Connect with us
Advertisement

भीडभाड हुने भएकाले बेलबारी मालपोतले ब्लक निर्धारण गरेर निकाल्यो दैनिक कार्यतालिका

Published

on

विराटचोकः मालपोत कार्यालय बेलबारीले कोभिड १९ को जोखिम विरुद्ध स्वास्थ्य सजगता अवलम्बन गर्दै दैनिक हुने सेवाको कार्यतालिका जारी गरेको छ । सेवाग्रहीको अत्यधिक चाप हुने भएकाले यसलाई कम गर्ने र काममा सहजता र छरितोपन ल्याउन ३ ओटा रजिष्ट्रेशन (क), (ख) र (ग) निर्धारण गरिएको छ । ती रजिष्ट्रेशनलाई बारका आधारमा ब्लक निर्धारण गरेर सेवा प्रवाह गर्दै आइरहेको बेलबारी मालपोत कार्यालयका प्रमुख योगेन्द्र दुलालले बताए ।

रजिष्ट्रेशन (क) बाट आइतबार मधुमल्ला १, २, ३, ४ अमरदह १, २, ३, ४ केराबारी ७, बयरबन १ देखि ८ सम्मको ब्लकका सेवाहरु सुचारु हुनेछन् । सोमबार र बिहीबार मधुमल्ला ५ र ६, अमरदह ५, ६, ७, ८, ९ राजघाट ४ र ६ तथा याङ्सिला र इटहरा सबै ब्लकको सेवा सुचारु हुने भएको छ । मंगलबार र शुक्रबार मधुमल्ला ७, ८, ९ बयरवन ९, लेटाङ ७, ८, ९ ब्लक सबै, रमितेखोला वारांगी र सिंहदेवी ब्लकका सेवाहरु प्रवाह हुने भएका छन् ।

यसैगरी रजिष्ट्रेशन (ख) बाट आइतबार दुलारी (१ देखि ५) र होक्लाबारी सबै, सोमबार डाँगीहाट, होक्लाबारी, र लेटाङ ६ क र ख सबै, मंगलबार दुलारी ५ र ६ टाँडी र लेटाङ ६ क र ख ब्लक सबै ब्लकको सेवा प्रवाह हुने भएको छ । बुधबार कसेनी, हरैचा ५ (क र ख), टाँडी र डाँगीहाट ब्लक सबै, बिहीबार दुलारी ७, ८ र ९ पाटीगाउँ, केरौन ब्लक सबै, र शुक्रबार केरौन, कसेनी पाटीगाउँ, हरैचा ५ क र ख ब्लकको सेवाहरु प्रवाह हुने भएका छन् ।

रजिष्ट्रेशन (ग) अन्तर्गत आइतबार हरंैचाको वडा नम्बर १ देखि ६ सम्म, लेटाङ १ देखि ५ सम्म र भोगटेनी ब्लकका सेवाहरु हुने छन् । सोमबार हरंचा ७ र ८, राजघाट र केराबारी सबै, मंगलबार, हरैचा ९ र मृगौलिया सबै, बुधबार लेटाङ १ देखि ५ इन्द्रपुर र जाँते सबै, बिहीबार हरैंचा ७, ८, ९ र केराबारी ४ र ६ बाहेक सबै तथा शुक्रबार मृगौलिया, बाहुनी र राजघाटाका सेवाहरु यो रजिष्ट्रेशनबाट प्रवाह हुने भएका छन् ।
यसरी दैनिक हुने कार्यलाई बारका आधारमा विभाजन गर्दा कम भीडभाड हुने भएकाले यो तालिका निकालिएको बताइएको छ । मुद्दा फाँटबाट हुने काम भने दैनिक हुने भएका छन् ।

लकडाउनका कारण लामो समय बन्द भएर खुलेको मालपोत कार्यालयमा दैनिक बैंकिङ तथा वित्तीय कारोबार गर्ने सहकारीको रोक्का र फुकुवा तथा बैंकबाट ऋण लिनेहरु बढी आउने गरेको कार्यालयका प्रमुख दुलालले बताए ।

सरकारले ११ चैत २०७६ देखि जेठ मसान्तसम्म कार्यालयमा हुने कामकाज बन्द गरेको थियो । यस अवधिमा नभएका कामहरु एकै पटक आउने भएकाले सेवाग्राहीको चाप बढ्ने भएकाले नै यो तालिका सार्वजनिक गरेर सेवा दिइरहेको उनको भनाइ छ । कर्मचारीलाई सेनिटाइजर, मास्क र पञ्जाको प्रयोग गरेर बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममा खटाइएको छ । यस समयमा कुनै पनि काममा आउने सेवाग्राहीले साबुनपानीले हात धोएर र मास्कको प्रयोग गरेरमात्र आउन भनिएको दुलाल बताउँछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading

Banner

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

Published

on

विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक