Connect with us
Advertisement

केपी ओलीका विकल्प र चुनौतीहरू

Published

on

अहिले नेपालको राजनीति र कूटनीति सामरिक हिसाबले एकदमै महत्वपूर्ण अवस्थामा आएको छ । एकातिर आफू अध्यक्ष रहेको सत्तारूढ नेकपाको स्थायी कामिटीको बैठक चलिरहेको छ । बैठकमा प्रधानमन्त्रीको राजीनामा र पार्टी अध्यक्षबाट पनि राजीनामाको माग उठिरहेको छ ।

यस्तै खालको माग केही समय अगाडि पनि उठेको थियो । त्यतिबेला बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावपछि ओलीको साथमा बहुमत सचिवालय सदस्य पुगेपछि राजीनामाको प्रस्तावमा प्रचण्ड र माधव समूह पछि हटेको थियोे । अहिले बामदेव गौतम केपी ओलीसँग एकदमै रुष्ट देखिन्छन् । मन्त्रीपरिषद्को सिफारिशमा संसदको अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिले स्वीकार गरिसकेपछि नेकपाको अगामी भविष्य र प्रधानमन्त्रीले चाल्न सक्ने कदम र प्राधानमन्त्रीको कुर्सीमा अबको चुनौतीको बारेमा व्याख्या गर्न लागिएको छ ।

प्रधानमन्त्री परिवर्तन गर्न चाहनुमा भारतको स्वार्थ
१ विगतमा भारतको प्रत्यक्ष हस्तक्षेप स्वीकार गर्ने परिपाटीको अन्त्य गरी नाकाबन्दीको पनि सामना गरेको र केपी ओली हुँदासम्म भारतको स्वार्थ पूरा नहुने भारतीय संस्थापन पक्षको बुझाइ ।

२ भारतले विगतदेखि नै कालापानी र लिपुलेकलाई सामरिक महत्वले हेरेको र यसै कारण कब्जा गरेको भूमिलाई फिर्ता माग्ने साहस गर्नु ।

३ नागरिकता, राष्ट्रियता, भौगोलिक अखण्डतामा लिएको अडान ।

प्रधानमन्त्री परिवर्तन गर्न चाहनुमा चीनको स्वार्थ
विगतमा ओली सरकारलाइ जोगाउन सक्रिय रुपमा अगाडि आएको चीन ओली सरकारले एमसीसीको सम्बन्धमा लिएको अडानले चीनको राष्ट्रिय स्वार्थमा पुगेको आघातको रुपमा लिएको ।

आन्तरिक शक्ति सङ्घर्ष
प्रचण्ड शक्ति र सत्ताभन्दा टाढा बस्न नसक्ने प्रवृत्ति ।

आगामी महाधिवेशनमा प्रचण्डले अध्यक्षमा जित्ने सम्भावना कम, त्यस्तै, विगतमा हारेको र पेलिएको कुण्ठा र ओली र प्रचण्डलाई भिडाएर रणनीतिक स्वार्थ पूरा गर्ने माधव नेपालको उद्देश्य 

बामदेम गौतमको अन्तिम आश नेकपाको बहुमत हँुदै प्रधानमन्त्री हुने रहेको देखिन्छ । आगामी चुनाव र अधिवेशनमा जित्ने आश कम भएकाले उनी अहिले नै प्रधानमन्त्री हुन वा शक्तिमा आउन चाहन्छन् ।

वितगमा केपी ओलीले अध्यक्ष पदमा हराएको र सेनापति काण्डमा ओलीको असहयोग रहेको रिस फेर्ने ध्यानमा झलनाथ खनाल रहेका छन् । त्यस्तै, आफू प्रधानमन्त्री हुँदाको सरकार ढाल्न ओलीले सहयोग गरेको उनको बुझाइ छ ।

ओली सरकार आलोचित हुनुका केही कारणहरू
१. बढ्दो अविवेकी निर्णयः करिब दुई तिहाई नजिकको सरकार हुँदै पनि कुनै अमूक पाटी टुटाउन भन्दै दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकारको आलोचना बढेको हो । त्यस्तै, विगतदेखि चलिआएको संवैधानिक परिषदमा प्रतिपक्षी दलको नेताको भूमिकालाई सीमित बनाउन ल्याएको संवैधानिक परिषद अध्यादेशको आवश्यकता र औचित्यता पुष्टि गर्न नसक्दा पार्टीभित्र र बाहिर नै ओली आलोचित बन्न पुगे ।

