Connect with us
Advertisement

सुन्दरहरैंचामा कुन शीर्षकमा कति बजेट

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाको अनुमानित बजेट ल्याएको छ । सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैया प्राप्त हुने अनुमान नगर उपप्रमुख धनमाया तामाङले बुधबार बसेको छैटौँ नगरसभा समक्ष प्रस्तुत गरेकी हुन् ।

कुन शीर्षकमा कति बजेट

सुन्दरहरैंचा नगरपालिकाको बजेट प्रत्येक वटा वडामा १ करोड ५० लाखका दरले जम्मा १७ करोड १६ लाख मध्ये ७ लाख रुपैया चालु खर्च कटाएर बाकी पूर्वाधार र सामाजिक विकासमा खर्च हुने गरी बिनियोजन गरिएको छ ।  आ.ब. ०७७।०७८ मा सामाजिक विकास तर्फ ३ करोड २३ लाख विनियोजन गरिएको छ । यस अन्तर्गत आधारभूत तथा माध्यमिक शिक्षा तर्फ रु ५० लाख, स्वास्थ्य तथा माहामारी रोकथाम तर्फ रु ६० लाख, खानेपानी तथा सरसफाईतर्फ २० लाख, भाषा संस्कृति प्रबद्र्धन तर्फ रु १० लाख, युवा तथा खेलकुदतर्फ २५ लाख, संघ संस्था साझेदारी कार्यक्रम तर्फ रु ३० लाख, महिला लक्षित रु २५ लाख, बालबालिकाका क्षेत्रमा २० लाख, जेष्ठ नागरिक तर्फ १२ लाख, आदिवासी जनजातीतर्फ १५ लाख, थारु मधेसी मुस्लिम, पिछडा वर्गतर्फ १२ लाख, खस आर्य तथा अन्य अल्पसंख्यक तर्फ १० लाख, अपागंता लक्षित १२ लाख, दलित तर्फ १२ लाख विपन्न तथा सिमान्तकृत तर्फ ५ लाख, व्यक्त्तीगत घटना दर्तातर्फ ५ लाख रुपैयाँ रहेको छ ।

आर्थिक विकासतर्फ १ करोड ८९ लाख विनियोजन गरिएको छ । यस अन्तर्गत कृषि प्रसार तथा प्रबद्र्धन तर्फ रु १ करोड, पशु विकास प्रवद्र्धन तथा विस्तार तर्फ ४० लाख, सहकारी तथा वित्तीय क्षेत्रतर्फ १ ० लाख, उद्योग तथा वाणिज्य , नीजिक्षेत्र सवलिकरण सहकार्यका लागि १० लाख, पर्यटन प्रवद्र्धन तर्फ २३ लाख, बजार अनुगमन नियमन सुदृढीकरण १ लाख, भूमी व्यवस्था सुदृढीकरण ५ लाख विनियोजन गरिएको छ ।

यस्तै वातावरण तथा विपद् व्यवस्थापनमा २ करोड ४५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनतर्फ १९ करोड ९४ लाख ४० हजार २ सय ८०, पूर्वाधार विकास समितितर्फ ११ करोड ३५ लाख विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहाेस्

सुन्दरहरै‌चाको आ.ब. २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक