Banner
हिपप डान्सर हुँदै मिस लिम्बू हुने सपना बोकेकी नुमा (बाल दिवस विशेष १२)
सबैको एउटा लक्ष्य हुन्छ । त्यो लक्ष्यसम्म पुग्न धेरै मिहिनेत गरी पसिना बगाउँदै गरेकी नुमा लिम्बू सुन्दरहरैंचा–१० मा बस्छिन् । ५ वर्षको उमेरमा गाउँका दिदीदाजु नाच्नका लागि गएको देखेर उनको मनमा पनि जाउँजाउँ लागेर आयो । अनि उनको रहर पूरा गर्न ५\७ दिनको लागि विराटकला समूहमा पठाएको नुमाकी आमा प्रीति लिम्बू बताउँछिन् ।
विराटकलामा गएर नृत्य सिक्न थालेको केही दिनमै तिहार आयो । उनका लागि त्यो अवसर थियो । सानै उमेरमा नाच्न खप्पिस उनलाई सिकाउन शिक्षकले धेरै मिहिनेत गर्नुपर्दैनथ्यो । १÷२ पटक नाच हेरेपछि सिकिहाल्ने उनी पढाइमा पनि अब्बल थिइन् ।

तिहार सकिएपछि छोरीलाई नाच्न नपठाउने भन्ने परिवारमा थियो । तर नाच्न असाध्यै रहर गरेकाले फेरि उनलाई नाच्न जान दिनका लागि परिवार सहमत भयो । नच्दै जाँदा पढाइमा पनि अघि बढ्दै गइन् । अरु भन्दा राम्रो नाच्न जान्नेको रुपमा आफ्नो नाम राख्दै जाँदा उनलाई थप अवसरहरु आए ।
त्यतिखेर उनी बालप्रतिभा स्कुल खोर्सानेमा पढ्थिन् । विद्यालयका हरेक प्रतियोगितामा भाग लिन्थिन् । त्यहाँ उनको एउटा जीत निश्चित बन्न थाल्यो । त्यसपछि विभिन्न क्षेत्रमा हुने प्रतियोगितामा भाग लिनका लागि नृत्य प्रशिक्षक राजु बस्नेत, सन्तोष मगर र शिव तामाङले डोर्याउन थाले । उनी भन्छिन्, ‘मैले धेरै समय विराटकलामा सिकेँ । त्यसपछिे एरिना डान्स सेन्टरमा जाँदैछु । त्यहाँ शिव सरले सिकाउँदै हुनुहुन्छ ।’
परिवारकी जेठी छोरी नुमा परिवार, समाज र राष्ट्रमा आफ्नो नाम स्थापित गर्न बिहान ५ बजेदेखि राती ७ बजेसम्म नृत्यमै समय बिताउँदै आएकी छिन् ।

विभिन्न प्रतियोगितामा भाग लिएर उनले पुरस्कार पनि जितेकी छिन् । पूर्वाञ्चल डान्स सुपर स्टार धनकुटामा टप १५ मा पुगे पनि दर्शकको भोट नपुगेका कारण बाहिरिइन् । त्यस्तै पोखरामा भएको ए वान डान्स सुपरस्टारमा सेमीफाइनलमा पुगे पनि सो प्रतियोगिताका निर्णायकको सवारी दुर्घटनामा परी निधन भएपछि प्रतियोगिता नै रद्द भयो । विराटकला समूहको आयोजनामा भएको लिटल च्याम्प डान्स विराटचोकमा तेस्रो भइन् । बालप्रतिभा स्कुल आइडल डान्समा प्रथम, हिमशिखर आइडलमा तेस्रो भएर पुरस्कार हात पारिन् । नुमा अहिले दमकमा हुन लागेको एउटा प्रतियोगिताको तयारीमा लागेकी छिन् । उनी त्यहाँ केही स्टेपहरुमा प्रतिभा नदेखाई छानिइसकेकी छिन् ।
नुमाको सपना भनेको राम्रो पप डान्सर हुने र लिम्बू आइडल बन्ने रहेको छ । उनी भन्छिन् मेरो सपना भनेको डान्स हो र त्यसपछि लिम्बू आइडल बन्ने रहर छ । ९ कक्षामा अध्ययनरत उनी एसईई नदिएसम्म पढाइलाई पनि ध्यान दिने बताउँछिन् ।
अहिले उनी गाउँका सानासाना भाइबहिनीलाई नृत्य समेत सिकाउँछिन् । लकडाउनका कारण विद्यालय बन्द भएपछि त्यो मौका जुरेको उनको भनाइ छ । नुमालाई परिवारले १ वर्षसम्म नृत्यका लागि कतै जान दिएन । परिवारका कारण उनी एक वर्ष कतै गइन् । तर घरमा धेरै मिहिनेत गरेकाले उनको प्रतिभालाई रोक्न नहुने भन्दै पुनः पठाउन थालेको उनकी आमा बताउँछिन् । नृत्यमा उनको कला देखेर धेरै लोभिने गरेका छन् ।
सम्बन्धित समाचार
सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११)
क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)
दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: स्कलर्स होमकी गहना एलिसा याख्खा - निष्पक्षखबर