धर्म / संस्कृति
गुरुङको थर नै गोत्र
केही वर्षअघि घरमा एउटा विवाहको निमन्त्रणा आयो । वर बधू दुवै छिमेकी र चिनजानकै थिए तर उनीहरूबीच बिहेबारी पनि चल्छ भन्ने थाहा थिएन । कारण दुवैको थर एउटै थियो कार्की । गुरुङ जातिमा एउटै थरभित्र विवाह हुँदैन । निम्तो मान्न त गइयो तर मनमा एउटा कौतुहलताले डेरा जमाइराख्यो । एउटै थरमा पनि कसरी बिहे हुने भयो भनेर । वास्तवमा मलाई त्यो समय थर गोत्रको केही जानकारी थिएन । गुरुङ जस्तै एउटै थरभित्र कसैको विवाह हुन्न होला सोच्थेँ ।
निम्तारुमध्येकै एकजना परिचित आमालाई सोधेँ । कार्कीकार्कीबीच पनि कसरी विवाह भयो ? उनले भनिन्, ‘थर एउटै भए पनि गोत्र अलग भएपछि विवाह हुन्छ नानी । वर बधूको थर एउटै भए पनि उपथर अलग रहेछ मुडुला कार्की र सुतार कार्की र गोत्र पनि मौदगौल्य र घृतकौशिक ।
गोत्र भनेको के हो ? विभिन्न जातको जस्तै गुरुङ जातिको गोत्र हुन्छ कि हुँदैन ? यो गोत्र व्यवस्था कसरी कहाँ र कहिले बाट शुरु भयो ? जस्ता विषयमा नेपाली समाजमा धेरै अन्योल छन् । गुरुङ जातिमा पनि यस बारे व्यापक अन्योल र भ्रम छ । यस गोत्रसम्बन्धी विषयमा गुरुङहरूबीच आवश्यक र तथ्यपरक बौद्धिक बहसहरू भएको पाइँदैन । वास्तवमा यो एउटा सोचनीय र खोजयुक्त विषय हो ।
तर आर्यहरूमा थर एउटै हुँदा पनि गोत्र फरक हुँदोरहेछ । वास्तवमा खस आर्यहरूमा थर भने काम र गाम (गाउँ) विशेषले पाएका रहेछन् । जस्तैः
काम विशेषले पाएका थरहरूमाः
अधिकारी– दराको हाकिम, कार्की– राजस्व अधिकृत, भट्ट– राजपुरोहित वा धर्माधिकारी,
भण्डारी– राजकीय कोषको प्रमुख, लेखक– लेखक, महत– ग्रामप्रमुख, रोकाया– महतको सहयोगी, थापा, खड्का, राना, बुढा, बस्नेत आदि थर सैनिकलाई दिइने दर्जाबाट रहन गएको पाइन्छ ।
त्यस्तै गाम (गाउँ)को नामबाट रहन गएका थरहरू छन् । जुम्ला, मुगु, बझाङ, दैलेख आदि जिल्लामा पर्ने बिभिन्न गाउँठाउँको नामबाट रहन गएको थरहरू यसप्रकार छन्ः जुम्लाको धिताबाट धिताल, पाण्डुसेराबाट पाण्डे, सिञ्जाबाट सिंजापति, प्याकुरीबाट प्याकुरेल, सिम्खाडाबाट सिम्खडा । अछामको तिमिल्सैनबाट तिमिल्सिना, तिम्सिना ।
त्यस्तै, बझाङको रेगमबाट रेग्मी, खारबाट खरेल, बयानाबाट बानियाँ । बैतडीको गाजरीबाट गजुरेल र निरौलीबाट निरौला । मुगु जिल्लाको खनायाबाट खनाल, खतिवाडबाट खतिवडा थर रहेको पाइन्छ ।
दैलेखको बाँस्तोलीबाट बास्तोला, लामाछान्नीबाट लामिछाने, सातलाबाट सत्याल, लुयाटीबाट लुईँटेल, चापागाउँबाट चापागाईं, पोखरबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दहबाट दाहाल, भूर्तिबाट भुर्तेल, पराजुलबाट पराजुली, कोइरालीबाट कोइराला, दवाडाबाट दवाडी, कट्टीलबाट कट्टेल, भुषाकोटबाट भुषाल आदि थर रहन गएको पाइन्छ ।
गुरुङहरूलाई चार र सोह्र भनेर वर्गीकरण गरेको छ तर गुरुङको एउटै थरभित्र विवाह हुँदैन । गुरुङहरूको थर कसरी रहन गयो त भन्ने विषयमा आफ्नै लामो इतिहास र किंवदन्ती छ ।
एउटै थर भएको केटाकेटीबीच दाजुबहिनी वा दिदीभाइको नाता हुन्छ । उनीहरूबीच रगतको नाता भएको मानिन्छ । उदाहरणको लागि लामा– लामा, घोण्डे– घोण्डे वा ल्हेगे ल्हेगे र पज्यु– पज्यु थरको केटाकेटीबीच चेलीमाइतीको नाता पर्छ भन्ने मान्यता छ ।
आफ्नै मौलिक उत्पत्तिको इतिहास लिएर मौलिक संस्कार र संस्कृतिको वैभवका साथ शान्त नदीसमान आफ्नै गतिमा बग्दै गरेको गुरुङ जातिबीच समयको केही कालखण्डमा आएर तत्कालीन शासक वर्गले एउटा वर्ग वा स्तरको निर्माण गरिदियो । चार जाते र सोह्र जाते भनेर गरिएको यो वर्ग र विभाजन हिजोको स्वार्थसहितको अहङ्कारवादले ग्रस्त राज्यसत्ताको नीतिले गुरुङ जातिमाथि गरेको भीषण षड्यन्त्र हो । यो षड्यन्त्र गोर्खा राज्य विस्तारसँगै फैलियो ।
त्यस समयका शासकका सन्तान दरसन्तानले शासन चलाउन थालेपछि उनीहरूको विभिन्न सोच र सनकले निर्माण गरेको स्तरको विकराल चक्रव्युहमा गुरुङहरूको जात विभाजन गराइयो । यस्तो तथ्य इतिहासको विभिन्न घटनाहरूको मिहिन र तार्किक अध्ययन गर्यौं भने प्रष्ट हुन्छ । तर हिजोदेखि नै अनेकौँ त्यस्ता ऐतिहासिक तथ्यहरू बङ्ग्याएर नामेट पारिएको छ भने कतिपय खोज अनुसन्धानको अभावमा त्यसै लोप भइरहेको छ ।
यो स्तर वा तह विभाजन भने त्यो समयका शासकहरूले केवल गुरुङहरूमाथि मात्र गरिएको थिएन । काठमाडौं उपत्यकाभित्र तथा बाहिरका नेवारहरूमा पनि ‘जनैदेखि सहनाई’सम्मको व्यापक तह र स्तर वर्गीकरण गरी विखण्डन गरिएको थियो जुन आजसम्म कायम नै छ । नेवारहरूमाथि गोत्र पनि सोही तवरले लादिएको छ भारद्वज, कश्यप, कौटिल्य, अत्रि आदि ।
अब यहाँ प्रश्न उठ्छ सक्छ गोत्र गुरुङ वा तमूहरूको होइन भने यसको प्रभाव उनीहरूमा कसरी पर्न गयो त ? यो अत्यन्तै गहन र सोचनीय विषय छ । हिजोका शासक वर्गले गुरुङमाथि गरेको वर्ग र स्तर विभाजनको खेल ठूलो षड्यन्त्र हो भन्ने कुरा गहिरिएर खोज अध्ययन र अनुसन्धान गरे स्वतः पुष्टि हुन्छ ।
गुरुङहरूको साङ्गठनिकतामा विखण्डन ल्याउनु तत्कालीन शासकको सत्ताको स्वार्थ निहितता हो तर सोझा र इमान्दार गुरुङहरूलाई अन्धो बनाइएको छ । नक्कली र बनावटी पहिचान गराइएको छ । इतिहासका खण्डखण्डलाई बङ्ग्याइएर वास्तविकताको विलोपको स्थिति सिर्जना गराइएको छ । तमाम गुरुङ समुदायले यस विषयमा बुझ्नु र सचेत हुनु अत्यन्त जरुरी छ । सत्य–तथ्यको खोज अध्ययन र अनुसन्धान गर्नु जरुरी छ ।
गोत्र गुरुङहरूमाथि लादिएको एउटा सत्ता सदाशयता नै हो भन्ने कुराको एउटा प्रमाण शाहवंशीय राजा पृथ्वीनारायण शाहले आफ्नो गोत्र परिवर्तन गर्नुलाई लिन सकिन्छ । उनले आफ्नो वंशको गोत्र भारद्वाजबाट कश्यपमा परिवर्तन गरेका थिए । कुल र वंश भन्ने कुरा परिवर्तन गरिरहने विषय होइन । यो उनीहरूको राज्य सत्ताको स्थायित्वको लागि गरिएको दूरदर्शी दीर्घकालीन नीति हो ।
यसैको एउटा परिणाम गुरुङ जातिमा पनि गोत्र लादिएको थियो र मान्ने गरेको पनि छ । पूजापाठ, विवाह शुद्याइँदेखि अरु कर्मकाण्डमा गोत्र सोधखोज गरिन्छ तर पनि एउटै थरमा अलगअलग गोत्र त्यति भेटिएको छैन । यसले पनि एउटा कुरा के पुष्टि गर्छ भने गुरुङ जातिमा गोत्रको काम थरले नै गर्छ ।
गोत्र भनेको के हो त ?
प्राचीन पुरुषको निरन्तर वा अविरल वंश परम्परालाई गोत्र भनिन्छ । जो क्रमश जिजु, बाजे, बाबु, छोरा नाति हुँदै निरन्तर माथिबाट तलतिर बग्दै जान्छ । अथवा एक मूल ऋषिबाट आरम्भ भएर बाजे, बाबु, छोरा, नाति, पनाति हुँदै अघि बढ्ने ऋषिवंश नै गोत्र हो । अर्काे शब्दमा भन्नुपर्दा गोत्र भन्नाले वैदिक कालमा ऋषिमुनिहरूले आफ्ना सन्ततिको पहिचानका लागि आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्ने प्रणालीलाई नै गोत्र भन्ने गरेको पाइन्छ ।
प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनले आफ्नो ‘आदिम समाज’ नामक पुस्तकमा कबिला युगमा सामुहिक परिवारमा बस्ने निश्चित एउटै हजुरआमाका सन्तानलाई एउटा गोत्रभित्रका मानिसहरूका रूपमा उल्लेख गरेका छन् । (मोर्गन सन् १९६४)
यो वंश परम्परा मोर्गनपछिका समाजशास्त्रीहरूले पनि स्वीकारेका छन् । यसबारे विभिन्न नेपाली ग्रन्थहरूले विभिन्न परिभाषा गरेको पाइन्छ । त्यसमध्ये म यहाँ केही उल्लेख गर्न चाहन्छु ।
१. वंशविस्तार गर्ने महर्षिहरू गौतम, विश्वामित्र, जमदग्नि, भारद्वाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । –संस्कृत नेपाली शब्दकोष
२. वंश प्रवर्तक ऋषिमुनिका नामबाट चलिआएको पुख्र्याैली चिनाउने उपनाम गोत्र हो ।
⁃ बृहत नेपाली शब्दकोश
३. आफ्ना नामबाट सन्तान वा खलकैको उपनाम बनेको गोत्र प्रवर्तक मूल पुरुष गोत्र हो । –नेपाली शब्दसागर
४. गोत्र प्रवर्तक ऋषिमुनि आदिको नामबाट चलिआएको पुख्र्याैली वंश गोत्र हो ।
–प्रयोगात्मक नेपाली शब्दकोष
माथि उल्लिखित परिभाषाहरूबाट के अनुमान गर्न सकिन्छ भने गोत्र हिन्दू धर्म परम्परामा मात्र रहेको देखिन्छ । तर यथार्थमा गरुङहरूमा पनि गोत्र मान्ने गरेको पाइन्छ । तर आम बुझाइअनुसार गुरुङ समाजमा गोत्रको विषयमा अन्योल र भ्रमहरू भने प्रशस्त छन् । गुरुङमा मात्र नभएर आर्य बाहेक आम नेपाली समाजमा नै अन्योलता छ । यसको मूल कारण भने अध्ययन अनुसन्धानको कमी र अन्धपरम्पराको सिको गर्नु र त्यसैमा विश्वास गर्नु हो ।
वास्तवमा नेपाली समाज फरकफरक वंश, कुल, पिता, पुर्खा, परम्परा र सभ्यताबाट विभिन्न चरणहरू पार गरी क्रमश विस्तार र विकास भएको समाज हो । अथवा हिमाल, पहाड र तराईजस्तो प्राकृतिक सुन्दरताले सुशोभित नेपालको समग्र भूभाग ३ प्रदेशीय वैभवयुक्त ५ सभ्यताहरूको महासङ्गम हो ।
आजभन्दा ५ हजार वर्ष पहिलेदेखि चरणबद्ध रूपमा विकसित हुँदै आएको मुख्यतः ५ ओटा सभ्यताहरूको महासङ्गमले निर्माण गरेको भव्य सम्मिश्रणको बहुरङ्गी इन्द्रेणी हो नेपालको भूमि । पहिलो सभ्यतामा उत्तरबाट उत्पत्ति भई ह्वाङ हो र याङ्सी नदीले निर्माण गरेको मैदानमा विकसित हुँदै अन्नपूर्ण हिमाल फेदी हुँदै नेपाल प्रवेश गरेको मङ्गोल महासभ्यता पर्छ । दोस्रोमा युरोपबाट मध्य एशियाको भूभाग ढाक्दै ककेसियाको बाटो गरी पश्चिम नेपालबाट छिरेको खस सभ्यता हो ।
त्यस्तै, सिन्धुघाँटीमा उर्वर भई गंगा मैदानमा फस्टाउँदै वेद वेदान्तहरूको रचना गरी नेपाल प्रवेश गर्ने वैदिक आर्य सभ्यतालाई तेस्रो महासभ्यता मानिएको छ । पटकपटक आर्यहरूको हमलाबाट पराजित हुँदै नेपाल प्रवेश गर्न सफल हडप्पा र मोहेनजोदाडोजस्तो भव्य सभ्यता निर्माण गरिसकेका आष्ट्रिक र द्रबिड जातिको सभ्यतालाई चौथो महासभ्यता मानिन्छ ।
पाँचौँ सभ्यता भने आजभन्दा करीब १ हजार ४ सय वर्ष अघि मक्का मदिनाबाट उत्पत्ति भई समग्र अरब हुँदै भारतको भूमिबाट नेपाल प्रवेश गरेको इस्लाम सभ्यता पर्दछ ।
यी फरकफरक सभ्यताले फरकफरक जात र समुदायका पुर्खा (Ancester) नेपाल भित्र्याएको छ । यसबाट के थाहा हुन्छ भने नेपालमा बस्ने विभिन्न समुदायको पुर्खा, वंश वा पितृ, फरकफरक छ ।
विभिन्न समाजशास्त्रीहरूका अनुसार मानव समाज काबिला युगदेखि नै सामुहिक परिवारमा बस्ने गर्दथ्यो । त्यसबेला मातृप्रधान समाज थियो । शायद त्यसबेला पुरुष पहिचानको आवश्यकता महसुस गरिएको थिएन । त्यसरी एउटै सामुहिक परिवारमा बसे पनि निश्चित हजुरआमा वा आमाको सन्तानलाई एउटा वंशमा समेट्ने गर्दथे । मातृसत्ताबाटै वंश प्रणालीको शुरुवात भएको लुइस मोर्गन पछिका अधिकांश समाजशास्त्रीहरूले पनि स्वीकारेको पाइन्छ ।
गुरुङ जातिमा करीब विलोप अवस्थामा पुगेको सात कन्या अथवा सात आमालाई सम्झेर गरिने पूजा पनि मानव समाजको उत्पत्ति र विकासलगायत मातृसत्ताकै मौलिक अवशेष को रूपमा मान्न सकिन्छ । तर मातृप्रधानताको समाज ढलेर पितृसत्ताको शुरुवात भएको पनि आज करीब ७ हजार वर्ष पूरा भइसकेको छ त्यसले गर्दा पितृप्रधान समाजको वर्चस्वमा सात आमाका सत्यताहरू छायामा पारिएको छ ।
यसैले पुरातन कालबाटै सबै गोत्रहरू पुरुष ऋषिमुनिहरूकै नामबाट नामकरण गरिएको छ । जस्तै, भारद्वाज, कश्यप, कौटिल्य, आत्रेय, गर्ग, वशिष्ठ, कौशिक, वत्स, धनञ्जय, आदि सबै पुरुष ऋषिहरू हुन् । यसैले गोत्र भनेको केवल आर्यहरूको पुर्खा वा कुल हुन् ।
कुल के हो त ?