२. भ्रष्टाचार र निकटस्थमाथि प्रश्नः स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितता र आफ्नै निकटका मन्त्रीको अडियो प्रकरणमा प्रधानमन्त्रीको बचाउ र संरक्षकत्व ।

३ कोभिड १९ को महामारीको समयमा जनताको सुरक्षा र गाँसबासको सबालमा काम गर्न नसक्नुले पनि सरकारमाथि प्रश्न खडा भएको छ । काठमाडौ उपत्यका र देशका विभिन्न ठाउँमा निम्न आय भएका र श्रमजीवी तथा विद्यार्थीहरूले राज्यबाट पाउने राहत तथा आधारभूत सुविधामा गरिएको व्यवहार ।

४. कोभिड १९ को सामयमा जनताको स्वास्थमा स्रोत र साधन अव्यवहारिक र अविवेकी ढङ्गले गरेको प्रयोग तथा विदेशमा रहेका नागरिकको सम्बन्धमा विभेदकारी व्यवहारका साथै क्वारेन्टाइन र आइसोलेसनको सुरक्षाको प्रश्नका कारण पनि सरकार आलोचित बनेको हो ।

५ पूर्वाधार विकास कोषको रकमबाट आत्मनिर्भर अर्थतन्त्र, विकास, उत्पादन र रोजगारी सिर्जना गराउन विगतमा निजीकरणको नाममा बेचिएका उद्योगलाई पुन सञ्चालनमा ल्याउन पहल गर्न नसक्नु ।

सरकारका केही महत्वपूर्ण निर्णयहरूः
१ सन् १९६२ देखि भारतको कब्जामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा औपचारिक रुपमा सामेल गरी गुमेको स्वभिमान फिर्ता गराउने एतिहासिक निर्णय गर्नु ।

२ चिनियाँ राष्ट्रपतिकोे एतिहासिक नेपाल भ्रमण गराउन सक्नु ।

३. चीनसँग ऐतिहासिक पारवाहन सम्झौता, रेल र अन्य सम्झौता मार्फत् नेपालको भावी वैकल्पिक मार्ग खुला गर्नु ।

४ काठमाडौं र अन्य ठाउँमा यातायात तथा भौतिक पूर्वाधारमा उल्लेख्य काम भएका छन् ।

प्रधानमन्त्रीको विकल्प र चुनौती
१ पार्टीभित्र आत्मालोचना गर्ने, कमिटीको निर्णय मान्ने र अध्यक्ष पदबाट राजीनामा अथवा कार्यकारी अध्यक्षता हस्तान्तरण गर्ने ।

२ संकटकाल लागू गर्ने र मध्यावधी चुनाव घोषणा गर्ने ।

३ पार्टी फुटाउने र अन्य दलसँग गठबन्धन गरी सरकार चलाउने ।

४ संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने ।

५ विवादित एमसीसी प्रस्तावलाई फर्ता लिने र पार्टीलाई विधि र प्रकियामा चलाउने प्रतिबद्धता जनाउने ।

विकल्पः
१. प्रधानमन्त्रीले अहमता त्याग्ने, पार्टी कमिटीका निर्णय मान्ने, एमसीसी फिर्ता लिने, आत्मालोचना गर्ने, प्रभावकारी मन्त्रिमण्डल गठन गर्ने ।

२ घेराबन्दी तोडेर भ्रष्टाचारको सम्बधमा कठोर निर्णय लिनुपर्छ । जसले विकल्पको विरुद्ध जनमत र जनदबाब नेतामा सिर्जना हुन्छ ।

३ पहिलो पुस्ताका सबै नेता प्रधानमन्त्री र उपप्रधानमन्त्री भइसकेकाले दोस्रो पुस्तालाई नेतृत्व सुम्पने ।

४ संसद अधिबेशन अन्त्य गरी संकटकाल लगाएर मध्यवधी चुनाव घोषणा गर्ने  ।

वर्तमान समयमा नेतृत्व फेर्नु जनमतको अपमान हो । वैदेशिक हस्तक्षेप निम्त्याउनु र ऐतिहासिक अवसरलाई सदुपयोग गर्न नस्क्नु हो । यसो हुनु भनेको देश तथा नेतृत्व नै विफल हुनु हो । तसर्थ नेतृत्वको विकल्प नखोजी नेतृत्वलाई सच्याऔँ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक