शिक्षा / स्वास्थ्य
नेपालमा १ सातामै कोरोना संक्रमितको संख्या दोब्बर, यस्तो छ गत साताको तथ्यांक
विराटचोकः पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले बढिरहेको छ । १ साताको अवधिमा संक्रमितको संख्या दोब्बर बनेको छ ।
साताको पहिलो दिन गत आइतबार ४१ जिल्लाका ६ सय ३ जनामा संक्रमण देखिएको थियो । साताको अन्तिम दिन शनिबार ५३ जिल्लाका १ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जेठ ११ गते कोरोना संक्रमित मध्ये ८७ जना निको भएका थिए भने जेठ १७ गतेसम्ममा २ सय १९ जना निको भएका छन् । गत आइतबारसम्ममा ३ जना संक्रमितको मृत्यु भएको थियो भने शनिबारसम्मा ६ जनाको मृत्यु भएको थियो ।
जेठ ११ गतेसम्ममा ५ सय १३ जना संक्रमित आइसोलेसनमा थिए भने १८ गते १ हजार १ सय ७६ जनालाई आइसोलेसनमा राखी उपचार भइरहेको छ । जेठ ११ गते क्वारेन्टाइनमा रहनेको संख्या ३९ हजार ८ सय ४ जना थियो भने जेठ १७ गतेसम्ममा सो संख्या १ लाख १० हजार ७८ जना पुगेको छ ।
त्यस्तै, जेठ ११ गते ९० हजार २६ ओटा आरडीटी परीक्षण गरिएकोमा जेठ १७ गतेसम्ममा १ लाख ७ हजार ५५ जना पुगेको छ । त्यस्तै जेठ ११ गते ४८ हजार ८ सय १५ पीसीआर परीक्षण गरिएकोमा जेठ १७ गतेसम्ममा ६६ हजार ७ सय २९ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Banner
आज – २५ बैशाख २०८१ मंगलवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ कार्यमा सरिक भइनेछ । चिताएको कामले तीव्रता लिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सामाजिक क्षेत्रबाट पनि राम्रो सहयोग पाइनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत पनि देखिन्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले सिद्ध हुनेछ । साथीभाइसँग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज स्वास्थ्यमा समस्या आउनसक्छ । सहकर्मीबाट विरोध आउला । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ ।
नेपालको दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले मैदान, फ्लडलाइट र सुरक्षामा प्रश्न उठाउँदै रंगशालाको मान्यता खारेज गर्ने भएको हो ।
Banner
लिभरपुलसँग हारेपछि टोटनहम अझ कमजोर
इंग्लिस प्रिमियर लिगमा टोटनहमको खराव लय आइतबार पनि कायम रह्यो र एनफिल्डमा भएको खेलमा लिभरपुलको हातबाट ४–२ ले पराजित रह्यो । यो हारले टोटनहमको शीर्ष चारको सम्भावना अझ कमजोर बनेको छ ।
टोटनहम ६० अंकसहित पाँचौं स्थामा छ र यो चौथोमा रहेको एस्टन भिल्लासँग सात अंकको दूरी हो । भिल्ला यसअघि ब्राइटनसँग १–० ले पराजित रहेको थियो । तर टोटनहमले त्यसको फाइदा लिन सकेन ।
लिभरपुल भने ७८ अंकसहित तेस्रो स्थानमा रह्यो । आइतबारकै अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई ५–० ले हरायो र ५४ अंकमा सातौं स्थानमा उक्लिन सफल रह्यो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: एक सातामा नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु, संक्रमितको संख्या दोब्बर - निष्पक्षखबर
Pingback: निको हुनेको संख्या तुलनात्मक रुपमा बढ्दै, क्वारेन्टाइनमा बस्नेको संख्या पनि घट्दै (साप्ताहिक त