विचार
केपी ओलीका विकल्प र चुनौतीहरू
अहिले नेपालको राजनीति र कूटनीति सामरिक हिसाबले एकदमै महत्वपूर्ण अवस्थामा आएको छ । एकातिर आफू अध्यक्ष रहेको सत्तारूढ नेकपाको स्थायी कामिटीको बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्रीको राजीनामा र पार्टी अध्यक्षबाट पनि राजीनामाको माग उठिरहेको छ ।
यस्तै खालको माग केही समय अगाडि पनि उठेको थियो । त्यतिबेला बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावपछि ओलीको साथमा बहुमत सचिवालय सदस्य पुगेपछि राजीनामाको प्रस्तावमा प्रचण्ड र माधव समूह पछि हटेको थियोे । अहिले बामदेव गौतम केपी ओलीसँग एकदमै रुष्ट देखिन्छन् । मन्त्रीपरिषद्को सिफारिशमा संसदको अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिले स्वीकार गरिसकेपछि नेकपाको अगामी भविष्य र प्रधानमन्त्रीले चाल्न सक्ने कदम र प्राधानमन्त्रीको कुर्सीमा अबको चुनौतीको बारेमा व्याख्या गर्न लागिएको छ ।
प्रधानमन्त्री परिवर्तन गर्न चाहनुमा भारतको स्वार्थ
१ विगतमा भारतको प्रत्यक्ष हस्तक्षेप स्वीकार गर्ने परिपाटीको अन्त्य गरी नाकाबन्दीको पनि सामना गरेको र केपी ओली हुँदासम्म भारतको स्वार्थ पूरा नहुने भारतीय संस्थापन पक्षको बुझाइ ।
२ भारतले विगतदेखि नै कालापानी र लिपुलेकलाई सामरिक महत्वले हेरेको र यसै कारण कब्जा गरेको भूमिलाई फिर्ता माग्ने साहस गर्नु ।
३ नागरिकता, राष्ट्रियता, भौगोलिक अखण्डतामा लिएको अडान ।
प्रधानमन्त्री परिवर्तन गर्न चाहनुमा चीनको स्वार्थ
विगतमा ओली सरकारलाइ जोगाउन सक्रिय रुपमा अगाडि आएको चीन ओली सरकारले एमसीसीको सम्बन्धमा लिएको अडानले चीनको राष्ट्रिय स्वार्थमा पुगेको आघातको रुपमा लिएको ।
आन्तरिक शक्ति सङ्घर्ष
प्रचण्ड शक्ति र सत्ताभन्दा टाढा बस्न नसक्ने प्रवृत्ति ।
आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा जित्ने सम्भावना कम, त्यस्तै, विगतमा हारेको र पेलिएको कुण्ठा र ओली र प्रचण्डलाई भिडाएर रणनीतिक स्वार्थ पूरा गर्ने माधव नेपालको उद्देश्य ।
बामदेम गौतमको अन्तिम आश नेकपाको बहुमत हँुदै प्रधानमन्त्री हुने रहेको देखिन्छ । आगामी चुनाव र अधिवेशनमा जित्ने आश कम भएकाले उनी अहिले नै प्रधानमन्त्री हुन वा शक्तिमा आउन चाहन्छन् ।
वितगमा केपी ओलीले अध्यक्ष पदमा हराएको र सेनापति काण्डमा ओलीको असहयोग रहेको रिस फेर्ने ध्यानमा झलनाथ खनाल रहेका छन् । त्यस्तै, आफू प्रधानमन्त्री हुँदाको सरकार ढाल्न ओलीले सहयोग गरेको उनको बुझाइ छ ।
ओली सरकार आलोचित हुनुका केही कारणहरू
१. बढ्दो अविवेकी निर्णयः करिब दुई तिहाई नजिकको सरकार हुँदै पनि कुनै अमूक पाटी टुटाउन भन्दै दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकारको आलोचना बढेको हो । त्यस्तै, विगतदेखि चलिआएको संवैधानिक परिषदमा प्रतिपक्षी दलको नेताको भूमिकालाई सीमित बनाउन ल्याएको संवैधानिक परिषद अध्यादेशको आवश्यकता र औचित्यता पुष्टि गर्न नसक्दा पार्टीभित्र र बाहिर नै ओली आलोचित बन्न पुगे ।
२. भ्रष्टाचार र निकटस्थमाथि प्रश्नः स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता र आफ्नै निकटका मन्त्रीको अडियो प्रकरणमा प्रधानमन्त्रीको बचाउ र संरक्षकत्व ।
३ कोभिड १९ को महामारीको समयमा जनताको सुरक्षा र गाँसबासको सबालमा काम गर्न नसक्नुले पनि सरकारमाथि प्रश्न खडा भएको छ । काठमाडौ उपत्यका र देशका विभिन्न ठाउँमा निम्न आय भएका र श्रमजीवी तथा विद्यार्थीहरूले राज्यबाट पाउने राहत तथा आधारभूत सुविधामा गरिएको व्यवहार ।
४. कोभिड १९ को सामयमा जनताको स्वास्थमा स्रोत र साधन अव्यवहारिक र अविवेकी ढङ्गले गरेको प्रयोग तथा विदेशमा रहेका नागरिकको सम्बन्धमा विभेदकारी व्यवहारका साथै क्वारेन्टाइन र आइसोलेसनको सुरक्षाको प्रश्नका कारण पनि सरकार आलोचित बनेको हो ।
५ पूर्वाधार विकास कोषको रकमबाट आत्मनिर्भर अर्थतन्त्र, विकास, उत्पादन र रोजगारी सिर्जना गराउन विगतमा निजीकरणको नाममा बेचिएका उद्योगलाई पुन सञ्चालनमा ल्याउन पहल गर्न नसक्नु ।
सरकारका केही महत्वपूर्ण निर्णयहरूः
१ सन् १९६२ देखि भारतको कब्जामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा औपचारिक रुपमा सामेल गरी गुमेको स्वभिमान फिर्ता गराउने एतिहासिक निर्णय गर्नु ।
२ चिनियाँ राष्ट्रपतिकोे एतिहासिक नेपाल भ्रमण गराउन सक्नु ।
३. चीनसँग ऐतिहासिक पारवाहन सम्झौता, रेल र अन्य सम्झौता मार्फत् नेपालको भावी वैकल्पिक मार्ग खुला गर्नु ।
४ काठमाडौं र अन्य ठाउँमा यातायात तथा भौतिक पूर्वाधारमा उल्लेख्य काम भएका छन् ।
प्रधानमन्त्रीको विकल्प र चुनौती
१ पार्टीभित्र आत्मालोचना गर्ने, कमिटीको निर्णय मान्ने र अध्यक्ष पदबाट राजीनामा अथवा कार्यकारी अध्यक्षता हस्तान्तरण गर्ने ।
२ संकटकाल लागू गर्ने र मध्यावधी चुनाव घोषणा गर्ने ।
३ पार्टी फुटाउने र अन्य दलसँग गठबन्धन गरी सरकार चलाउने ।
४ संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने ।
५ विवादित एमसीसी प्रस्तावलाई फर्ता लिने र पार्टीलाई विधि र प्रकियामा चलाउने प्रतिबद्धता जनाउने ।
विकल्पः
१. प्रधानमन्त्रीले अहमता त्याग्ने, पार्टी कमिटीका निर्णय मान्ने, एमसीसी फिर्ता लिने, आत्मालोचना गर्ने, प्रभावकारी मन्त्रिमण्डल गठन गर्ने ।
२ घेराबन्दी तोडेर भ्रष्टाचारको सम्बधमा कठोर निर्णय लिनुपर्छ । जसले विकल्पको विरुद्ध जनमत र जनदबाब नेतामा सिर्जना हुन्छ ।
३ पहिलो पुस्ताका सबै नेता प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेकाले दोस्रो पुस्तालाई नेतृत्व सुम्पने ।
४ संसद अधिबेशन अन्त्य गरी संकटकाल लगाएर मध्यवधी चुनाव घोषणा गर्ने ।
वर्तमान समयमा नेतृत्व फेर्नु जनमतको अपमान हो । वैदेशिक हस्तक्षेप निम्त्याउनु र ऐतिहासिक अवसरलाई सदुपयोग गर्न नस्क्नु हो । यसो हुनु भनेको देश तथा नेतृत्व नै विफल हुनु हो । तसर्थ नेतृत्वको विकल्प नखोजी नेतृत्वलाई सच्याऔँ ।
Facebook Comment
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
Banner
भारी वर्षाको सम्भावनापछि बिदामा पनि सम्पर्कमा रहन स्वास्थ्यकर्मीलाई निर्देशन
सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनअनुसार मन्त्रालयले ८ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै प्रदेशका स्वास्थ्य सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा संघीय अस्पतालहरूलाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा समेत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सम्पर्कमा रहने र विपद्को अवस्था सिर्जना भए तत्काल परिचालन हुन सक्ने गरी आवश्यक पूर्व तयारी मिलाउन निर्देशन दिएको छ।
प्रदेशअन्तर्गतका स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयलगायत सम्बन्धित निकायलाई स्थानीय तहसँग तत्काल समन्वय तथा सञ्चार कायम गरी स्वास्थ्य सेवा तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। साथै, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घण्टा सञ्चालनमा राखी सम्भावित विपद्को निरन्तर सूचना संकलन, समन्वय तथा प्रतिकार्य व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य सेवा विभागलाई आकस्मिक तथा नियमित स्वास्थ्य सेवा निरन्तर सञ्चालनका लागि आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनसहित स्वास्थ्य संस्थाको तयारी अवस्था र आकस्मिक प्रतिकार्यसम्बन्धी योजना असोज ८ गतेभित्र मन्त्रालयमा पेश गर्न भनिएको छ।
सम्भावित जोखिमयुक्त जिल्लामा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री, सर्पदंशविरुद्धको औषधि जीवनजल लगायत अत्यावश्यक सामग्री पर्याप्त मौज्दात राख्न र द्रुत प्रतिकार्य टोली लाई तयारी अवस्थामा राख्न पनि विभागलाई निर्देशन दिइएको छ।
त्यस्तै, प्रसूतिको सम्भावित मिति नजिक रहेका गर्भवती महिला तथा दीर्घ रोगीहरूलाई विपद्का कारण स्वास्थ्य सेवामा पहुँच प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार स्वास्थ्य संस्थाको नजिक वा सुरक्षित स्थानमा रहन तथा नियमित सेवन गर्नुपर्ने औषधि पर्याप्त मात्रामा साथमा राख्न अनुरोध गर्ने व्यवस्था मिलाउन भनिएको छ।
स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई आकस्मिक स्वास्थ्य समस्या वा विपद्जन्य अवस्थाका कारण तत्काल स्वास्थ्य सेवा आवश्यक परेमा एम्बुलेन्स सेवा १०२ मा सम्पर्क गरी उपचारको व्यवस्था मिलाउन सहजीकरण गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login