Connect with us
Advertisement

दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)

Published

on

खेल्न कसलाई मन नपर्ला र ? उमेरअनुसार इच्छाएको खेल खेल्न खाँदै गरेको गाँससमेत छोडेर दौडने समाजबाट हुर्किएका हाँै हामी । पछिल्लो समय विभिन्न क्षेत्रमा प्रतिभावान विद्यार्थीले प्रतिभा देखाइरहेका छन् । यस्तै एक प्रतिभा हुन् सुन्दरहरैंचा १ मा रहेको जनता माविमा पढ्ने जेस्मिना खवास । उनको प्रतिभा भनेको दौड हो । घरको काम गर्दै पुस्तक बोकेर विद्यालय जाने उनी अरु भन्दा फरक छिन् । कक्षामा सधैँ उपस्थित हुने गरेकी जेस्मिना बुद्धिचाल प्रतियोगितामा पनि अब्बल छिन् ।

विभिन्न प्रतियोगितमा भाग लिएकी उनले २०७४ सालमा भएको २ सय मिटर दौडमा तृतीय स्थान हात पार्न सफल भइन् । त्यसपछि पनि उनी आफ्नो लक्ष्यमा पुग्न लागिरहिन् । २०७६ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनी भाग लिन पुगिन् । त्यहाँ दोस्रो स्थान हात पार्न सफल भइन् । यसैको दोस्रो संस्करणमा ट्रिपल जम्प प्रतियोगितामा तृतीय स्थान हात पारिन् । यसैगरी विराट चेस क्लबद्वारा आयोजित बुद्धिचाल प्रतियोगितामा तेस्रो स्थान हात पारिन् ।

सामान्य परिवारमा हुर्किएकी उनी यसरी विजेता बनेर पुरस्कार ल्याउँदा दंग पर्थिन् । ‘मैले पुरस्कार ल्याउँदा घरमा अत्यन्तै राम्रो भन्ने गर्नुहुन्थयो’, उनी भन्छिन्, ‘परिवारबाट पनि पढाइसँगै खेलकुदमा लाग्न प्रेरणा मिलेको थियो ।’ इञ्जिनियर बन्ने इच्छा रहेको बताउने उनी खेललाई पनि सँगसँगै अगाडि लाने बताउँछिन् । उनका बुबा शिक्षण पेशामा आबद्ध छन् । १५ वर्षीया उनी दौडको क्षेत्रमा पनि आफ्नो नाम लेखाउन चाहन्छिन् ।

सम्बन्धित समाचार
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)

स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)

आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)

उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)

ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)

जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)

मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)

Banner

एमाले मतगणना अपडेट : १० वटा मेसिनको चिप्स निकाल्न बाँकी, सबै परिणाम एकैसाथ सुनाइने

Published

on

नेकपा एमालेको मतगणना कार्य सुरु हुने प्रक्रियामा छ ।

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे ।अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ ।मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

 

 

Advertisment

निर्वाचन आयोगका अनुसार, अहिले धमाधम विद्युतीय मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ । केहीबेरमा मतगणना सुरु हुनेछ । आयोगका अनुसार, ८० मध्ये ७० वटा मेसिनबाट चिप्स निकालिसकिएको छ । अब १० वटाको मात्रै बाँकी छ । त्यसलगत्तै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ । आयोगका अनुसार, सबै परिणाम एकैसाथ सार्वजनिक गर्ने तयारी छ । बिहीबार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वका लागि मतदान गरेसँगै मतगणनाको प्रक्रिया अघि बढेको हो । मतदानका क्रममा ३६ जना महाधिवेशनप प्रतिनिधि भने अनुपस्थित रहे । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा भएको छ । अन्य पदाधिकारीमा पनि दुवै पक्षबाट प्यानल नै सहभागी छ । मेसिन लक गर्ने र मेसिनको अलग अलग कोड नम्बरको आधारमा चिप्सलाई सिल गरिन्छ । सेन्टर कलेक्शनपछि सर्वपक्षीय बैठक बसिसकेपछि मात्रै नतिजा सुनाइने एमालेले जनाएको छ ।

Continue Reading

Banner

एमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै

Published

on

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ ।अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ ।अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् । महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन । मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।

Continue Reading

Banner

गछिया जेसिजको अध्यक्षमा कमल ढुंगाना सर्वसम्मत निर्वाचित

Published

on

गछिया, पुस २, २०८२
गछिया जेसिजको चौथो साधारणसभा आज गछिया जेसिजको सचिवालयमा सम्पन्न भएको छ। साधारणसभाले कमल ढुंगाना (कुन्दन) लाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको हो। सभाबाट नयाँ कार्यकारिणी समिति पनि सर्वसम्मत चयन गरिएको छ। कार्यकारिणी उपाध्यक्षमा जेसी लक्ष्मण दाहाल र आयुष दीप रिजाल चयन भएका छन् भने उपाध्यक्षमा अनु दाहाल, रिजन पोखरेल, सुजन बाराकोटी र सन्जिब दाहाल निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी सर्वसम्मत चयन भएका हुन्। नव निर्वाचित अध्यक्ष ढुंगानाले गछिया जेसिजलाई अझ सक्रिय, उत्तरदायी र समाजमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक