कोशी प्रदेश
यी हुन् बजेटमा सम्बोधन भएका प्रदेश नम्बर १ का क्षेत्रहरु
विराटचोकः अर्थमन्त्री डा. युवराज खतिवडाले गत बिहीबार आर्थिक वर्ष २०७७\०७८ को लागि प्रस्तुत गरेको बजेटमा पूर्वी क्षेत्रका केही योजनाको नाम उल्लेख गरी बजेट विनियोजन गरेको बताए । उनले सम्बोधन गरेका क्षेत्र यसप्रकार छन्ः
१. कोशी अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने,
२. ‘जनताको तटबन्ध’ कार्यक्रमअन्तर्गत रतुवा–मावा, बक्राहा, त्रियुगालगायतका नदीमा तटबन्ध गरिने,
३. उदयपुरको कम्पुघाटमा म्याग्नेसाइटको विस्तृत अध्ययन तथा अन्वेषण गरिने,
४. संखुवासभाको किमाथांका तथा ताप्लेजुङको ओलाङचुङगोलामा व्यापार पूर्वाधार विकास कार्य अघि बढाइने,
५. पाथीभरा, विराट क्षेत्र, वराहक्षेत्र, हलेसी क्षेत्रलगायतका धार्मिक क्षेत्रको विकासका लागि अवश्यक रकम विनियोजन,
६. कोशीलगायतका नदीमा आधारित थोक पानी वितरण प्रणाली तथा जलाशययुक्त खानेपानी आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको,
७. दूधकोशी जलाशययुक्त विद्युत आयोजना ४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाको समिश्रित वित्त लगानी विधिमा निर्माण शुरु हुने,
८. नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्षमा माथिल्लो अरुण, किमाथांका, अरुण, तामाकोशी ५ आयोजनाको लगानी ढाँचा यकिन गरी कार्यान्वयन गरिने,
९. जलाशययुक्त तमोर जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारीमा विस्तृत अध्ययन र डिजाइनको कार्य सम्पन्न गरिने,
१०. झापाको अनारमनीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म ४ सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन निर्माण कार्य अघि बढाइने ।
११. कोशी अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ अस्पतालको रुपमा विकास गर्दै लगिने,
१२. मेची, तमोर, कोशी, तामाकोशी कोरिडोर अयोजना तथा राजमार्गको निर्माण एवम् स्तरोन्नतिको कामलाई निरन्तरता दिइने,
१३. मिर्चैया– कटारी, घुर्मी– सल्लेरी सडक सुधार तथा स्तरोन्नतिका लागि रकम विनियोजन,
१४. पूर्व– पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा– इनरुवा खण्डको निर्माण आरम्भ गरिने,
१५. आन्तरिक जल यातायात पूर्वाधार विकास गर्ने क्रममा कोशीको चतरादेखि तुम्लिङटारसम्म जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गरिने,
१६. अन्तरदेश हवाई सम्पर्क र बिस्तार गर्न विराटनगर र नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण शुरु गरिने,
१७. तेह्रथुमको चुहानडाँडामा आन्तरिक विमानस्थलको निर्माण कार्य अघि बढाउन आवश्यक रकम विनियोजन,
१८. चन्द्रगढी विमानस्थलको सुधार तथा स्तरोन्नति गर्न र ट्रंक रुटका विमानस्थलको स्तरोन्नति एवम् विस्तार गरी रात्रीकालीन उडान सञ्चालनयोग्य बनाउने ।
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login