Connect with us
Advertisement

सुन्दरहरैंचाको होल्डिङ एरियामा बस्नेको मागः ‘पीसीआर परीक्षण गरी घर जान पाऊँ’

Published

on

विराटचोकः कोरोना भाइरस (कोभिड १९ नेपालका ७२ जिल्लामा फैलिएको छ । भारतसंग सिमाना जोडिएको मोरङको सुन्दरहरैंचामा विदेशबाट आएकालाई होल्डिङ एरियामा राखिएको छ ।

विशेष गरी भारतमा काम गर्न गएका व्यक्ति लकडाउनका कारण समस्यामा पर्न थालेपछि आफ्नो देश फर्किएकालाई होल्डिङ एरियामा राखिएको हो । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ८ मा रहेको दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस ग्रामको भवनमा हाल भारत र दुबईबाट आएका व्यक्तिहरुलाई राखिएको नगरपालिकाको होल्डिङ एरिया व्यवस्थापन समितिका संयोजक रोशनप्रसाद ढकालले बताए ।

अहिले सो भवनमा ३१ जनालाई राखिएको छ भने २ जना महिलालाई सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा राखिएको छ । उनीहरुलाई दिनमा २ पटक ज्वरो नापिने गरेको छ । होल्डिङ एरियमा रहेकाहरु सबैको रेखदेख गर्ने जिम्मा १ जनालाई दिइएको छ । उनका अनुसार हाल बिहान बेलुका ज्वरो परीक्षण गरिँदै आइएको छ भने अन्य कुनै परीक्षण गरिएको छैन ।

होल्डिङ एरियामा बस्ने सबैको एउटै माग सरकारले क्वारेन्टाइन अवधि पुगेकाहरुको पीसीआर परीक्षण गरेर घर जाने वातावरण मिलाइदिनुपर्छ भन्ने छ । खाना, खाजा र बस्न राम्रो व्यवस्था मिलाइएको र त्यसमा कुनै खोट लगाउने ठाउँ नभएको होल्डिङ एरियामा बस्नेहरु बताउँछन् ।

हाल यस क्वारेन्टाइनमा १८ दिन अघि भारतबाट आएका र पूर्वाञ्चल विश्वविद्यालयमा क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई समेत राखिएको छ । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि संगै आएका साथीको पोजेटिभ देखिएकाले उनीहरुलाई घर जान नदिई राखिएको बताइएको छ ।

उनीहरुको भित्री निगरानी सीसी क्यामेराबाट गरिँदै आइएको छ । स्वास्थ्य परीक्षणका लागि भने नगरपालिकाले डेस्क स्थापना गरी बिहान ८ बजेदेखि साँझसम्म स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ । कसैलाई कुनै समस्या आए तत्काल व्यवस्थापनका लागि स्वास्थ्यकर्मी राखिएको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेतले बताए ।

सुन्दरहरैंचाका संक्रमित व्यक्ति पूर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पतालमा रहेका छन् भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । स्वास्थ्य परीक्षण चाँडै गरिने र होल्डिङ एरियामा भएका सबैको एकपटक परीक्षण गरी थप आउनेलाई अर्को स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको संयोजक ढकालले बताए ।

परीक्षण गरिएका र नगरिएकालाई एकै स्थानमा राख्दा समस्या हुने भएकाले यसको व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक