मुख्य
सुन्दरहरैंचामा रहेका ४ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन
सुन्दरहरैंचामा गठन भएको कोभिड १९ जोखिम पत्रकारिता समूहले नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । बुधबार माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा रहेका ४ ओटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको हो ।
स्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेतसहित गएको टोलीले सुन्दरपुर, दुलारी, मृगौलिया, इन्द्रपुर स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र हरैंचाको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बिरामीहरु लकडाउनका कारण दैनिक ३० देखि ३५ जनाको हाराहारीमा आउने गरेको पाइएको छ । लकडाउन शुरु हुनुभन्दा अगाडि भने यो संख्या दोब्बर रहेको थियो । अहिले सबै स्वास्थ्य संस्थामा बिदाको दिन पनि सेवा प्रवाह गरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बताएका छन् । सरकारले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री पुर्याएको भनिए पनि केही सामग्री भने नभएको पाइएको छ । स्वास्थ्यकर्मीलाई दैनिक चाहिने मास्क, पञ्जा र पीपीई पर्याप्त नभएकाले जटिल खालका बिरामीलाई हेर्दा मात्र पीपीई सेट लगाउने गरेको पाइएको छ । यस्तै केही अत्यावश्यक औषधि समेत नभएको भेटियो ।
प्राथमिक स्वास्थ्य केन्द्र हरैंचा

बर्थिङ सेन्टर, ओपिडी, खोप सेवा, परिवार नियोजनको सेवा सञ्चालन गर्दै आएको प्राथमिक स्वास्थ्य केन्द्र हरंैचामा लकडाउनको समयमा दैनिक ३५ देखि ४५ जनासम्म बिरामी आउने गरेको सीएम अधिकृत देवजी यादवले बताए । यसैगरी धेरै बिरामी मौसमी ज्वरो, रुघाखोकी, छाला रोग र गर्भवती सेवासम्बन्धी सेवा लिन आउने गरेको उनले बताए । कोरोनाको महामारी देखा परेपछि सरकारले यसको रोकथामका लागि लकडाउन गरे यता नागरिकहरुमा सचेतना बढेको, नागरिकहरु पनि आफैँ अतर्क हुन थालेको, साबुनपानीले हात धुने बानीको विकास भएको र यसले गर्दा अन्य रोगको संक्रमण हुने अवस्थामा कमी आएको यादव बताउँछन् ।
२० जना कर्मचारी रहेको स्वास्थ्य संस्थामा पीपीई सेट पर्याप्त नभएकाले जटिल प्रकारका बिरामीलाई हेर्दा मात्र त्यो प्रयोगमा ल्याउने गरको समेत उनी बताउँछन् । यस्तै विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य संस्थाले निगरानीमा राखिरहेको जनाएका छन् । महिला स्वयम् सेविकाहरुलाई विदेशबाट आउने व्यक्तिको परिवारसँग सम्पर्कमा रहन भनिएको र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गर्ने उनको भनाइ छ ।
यति भनिरहँदा उनी भन्छन् अहिलेको अवस्थामा झाडापखाला लाग्दा खाने जीवनजल भने पर्याप्त छ ।
इन्द्रपुर स्वास्थ्य चौकी

यस कार्यालयमा हामी पुग्दा स्वास्थ्यकर्मीहरु बाहिर डेक्स राखेर सेवा प्रवाह गरिरहेका थिए । उनीहरु कसैले पनि पीपीई सेट भने प्रयोग गरेको देखिएन । शुरुमा हाम्रो प्रश्न यही रह्यो खै पीपीई सेट लगाउनुभएन ? यति भन्नासाथ स्वास्थ संस्थाका प्रमुख लीला दाहालले यो क्षेत्रमा कसैलाई कोरोना देखा नपरेको र अहिलेभन्दा पछिका दिनमा जटिल अवस्था देखा परे लगाउन चाहिने भएकाले प्रयोग नगरेको बताए । यति भन्दै उनी थप्छन् ‘हामीले बिरामीको अवस्था हेरेर लकडान शुरु भए यता कुनै बिरामीलाई अन्य क्षेत्रमा रेफर गरेका छैनौँ । सबै खालको चेकजाँच गरेर पठाउने गरेका छौँ । पहिलो चरणमा आउने बिरामीलाई साबुन पानीले हात धुन लगाउने र सेनिटाइजर प्रयोग गरेपछि हेड गनले ज्वरो चेक गर्ने गरेको उनले बताए ।

यसैगरी, औषधिको कुनै अभाव नभएको जनाएका छन् । यो समयमा २० देखि २५ जनाको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । लकडाउनभन्दा अघि भने ६० देखि ७० जना सम्म बिरामी आउने गरेको उनी बताउँछन् । लकडाउनमा जटिल प्रकारका औषधीलाई बिरामीको पहुँचमा पुर्याउन टिभीका बिरामीलाई १ महिनाको, गर्भवती महिलालाई २ महिनाको र परिवार नियोजनका साधन ३ महिनालाई पुग्ने गरी दिएर पठाउने गरेकाले बिरामीको चापमा कमी आएको बताए । हाल यस कार्यालयमा १० जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।
मृगौलिया स्वास्थ्य चौकी

वडा नम्बर २ मा रहेको यो स्वास्थ्य चौकीमा हामी पुग्दा २ जना महिलाहरुले ल्याएका बच्चाको स्वास्थ्य परीक्षण गरिरहेका थिए । जसमा एक जना महिला स्वास्थ्यकर्मीले पीपीई सेट लगाएर बिरामीलाई केही भनिरहेकी थिइन् ।
त्यसपछि मृगौलिया स्वास्थ्य चौकी प्रमुख माधव रेग्मीसँग हामीले स्वास्थ्य अवस्थाका बारेमा केही प्रश्न गर्यौँ । प्रमुख रेग्मीले लकडाउनको समयभन्दा अगाडि ५० देखि ६० जनाको स्वास्थ्य परीक्षण गर्ने गरेको र हाल भने त्यो संख्या घटेर ३० देखि ३५ मा सीमित रहेको बताए । यसैगरी उनले यो संस्थामा प्रयोगशाला सेवा उपलब्ध नभएको र प्रयोगशालाका लागि सामग्री खरिद गरे पनि सञ्चालन गर्न जनशक्ति नभएकै कारण सुचारु गर्न नसकेको गुनासो गरे ।
प्रयोगशालाका लागि ६ महिनाअघि ल्याइएको केमिकलसमेत प्रयोग नभई नष्ट हुने अवस्था आएको उनले बताए । अन्य सबै सेवाहरु सञ्चालन गरिरहेको समेत बताए । लामो समयसंम्म औषधि सेवन गर्ने खालका बिरामीले भने १ महिना पुग्ने गरी लैजाने गरेको उनी बताउँछन् । स्वास्थ्य सामग्री पर्याप्त नभएको र भएका सामानलाई जतनका साथ दुःखसुख काम चलाइरहेको उनले बताए । बैशाख महिनामा खोप सेवा संचालन गर्न नसकेको र यसलाई जेठ ६ गते देखि सञ्चालन गर्ने तयारी भएको पनि उनले बताए । दूरी कायम गरी दैनिक ३० जनालाई खोप लगाउने उनले बताए ।
दुलारी स्वास्थ्य चौकी
यो कार्यालयमा हामी प्रवेश गर्नासाथ युनिसा दाहाल १ महिनाको नानी काखमा च्यापेर स्वास्थ्य चौकीको गेटभित्र प्रवेश गरिन् । गेट नजिकै राखिएको साबुनपानीले नानी बोक्दा असहज भए पनि हात धुन हिच्किचाइनन् । यसले नागरिक केही सचेत भएको प्रष्ट देख्न सकिन्थ्यो । यसपछि हामीले दुलारी स्वास्थ्य चौकीका प्रमुख बाबुराम आचार्यलाई कसरी सेवा प्रवाह गर्नुभएको छ, लकडाउनको समयमा कति बिरामी आउँछन्जस्ता प्रश्न गर्याँै ।

उनले दैनिक ३० देखि ४० जना जतिको स्वास्थ्य परीक्षण गर्दै आएको बताए । उनीहरु टिबीको औषधी, परिवार नियोजनका साधन लिन आउने सहतिका नागरिक हुन् । यो संस्था पनि अन्यजस्तै शनिबार पनि खुला हुने गरेको छ । यो संस्थामा पीपीई सेट लगाएर स्वास्थ्य परीक्षण गरेको देखिएको छ । स्वास्थ्य संस्थाबाट सम्भव हुने सबै प्रकारका बिरामीको उपचार गर्ने गरेको प्रमुख आचार्यले बताए ।
शुरुका दिनमा पालैपालो बसेर सेवा लिन आउनुहोस् भन्दा अप्ठारो मान्ने अवस्था भए पनि अहिले आएर सबै सचेत भएको र कसैले कसैलाई छुन नहुने भन्ने बुझेकाले यो रोग फैलन नागरिक पनि सचेत देखिएको उनले बताए ।
सुन्दरपुर स्वास्थ्य चौकी
कोभिड १९ जोखिम पत्रकारको टोली यो कार्यालयमा पुग्यो । मकैबारीभित्र लुकेको स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीहरु बिरामी आउलान् कि भनेर परीक्षण गर्न पिपीई सेट लगाएर तयारी अवस्थामा थिए । यहाँबाट पनि सबै सेवा प्रवाह गरिरहेको पाइएको छ ।
स्वास्थ्यकर्मी देवी न्यौपानेका अनुसार अहिले १५ दिनदेखि थर्मल गनबाट ज्वरो चेक गर्न थालिएको छ । अन्य स्वास्थ्य चौकीबाट प्रवाह हुने जस्तै सेवामा कुनै कमी हुन नदिन बिदाको दिनमा समेत काममा खटिएको उनले बताइन् । लकडाउनको समयमा यस संस्थमा पनि बिरामीको चाप कम भएको उनको भनाइ थियो ।
मचिन्द्र बस्नेत, स्वास्थ्य शाखा प्रमुख, सुन्दरहरैंचा

स्वास्थ्य शाखा प्रमुख बस्नेतले अहिले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री वितरण गरेको बताए । यसैगरी लकडाउनको समयमा प्रत्येक दिन सेवा प्रवाह गर्न भनिएको र त्यो भइरहेको बताए । विदेश वा अन्य क्षेत्रबाट आएका व्यक्तिको लगत संकलनका लागि महिला स्वयम्सेविकालाई खटाइएको बताए । अहिलेसम्म विदेशबाट आएका महिला १ सय ३१ जना, पुरुष ३ सय ५१ जना गरी कुल ४ सय ८२ जना रहेको उनले बताए । यसैगरी, नेपालको अन्य क्षेत्रबाट यो नगरपालिकामा आउनेको संख्या २ सय ४२ जना रहेको छ । ४ सय ६३ जनालाई घरमै बस्न अनुरोध गरिएको र उनीहरुलाई स्वास्थ्य परामर्श दिएर स्वास्थ्यकर्मीको निगरानीमा राखेको उनले बताए । यसमध्ये १९ जनालाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । २३ गते सम्ममा जम्मा १ सय ४१ जनाको आरडीटी परीक्षण गरिएको र सबैको नेगेटिभ आएको समेत स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । आरडीटी परीक्षणले मात्र संक्रमणको बारेमा जान्न पर्याप्त नभएकाले पीसीआर गर्नुपर्ने भए पनि पीसीआर परीक्षण गर्ने कीट प्रदेशमा कम भएकाले परीक्षण गर्न असहज भएको उनले बताए ।
Facebook Comment
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न
लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login