मुख्य
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल

विराटचोकः जताततै बच्चाको चोरी घटना बढिरहेको बेला मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – २ करैबना टोलमा एक बच्चा चोरी हुनबाट जोगिएको छ। आज बेलुका ७ बजे ९ महिनाका बच्चा रिसम भगतलाई सेतो पलाष्टिकको बोरामा हालेर लादै गर्दा आमा अनिसा भगतले चोरको पन्जाबाट खोसेर छोरालाई बचाउन सफल भइन।
घरमा बच्चा सुताएर आफु धारामा पानी लिन जादाँ भारतीय मुलुकको एक महिला र एक पुरुषले बच्चालाई बोरा हालेर भाग्दै गरेको देखेपछी पछ्याउदै घर देखी २ सय मिटर पर सुनसान खेतमा आमा अनिसाले गुहार माग्दा माग्दै बच्चालाई खोस्न सफल भइन। गाउँले जुटेपछि ति बच्चा चोरहरु भाग्न सफल भएका थिए। स्थानीय गाउँले, इलाका प्रहरी कार्यालय हरैंचा, सशस्त्र बेश क्याम्प डंग्राहाबाट खटिएको टोलिले खोजी गर्दा पनि रातको समयमा बच्चा चोरहरुलाई समात्न सकेन्न। घटना स्थल पुगेका इलाका प्रहरी कार्यलय हरैंचाका प्रमुख टि.पि कोइरालाले चोरहरु धेरै टाढा जान नसक्ने यतै कतै लुकेको हुन सक्ने आंशका गरिएको छ।
इलाका प्रहरी कार्यलय नेमुवा र कोइलपुर प्रहरी चौकीलाई समेत निगरानी गर्न जानकारी गराएका छ्न। आमा अनिसा भगतको अनुसार एक हप्ता अगाडि पनि दिउँसो भारतीय मुलुकका अपरिचित एक महिला र एक पुरुष घरमा आएर श्रीमानको बारेमा सोधी खोजी गरेका थिए। त्यही ब्यक्तिहरु हुन सक्ने आंशका गरेका छन । महिलाको अनुहारमा काटेको दाग छ भने महिला कुर्ता सुरवाल लागाएको र दुबै जनाको मुख छोपेको थियो। घटना भएको अवस्थामा ससुरा छिमेकीको घरमा थियो भने श्रीमान असोक भगत बाहिर काम गर्छन।
मुख्य
निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे दलका प्रतिनिधिहरुसँग छलफल गर्दै

काठमाडौं निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिए ।
छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ । दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।
Banner
बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
Banner
माेरङमा किशोरीमाथी खुकुरी प्रहार

मोरङको पथरीमा धारीलो घरेलु हरियार खुकुरी प्रहार गरी एक १७ वर्षीया किशोरीको हत्या प्रयास भएको छ । शुक्रवार अपराह्नको समयमा पथरी शनिश्चरे नगरपालिका-४ दोहलु शुक्रवारे वस्ने वर्ष २९ का सुरेश कटुवालले किशोरी माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पथरीको मिलन चाम्लीङ होटलकी संचालक मिना राईकी १७ वर्षीय छोरी रिता राई माथी कटुवालले सोही होटलमा बसेर मादकपदार्थ सेवन गरी उनि माथी खुकुरी प्रहार गरि हत्या प्रयास गरेको डिएस्पी दिलीप कुमार गिरीले बताए । घटना स्थलबाट प्रहरीले एक थान खुकुरी सोको दाप सहित कटुवाललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखेको छ ।टाउको र ढाडमा चोट लागि घाइते भएकी कीशोरीको पथरी स्थित मोरङ डागोनोष्टि अस्पतालमा उपचार भइरहेकोे छ ।
घाइते किशोरीको टाउकोमा ५ र ढाडमा ७ टाँचा लागेको छ । यता अपराधिक क्रियाकलापमा समलग्न पुरुषले किशोरी सग आफ्नो प्रेम सम्वध रहेको बताएका छन् । घटना प्रेम सम्वधको दरारका कारण भएको हो अथवा अन्य कुनै कारण घटेको हो भन्ने बारे. थप अुनसन्धान हुन बाकी नै रहेको प्रहरीले जनाएको छ । प्रहरीले अपराधिक क्रियाकलापमा संमलग्न पुरुष डिप्रेशनको शिकार भएको र विगत एक डेढ साल अगाडी देखी औषधि प्रयोग गर्दै आएको पाईएको जनाएको छ । होटल संचालकीकी छोरी रिता माथी भाडावर्तन सफा गर्दै गर्दा कटुवालले खुकुरी प्रहार गरि घाइते बनाएका हुन । सोही क्रममा होटलमा रहेका अन्य ग्रहक र छरछिमेकीले रिताको उद्धार गरि प्रहरीलाई खवर गरेको बताएको छ ।
प्रदेश दैनिक बाट
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ11 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १1 year ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य1 year ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
You must be logged in to post a comment Login