको आयोजना गरी जनाए ।
‘युवा संघ मोरङका अध्यक्षमाथि हत्या आरोप’ शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको खण्डन गर्न पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।
मृत्यु जस्तोसुकै प्रकृतिबाट भए पनि दुखद र पीडादायी हुने र सो घटनाबाट आहात भएको परिवारलाई एक सामाजिक र राजनीतिकर्मीको हिसाबले मानवीय सहयोग गर्नु आफ्नो कर्तव्य र जिम्मेवारी भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा उनका साथै उनी निकट राजनीतिक दलले पनि विज्ञप्ती जारी गरी समाचारको बारेमा खण्डन गरेको छ । त्यस्तै, पौडेल आबद्ध रमाइलो युवा परिवार, कानेपोखरी व्यापार सङ्घ र लायन्स क्लब अफ कानेपोखरीले संयुक्त रूपमा विज्ञप्ती जारी गर्दै पौडेलमाथि लगाइएको आरोपको खण्डन गरेका छन् ।
Banner
बजेट सुझाव संकलनका लागि प्रदेश मन्त्री जिल्लाजिल्लामा

विराटनगरः आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्लाजिल्लामा पुगेका छन् ।
स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेको हो । १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष गएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आगामी आर्थिक वर्षका लािग प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।
आज १४ वटै जिल्लाका सदरमुकाममा कार्यक्रम राखिएको बताइएको छ । योजना तर्जुमा छलफलमा जिल्लास्थित स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुने भएका छन् ।
मन्त्री र योजना आयोग उपाध्यक्षसहितको टोलीले संकलन गरेको सुझावलाई प्रदेश योजना बैंकमा राखेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ ।
कुन जिल्लामा कुन मन्त्री पुगे ?
ताप्लेजुङः सामाजिक विकास मन्त्री राजन राई,
पाँचथरः पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू,
इलामः योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम,
झापाः खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई,
संखुवासभाः वन वातावरण तथा भू संरक्षण मन्त्री शेखर थापा
तेह्रथुमः सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे
धनकुटाः उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम,
भोजपुरः सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की,
सुनसरीः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी,
मोरङः मुख्यमन्त्री राजेन्द्र राई,
ओखलढुंगाः स्वास्थ्य मन्त्री जयराम यादव,
सोलुखुम्बुः सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे,
खोटाङः कृषि मन्त्री झलकबहादुर मगर ।
Banner
चुनावको भोलिपल्ट डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० बढ्यो १० रुपैयाँ

विराटचोकः सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँ बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर पुगेको छ । शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय भएकोे हो ।
Banner
जेठमा नबढ्ने भयो बैंकको ब्याज

विराटचोकः वाणिज्य बैंकहरुले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मङ्गलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो । फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर बढाएका थिएनन् ।
विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकाले ब्याजदर स्थिर राख्ने सहमति बनेको बताइएको छ ।
यो सहमतिसँगै अब वाणिज्य बैंकहरुले जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज दिनेछन् ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद2 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य2 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य2 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य2 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login