मुख्य
सुन्दरहरैचामा यसरी मनाइयो १७ औँ राष्ट्रिय धान दिवस

विराटचोकः धान उत्पादनमा बृद्धि, आत्मनिर्भर र संमृद्धि भन्ने मुल नाराका साथ यस वर्षको धान दिवस साेमबार देशभरी मनाइएको छ । यसै क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिकाले पनि १७ औँ राष्ट्रिय धान दिवस मनाएको छ । वडा नम्बर ११ को नयाँ बेलेपुरमा रहेको विराट मल्टिपर्पोज एग्रो फार्म प्रा.लि. द्वारा आयोजित कार्यक्रमको सुन्दरहरैंचा नगरपालिका कृषि शाखाले प्रायोजन गरेको थियो । नगरस्तरिय धान दिवस कार्यक्रममा बोल्दै नगरप्रमुख शिवप्रसाद ढकालले युवाहरुलाई कृषिमा आर्कर्शित गर्ने खालका कार्यक्रमहरु ल्याइएको बताए । यस्तै किसानलाई धानको विउ वितरण गरेको बताउदै आगामी दिनमा धान, गहु, मकै, तोरी लगायतको बिउ वितरण गर्ने याेजना रहेकाे समेत उद्धाेष गरेका छन् ।
मल वितरणगर्न मोरङका सबै पालिका मध्ये सुन्दरहरैंचाले धेरै ल्याएर वितरण गरेको बताउदै अब प्राङ्गारीक मल तर्फ जानुपर्ने बताएउदै यसका लागि कार्यक्रम ल्याइने बताए । किसानले उत्पादन गरेका फलफूल, तरकारी कुहिने समस्यालाई अन्त्य गर्न गछियामा कोलस्टोर बनाउन लागिएको बताए । यसैगरी स्थानीय बजारलाई व्यवस्थीत गरिने उनको भनाइ थियो । यस्तै अहिले घाँसको विउ, सब्जीको किट, निशुल्क वितरण गरिएको र धानको बिउ, गहुँको विउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको बताए ।
यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले कृषि पेसालाई मध्यनजर गर्दै जताततै हरियाली फाटहरु बनाउने तर्फ ध्यान दिने बताइन् । लकडाउनले कृषि पेसालाई थप उर्जा दिएकाले युवालाई कृषितर्फ आर्कषर्ण गर्ने बेला आएकाले यो अवसरलाई स्थानीय सरकारले विभिन्न कार्यक्रम ल्याउने बताइन् । कृषि पेसा बाट आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याइने बताइन् ।
धान दिवसको अवसरमा विभिन्न खेलहरु समेतको आयोजना गरिएको थियो । बाँसमा बाँधेर झुण्डाइएको बिउको मुठा ल्याउने खेलमा किशोर भट्टराई प्रथम हुदै ५ सय पुरस्कार प्राप्त गरेका छन् । यसैगरी महिला हिले दौडमा मनु तामाङ, पुरुष तर्फको डोरीतान प्रतियोगितामा राजन बस्नेतलाई कोदालो उपहार दिइएको थियो । अन्जु भट्टराई बजगाईको सभापतित्वमा भएको कार्यक्रमा स्वागत मन्तव्य विकास बजगाइले गरेका थिए भने कार्यक्रमको संचालन निरु बजगाईले गरेकि थिइन् ।
Facebook Comment
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
Banner
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
Banner
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

पर्वत — कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ। सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो ।
गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र विनोद शर्माको इजलासले उक्त रिट खारेज गरेको थियो ।
सर्वोच्च अदालतमा म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र तनहुँ भएर बग्ने कालीगण्डकी नदी प्रवाहित क्षेत्रमा विभिन्न स्थानीय तहमा नदीजन्य पदार्थको अवैध चोरी निकासी भएको र नदी दोहन भएको भनी रिट परेको थियो । उक्त रिटउपर खारेजीको आदेश आएपछि पर्वतको जलजला गाउँपालिकाले उत्खननका लागि ठेक्का आह्वान गरेको छ । गाउँपालिकाले गत फागुन २० गते सूचना प्रकाशन गरी पालिकाभित्र पर्ने कालीगण्डकी नदीको घाटगद्दि गरिएका नौ स्थानबाट उत्खनन गर्नका लागि बोलपत्र खोलेर विभिन्न व्यक्ति तथा कम्पनीलाई जिम्मेवारी दिएको छ । एक करोड ७७ लाख बराबरको ठेक्का आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार अदालतको आदेशपछि चार वर्षसम्म रोकिएको उत्खनन प्रक्रिया अहिले सुरु भएको हो ।सर्वोच्चको आदेशपछि पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले तीन वर्षदेखि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आह्वान गर्न पाएका थिएनन् । नदीजन्य पदार्थको बिक्री वितरणबाट हुने आम्दानी रोकिएको भन्दै जलजला गाउँपालिकाले अन्तिम फैसलाका लागि मुद्दालाई प्राथमिकतामा राखेर मुद्दाको किनारा लगाउन पटकपटक अनुरोधसमेत गर्दै आएको थियो ।कालीगण्डकी नदीमा अवैध तरिकाले उत्खनन हुने गरेका घटना बढेपछि सरोकारवालाहरुले यसको रोकथामका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । रिट खारेजीको आदेशपछि पनि पवित्र कालीगण्डकी नदिको संरक्षण, शालग्राम शिलाको अवैध चोरी निकासी हुन नदिका लागि जिल्ला अनुगमन समितिलाई संरक्षण र अनुगमनका लागि सक्रियता देखाउन भनिएको छ ।
पालिकाले ठेक्का आब्हान नगरे पनि अवैध रुपमा नदी उत्खनन हुने कार्य भने भइरहेको थियो । ठेक्का आह्वानपछि अब व्यवस्थित रुपमा नदीजन्य वस्तुको उत्खनन् र बिक्रीवितरण हुने तथा यसले पालिकाको आम्दानीसमेत वृद्धि हुने जलजलाका अध्यक्ष आचार्यले बताउनुभयो । यसले पालिकाको विकास निर्माणमा टेवा पुग्ने उनको भनाइ छ ।
कुश्मा नगरपालिकाले भने अहिलेसम्म नदीजन्य वस्तु उत्खननमा चासो दिएको छैन । पालिकाले ठेक्का नलगाउँदा अवैध उत्खनन तथा चोरीनिकासी भइरहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login