Connect with us
Advertisement

किसानलाई गाई पाल्न हम्मेः दूध बिक्दैन, दाना सकियो, थलाबाट गाई नफुकाए मर्ने अवस्था

Published

on

विराटचोकः प्रत्येक वर्ष सरकारले किसानलाई लक्षित गरेर बजेट ल्याउने गरेको छ तर किसानका समस्या भने ज्यूँका त्यूँ छन् । वास्तविक किसानले कुनै सुविधा पाउँदैनन् । सरकारी कर्मचारी अनुगमनमा आउँदा छरछिमेकीका गाई बटुलेर देखाउनेले भने अनुदान पाउने प्रवृत्तिले गर्दा वास्तविक किसानलाई मर्का परेको किसानको गुनासो छ ।

सुन्दरहरैंचामा गाई पाल्दै आएका किसान सरकारले आफूलाई नहेरेको गुनासो गर्छन् । एक महिनामा ४ पल्टसम्म चोकरको भाउ बढेर आए पनि सरकारले मूल्य नियन्त्रण गर्न नसकेको उनीहरुको भनाइ छ । सरकार बिनाको किसानजस्तो हुने गरेको पोख्रेल गाई फर्मका सञ्चालक लक्ष्मी पोख्रेलले बताए ।

गाईपालकले चोकर किन्दा प्रति केजी ४६ रुपैयाँ पर्ने गरेको र दूधचाहिँ ४५ रुपैयाँमा बेच्न बाध्य भएको उनको गुनासो छ । लकडाउनका कारण दूध बाहिर जान नसक्ने भएको तथा गाईलाई खानेकुरा दिन नसक्ने भएकाले फुकाएर छोड्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

अहिलेको अवस्थामा गाई पाल्ने किसानलाई दूधको भाउ र बजारको अभाव हुने गरेको र त्यो भन्दा बढी बिचौलियाले श्रम खाने गरेको उनले बताए । लिटरको ४० वा ४५ रुपैयाँमा दूध बेच्न बाध्य हुनुपरेको र बाहिर बजारमा ग्राहकले ७० देखि ८० रुपैयाँमा दूध किनेर खाने गरेको बताउँदै उनले किसानको परिश्रम पनि नउठ्ने अवस्था आएकाले किसान मर्कामा पर्दै गएको बताए ।

उता, हिमशिखर गाई फर्मका सञ्चालक गंगाप्रसाद लिम्बू सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने बताउँछन् । किसानले शुद्ध दूध उत्पादन गर्ने तर बजारमा किनेर खाँदा नक्कली तथा घिउ निकालेको दूध किनेर खान बध्य हुनुपरेको बताए । अब गाई पाल्न हम्मेहम्मे पर्दै गएको उनको दुखेसो छ । गाईलाई खान चाहिने चोकर र दानाको मूल्य बढेकाले र दूधको मूल्यभन्दा धेरै चोकरको मूल्य हुने गरेकाले यो व्यवसायमा सरकारले ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।

लकडाउनको समयमा गाईलाई खुवाउन समस्या भएको र पराल लिन जाँदा प्रहरीले धरपकड गरेको उनको भनाइ छ । आफूलाई परेको समस्या लिएर राज्यका सबै निकायमा जाँदा पनि सुनुवाई नहुने गरेको र निराश हुँदै रित्तो हात फर्कनुपर्ने अवस्था रहेको लिम्बू बताउँछन् । दूधको बजार व्यवस्थापन गर्न समस्या हुने बताउने उनी २ कठ्ठा जमिन भाडामा लिएर फर्म चलाउँदै आएका छन् । अहिले उनको फार्ममा ४२ वटा गाई रहेका छन् । 

आफूले उत्पादन गरेको दूधको बजार इटहरीसम्म रहेको बताउँदै उनले सरकारले वास्तविक किसान छानेर सहयोग गर्नुपर्ने बताए । प्रत्येक साल कर पनि तिर्नुपर्ने र कमाई भने सबै गाईलाई खुवाउँदै सकिने तथा गाईको कृत्रिम गर्भाधारण गर्दा पाइने २ सय रुपैयाँ अनुदान समेत कर्मचारीले खाने गरेको उनी गुनासो गर्छन् । उनको फार्ममा ३ जनाले अहिले गाईको चाकर गर्दै आएका छन् ।

ठूला डेरीले किसानको दूधको मूल्य नदिने गरेको उनी बताउँछन् । हाल बिहानबेलुका गरेर ६०\७० लिटर दूध उत्पादन गर्दै आएको लिम्बूले बताए ।

बजारमा भने लकडाउनमा आधा भन्दा कम दूधको माग भएकाले समस्या आएको उनले बताए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन

Published

on

इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।

सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्‌घाटन गरेका थिए।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।

​भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।

Continue Reading

Banner

इन्द्रपुर सहकारीको २६औँ साधारणसभा सम्पन्न, २७ करोड बढी पुँजी

Published

on

मोरङको सुन्दरहरैँचा–९ स्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

इन्द्रपुर जेसीजको भवनमा संस्थाका अध्यक्ष गोपालप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं रहनुभएको थियो।

साधारणसभामा अध्यक्ष पौडेलले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार संस्थाको कुल पुँजी २७ करोड २१ लाख ९ हजार ८२२ रुपैयाँ रहेको छ भने कुल सम्पत्ति २७ करोड २९ लाख ९ हजार ८२२ रुपैयाँ पुगेको छ।

कार्यक्रममा नगरप्रमुख गुरागाईंले सहकारीका सदस्यहरू संस्थाको गतिविधि, लगानी तथा आर्थिक अवस्थाबारे नियमित रूपमा सचेत र जागरुक हुनुपर्ने बताउनुभयो। केही सहकारीमा समस्या देखिनुको एउटा कारण सञ्चालकलाई मात्रै जिम्मेवार ठानेर सदस्यहरूले संस्थाका गतिविधिप्रति पर्याप्त चासो नदिनु पनि रहेको उहाँले बताउनुभयो।

इन्द्रपुर सहकारीका सदस्यहरूले संस्थाको लगानी कहाँ र कस्तो अवस्थामा रहेको छ भन्नेबारे समय–समयमा जानकारी लिनुपर्नेमा उहाँले जोड दिनुभयो।

साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि कार्यक्रम तथा बजेट पारित गरेको छ।

उत्कृष्ट विद्यार्थी तथा सदस्य सम्मानित
साधारणसभाका अवसरमा संस्थाले विभिन्न विधामा सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

इन्द्रपुर सहकारी छात्रवृत्ति कोषमार्फत २०८२ सालको प्लस टु परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको हो।

सामुदायिक विद्यालयतर्फ जेसिका सुवेदी र बद्री सुवेदी तथा संस्थागत विद्यालयतर्फ प्रज्वल रेग्मी र शर्मिला कार्की पुरस्कृत भएका छन्।

यस्तै, असल ऋणीका रूपमा कमला घिमिरे, गोविन्दबहादुर कार्की, शोभा इजम र रुद्रप्रसाद ढकाल तथा असल बचतकर्ताका रूपमा दिपा न्यौपाने, खेमराज श्रेष्ठ, उर्मिला चौहान र शिवप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।

अनुशासित शेयर सदस्यका रूपमा शान्ता आचार्यलाई सम्मान गरिएको छ। ज्येष्ठ सदस्यतर्फ मोहनबहादुर भण्डारी, प्रेमप्रसाद काफ्ले, वीरबहादुर खलाल, भीमप्रसाद ढकाल र यममाया थापा सम्मानित भएका छन्।

त्यसैगरी कनिष्ठ सदस्यका रूपमा अपेक्षा तिम्सिना तथा उत्कृष्ट कर्मचारीका रूपमा सविता ढकाललाई सम्मान गरिएको संस्थाले जनाएको छ।

साधारणसभामा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गंगाराम फुँयलले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका सचिव सन्तोष वान्तवाले सञ्चालन गर्नुभएको थियो।

सुन्दरहरैँचाका अग्रणी सहकारी संस्थामध्ये रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारीले वित्तीय सेवा तथा सदस्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक