मुख्य
सुन्दरहरैचामा यसरी मनाइयो १७ औँ राष्ट्रिय धान दिवस
विराटचोकः धान उत्पादनमा बृद्धि, आत्मनिर्भर र संमृद्धि भन्ने मुल नाराका साथ यस वर्षको धान दिवस साेमबार देशभरी मनाइएको छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाले पनि १७ औँ राष्ट्रिय धान दिवस मनाएको छ । वडा नम्बर ११ को नयाँ बेलेपुरमा रहेको विराट मल्टिपर्पोज एग्रो फार्म प्रा.लि. द्वारा आयोजित कार्यक्रमको सुन्दरहरैंचा नगरपालिका कृषि शाखाले प्रायोजन गरेको थियो । नगरस्तरिय धान दिवस कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले युवाहरुलाई कृषिमा आर्कर्शित गर्ने खालका कार्यक्रमहरु ल्याइएको बताए । यस्तै किसानलाई धानको विउ वितरण गरेको बताउदै आगामी दिनमा धान, गहु, मकै, तोरी लगायतको बिउ वितरण गर्ने याेजना रहेकाे समेत उद्धाेष गरेका छन् ।

मल वितरणगर्न मोरङका सबै पालिका मध्ये सुन्दरहरैंचाले धेरै ल्याएर वितरण गरेको बताउदै अब प्राङ्गारीक मल तर्फ जानुपर्ने बताएउदै यसका लागि कार्यक्रम ल्याइने बताए । किसानले उत्पादन गरेका फलफूल, तरकारी कुहिने समस्यालाई अन्त्य गर्न गछियामा कोलस्टोर बनाउन लागिएको बताए । यसैगरी स्थानीय बजारलाई व्यवस्थीत गरिने उनको भनाइ थियो । यस्तै अहिले घाँसको विउ, सब्जीको किट, निशुल्क वितरण गरिएको र धानको बिउ, गहुँको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले कृषि पेसालाई मध्यनजर गर्दै जताततै हरियाली फाटहरु बनाउने तर्फ ध्यान दिने बताइन् । लकडाउनले कृषि पेसालाई थप उर्जा दिएकाले युवालाई कृषितर्फ आर्कषर्ण गर्ने बेला आएकाले यो अवसरलाई स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याउने बताइन् । कृषि पेसा बाट आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याइने बताइन् ।

धान दिवसको अवसरमा विभिन्न खेलहरु समेतको आयोजना गरिएको थियो । बाँसमा बाँधेर झुण्डाइएको बिउको मुठा ल्याउने खेलमा किशोर भट्टराई प्रथम हुदै ५ सय पुरस्कार प्राप्त गरेका छन् । यसैगरी महिला हिले दौडमा मनु तामाङ, पुरुष तर्फको डोरीतान प्रतियोगितामा राजन बस्नेतलाई कोदालो उपहार दिइएको थियो । अन्जु भट्टराई बजगाईको सभापतित्वमा भएको कार्यक्रमा स्वागत मन्तव्य विकास बजगाइले गरेका थिए भने कार्यक्रमको संचालन निरु बजगाईले गरेकि थिइन् ।

Facebook Comment
Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login