कुललाई अङ्ग्रेजीमा Clan भनिन्छ । कुल जान्नको लागि समाजमा Kinship systemअथवा नातेदारी व्यवस्था जान्नु जरुरी छ ।
नातेदारी व्यवस्थाका बारेमा जीपी मर्डकले भनेका छन्, ‘नातेदार प्रणाली एउटा सम्बन्धहरूको एउटा संरचनागत प्रणाली हो जहाँ नातेदारहरू एकअर्कामा जटिल अन्तरसम्बन्धले बाँधिन्छन् । नातेदार प्रणाली व्यक्तिहरूलाई सामाजिक समूहहरू, भूमिकाहरू र वंशावलीमा सङ्गठित गर्ने आधारभूत सिद्धान्तहरू मध्येको एक हो ।
नातेदारी व्यवस्था (Kinship System) के हो त ?
Kinship भन्नाले समाजमा मानिसहरू बीचमा हुने नातासम्बन्ध भनेर बुझिन्छ । जुन ३ प्रकारको हुन्छ ।
१. Affinal kinship (बिहेबाट हुने नाता र सम्बन्ध)
२. Consanguineal kinship (रगतबाट हुने नाता र सम्बन्ध)
३. Fictive kinship (न बिहे, न रगतको सम्बन्ध, जस्तै मितेरी साइनो)
वास्तवमा गोत्रको काम यही नाता पहिचान गरी कुल वंश वा पुर्खा छुट्याउने काम हो जोसँग रगतको नाता Consanguineal kinship छ कि छैन त भनेर थाहा पाउन सकिन्छ । गोत्रको काम रगतको नाता छुट्याउने प्रणाली हो । यो विभिन्न समाज र समुदायमा आआफ्नो किसिमको छ । जस्तो राईलिम्बूमा पनि गोत्र हुन्छ । तर उनीहरूको गोत्रको आफ्नै मौलिक नाम छ जस्तै चाम्लिङ राईका गोत्रहरू चाम्लिङ होमिहछा, साक्सानामछा, दिबुछा, हलैछा आदि ।
लिम्बूमा पनि एउटै थरमा पनि विभिन्न उपथरहरू हुन्छन् जसभित्र उनीहरूको बिहेबारी पनि चल्छ । तर विभिन्न थरको एउटै गोत्र हँुदैन । आर्य वा हिन्दूहरूलाई किन गोत्रको आवश्यक पर्छ भने उनीहरूबीच एउटै थरमा पनि फरकफरक गोत्र हुन्छ र फरकफरक थरमा पनि एउटै गोत्र हुन्छ । फरक थर भए पनि एउटै गोत्र भए पुर्खा वा कुल एउटै हुन्छ भन्ने विश्वास छ र उनीहरूबीच रगतको नाता हुन्छ भन्ने मान्यता छ । जस्तो खड्का, दुलाल अर्याल, थापा आदिको आत्रेय गोत्र हुन्छ भने फेरि खड्का, थापा आदिको कौडिण्य गोत्र पनि हुन्छ र दुलालको उपमन्यु गोत्र पनि हुन्छ ।
यसकारणले गर्दा हिन्दू आर्यहरूलाई गोत्रको आवश्यक पर्छ र गोत्र हिन्दू धर्म परम्पराबाटै शुरु भएको हो । बुझ्नुपर्ने कुरा, हिन्दूहरूमा एउटै थरबीच पनि fictive kinship हुन सक्छ । तर तमूहरूमा एउटै थरबीच जहिले पनि consanguineal kinship हुन्छ fictive kinship हुन सक्दैन ।
वास्तवमा गोत्र परम्परा गुरुङहरूको होइन भन्ने विषयमा केही तर्क दिन सकिन्छ ।
१. गुरुङहरू जहाँको भए पनि एउटै थर भएपछि रगतको नाता (Consanguineal kinship) हुन्छ उनीहरूबीच कुनै हालतमा बिहेबारी चल्दैन र उनीहरूमा चेली माइतीको सम्बन्ध (Relation) हुन्छ । जानअञ्जानमा लुकीचोरी त्यस्तो बिहे गरे छितकी पातकी ठहरिन्छ । त्यस्तो बिहेबारी गर्नेलाई पहिले गाउँनिकाला वा देशनिकाला गरिन्थ्यो र अहिले पनि यस्तो बिहे कुनै हालतमा स्वीकार्य छैन । तर आर्यहरूमा एउटै थरमा पनि बिहे हुन्छ र उनीहरूलाई गोत्रले रगतको नाता छुट्याउँछ थरले छुट्याउँदैन ।
२. कतिपय आर्य र गुरुङको एउटै गोत्र हुन्छ जस्तै निरौला आर्य र कोरङ्गी गुरुङको एउटै गोत्र हुन्छ भारद्वाज भन्ने । त्यस्तै गरेर कुनै गुरुङले कौशिक गोत्र हो भन्छन् त कसैले आत्रेय गोत्र कसैले चनु गोत्र कसैले भारद्वाज गोत्र । के यस्तो एउटै गोत्र भएको गुरुङ र आर्यहरूको पुर्खा कुल वा वंश एउटै हो त ? यो हुनै नसक्ने कुरा हो । एउटै गोत्र हुनु भनेको एउटै कुल वा वंश वा पुर्खाका सन्तान भन्ने कुरा त माथिका परिभाषामा प्रष्ट भइसकेको छ ।
३. तेस्रो तर्क म यहाँ राख्छु । यदि गुरुङहरूको गोत्र हुन्थ्यो भने आफ्नै मौलिक भाषामा किन भएन ? जब कि गुरुङ जातिको उत्पत्तिको मिथक अनुसार ३ पुर्खाहरू र ७ आमाहरूको आफ्नै मौलिक नाम छ, जस्तो महाज्ञानी ३ पिताहरूको नाम पहिलो करगली क्हयाला, दोस्रो आपाकर्हाबुकल्हे र तेस्रो स्यामा क्होंलु पच्यु । ७ माताहरूको नाम पनि यस प्रकार छ क्रोंरोक्रों– होंगु नायेया, सिरोंसी– होखु नायेमा, लरों ल– होंग्रु नायेमा, सरों स–होग्रु नायेमा, मुरोमु– होंग्रु नायेमा, ङिहरो ङ्हिर– होंग्रु नायेमा तथा सरों स– होंग्रु नायेमा । यिनै तीन महापुरुषहरू र सात आमाहरूको शाखा सन्तानबाट गुरुङ (तमू)हरूको सृष्टि भएको कुरा वेद (तमू) मा उल्लेख भएको पाइन्छ ।
गुरुङ जातिको आफ्नै मौलिक संस्कार र संस्कृति छ, भाषा वेशभूषा र परम्परा छ मूल्य र मान्यता छ अनि उत्पत्तिको इतिहास छ भने गोत्र चाहिँ कसरी आर्य सभ्यताअन्तर्गतको वैदिककालको ऋषिहरूको नामबाट रहन गयो त ?
भलै केही गुरुङहरू विभिन्न समय अन्तरालमा राज्यबिस्तारको क्रम वा आफ्नो जीवनयापनको क्रममा उद्गम भूमि छोडेर दुरदराजमा जान बाध्य भए र भाषा, धर्म संस्कार र संस्कृति बिर्सिए । उनीहरूमाथि जबरजस्ती लादिएको पुरातन धर्म, संस्कार संस्कृतिको परिणति हो गुरुङमा गोत्रको परम्परा । वास्तवमा गुरुङको थर नै गोत्र हो ।
यस्ता विभिन्न तर्क र कारणहरूले गर्दा र समाजशास्त्रको मेरो स्वअध्ययनले गुरुङ जातिमा गोत्रको औचित्यबारे मेरो आफ्नो धारणा मात्र हो । वास्तवमै यस विषयमा व्यापक बहस बौद्धिक छलफल र गहन अध्ययनको जरुरी छ ।
नत्र हिजोदेखि आजसम्म राज्य र शासनसत्ताले प्रारम्भिक कालबाट मौलिकताको अतिक्रमण झेल्दै इतिहासका अनेक कालखण्डमा सीमान्तकृत पारिएका सांस्कृतिकता र जनजातीयताको राग अलाप्ने हामी गुरुङ जातिलगायत आर्यहरूको गोत्र मान्ने अन्य जनजाति सुदूर भविष्यमा मौलिक अस्तित्वविहीन र पहिचानरहित नहोलान् भन्न सकिन्न ।
Facebook Comment
Banner
आज को राशिफल
२०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख। विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।
वृष : दिन सामान्य छ । व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।
मिथुन :दिन राम्रो छ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।
कर्कट : शुभ दिन छ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।
सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : यात्रा गर्दा सचेत बन्नुपर्ने छ । दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।
वृश्चिक : स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ। थोरै बोल्नु उचित हुन्छ ।
धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। खर्च गर्दा भने सचेत हुनुपर्ने छ ।
मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।
कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । धार्मिक भेटघाट बढ्नेछ ।
मीन : शुभ दिन छ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारभित्र तपाईको कामको सम्मान हुनेछ । सेवा गर्न पाउँदा मन शान्त बनेछ ।
Banner
दैनिक राशिफल: मंगलबार तपाईंको राशि के भन्छ
२०८३ साल जेठ २६ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको नवमी तिथि। सन् २०२६ जुन ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ । सानो कुराले व्यवहारमा झन्झट बढ्नेछ । सामाजिक क्षेत्रमा विवाद हुने जोखिम छ । सबै कुरा छोडेर परिवारको काममा केन्द्रित हुनु राम्रो हुन्छ । शिक्षामा भने प्रगति हुनेछ ।
वृष : दिन राम्रो छ । सोचेर गरेको लगानीबाट नाफा हुनेछ । स्वास्थ्यमा सुधारका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साथीको सहयोगले तपाईंको काम बन्नेछ । सामाजिक सेवामा ध्यान दिएमा मन शान्त बन्नेछ ।
मिथुन : दिन धेरै राम्रो छ । नियमित कामबाट मन शान्त बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । व्यवहारिक पक्षमा सचेत बन्नु राम्रो हुनेछ । थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
कर्कट : दिन राम्रो छ । तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ । मनमा कुरा नराख्नु राम्रो हुनेछ । प्राविधिक शिक्षामा गरेको प्रयासबाट प्रगति हुनेछ । उच्च पदका साथीसँगको भेटले मन हलुका हुनेछ ।
सिंह : दिन सामान्य छ । राजनीतिमा साथी खराब छन्। आफन्तले भन्दा साथीभाइले दुःखमा साथ दिनेछन् । रोगबाट मुक्त हुन खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।
कन्या : संकटमा परिवारले साथ दिनेछन् । सञ्चित धन महत्त्वपूर्ण काममा उपयोग हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । लगानी भए व्यापारमा नाफा हुनेछ । सेवाका लागि राजनीतिमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
तुला : शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । राजनीति संगठनमा सेवाको अवसर मिल्नेछ । परिवारको भावनालाई कदर गर्न नसक्दा खटपटी आउनसक्छ ।
वृश्चिक : हरेक क्षेत्रमा बाधा हुनसक्छ । राजनीतिक संगठनमा अरुले गरेको गल्तीको भारी तपाईंले बोक्नुपर्ने बाध्यता आइपर्न सक्छ । स्वदेशी लगानी भन्दा विदेशको लगानीबाट मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।
धनु : दिन राम्रो छ । धन आर्जन हुनेछ । महत्त्वपूर्ण कामका लागि स्वास्थ्यले साथ दिनेछ । बिहानै पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
मकर : दिन सामान्य छ । एकल निर्णय भन्दा साथीभाइको सहयोगले अगाडि बढ्नुपर्ने दिन छ । स्वदेशमा भन्दा विदेशमा तपाईंको नाम र दाम रहनेछ । साथीभाइसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : दिन राम्रो छ । महत्त्वपूर्ण काम बन्नेछ । सामूहिक निर्णयमा अगाडि बढेमा फाइदा हुने योग छ। शिक्षामा प्रगति हुनेछ । गणेशको भजन सुन्न सकेमा दिन सहज बन्नेछ । हरेक काममा परिवारको साथ र सहयोग मिल्नेछ ।
मीन : सानो कुराले व्यवहारमा झन्झट आइपर्न सक्छ । लगानी गर्नु भन्दा पनि भएको सम्पत्ति जोगाउने प्रयास गर्नुपर्नेछ । परिवार र साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।
Banner
आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल
२०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा । सन् २०२६ जुन ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । धनलक्ष्मीको योग परेको छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।
वृष : दिन शुभ रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।
मिथुन : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।
कर्कट : दिन सहज छ । बोली बिक्ने दिन छ । व्यापारम र लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।
सिंह : दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।
कन्या : दिन राम्रो छ । कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।
तुला : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।
वृश्चिक : खुट्टा तान्ने साथीहरु नै भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्ने छ ।
धनु : दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ ।
मकर : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।
कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।
मीन : दिन राम्रो छ । काम गर्दा सचेत बन्नु पर्ने छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापारमा फाइदा हुनेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login