Connect with us
Advertisement

सुन्दरहरैंचामा अलपत्र रहेको २४० कोठे भवन सञ्चालन गर्नुपर्ने भन्दै प्रदेश सांसदको अगुवाइमा नेकपा बीपी प्रतिष्ठानमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ स्थित बेलेपुरमा रहेको सुवर्ण फर्मास्युटिकल सञ्चालन गर्नुपर्ने भन्दै प्रदेश सांसद राजकुमार ओझाको नेतृत्वमा नेकपाको टोलीले धरान स्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएको छ ।

ती संरचनाको हेरचाह नहुँदा जीर्ण बन्दै गएकाले केही ठाउँमा भत्कन समेत शुरु गरेकाले यसलाई सञ्चालन गर्नुपर्ने भन्दै नेकपाको टोलीले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ध्यानाकर्षण गराएको हो । सो भवन चाँडो सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको हो ।

नेकपा मोरङ सचिवालय सदस्य एवम् सुन्दरहरैंचा नगरपालिकाका इन्चार्ज नवराज चापागाईं, सुन्दरहरैचा नगर अध्यक्ष केदार गुरागाई, सचिव दुश्यन्त भट्टराई, कार्यालय सदस्य मातृका ढकाल, जिल्ला सदस्य सन्तोष वान्तबा लगायतको टोलीले भेटेको हो ।

सो क्रममा उपकुलपति गिरीले ९ महिनादेखि एक वर्षभित्र उत्पादन शुरु हुने गरी सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

त्यसको निम्ति प्रस्ताव योजना निर्माण गरी स्वास्थ्य मन्त्रालयमा पेश गर्ने तयारी भएको सांसद ओझाका स्वकीय सचिव एवम् सुकुना क्याम्पस स्ववियु उपसभापति मिलन घिमिरेले बताए ।

यसरी स्थापना गरिएको थियोः

२०५७ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेको २ सय ४० कोठाको भवन अहिले अलपत्र अवस्थामा छ ।

प्रतिष्ठानका तत्कालीन डाक्टर भोगेन्द्र आचार्यका अनुसार, गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सो भवन निर्माण गरिएको थियो । यस अघि कमलमणि दीक्षितले भक्तपुरको आर्मी क्याम्प छेउमा यस्तै प्रकारको भवन बनाएका थिए तर त्यहाँ चलाउन नसकेपछि तत्कालीन इन्द्रपुर गाविस वडा नम्बर ७ बेलेपुरमा बनाउने निर्णय भएको आचार्यले बताए ।

तुन्दी कन्ट्रक्सनले निर्माण शुरु गरेको २ सय ४० कोठा भएको ४ ओटा भवन ५ बिघा क्षेत्रफलमा फैलिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको छ । आन्तरिक खिचातानीले भवन प्रयोगविहीन भएको हाल भवनको रेखदेख गर्ने गरेका प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए ।

सुवर्ण फर्मास्युटिकलले पेनसिलिन र ट्याब्लेट औषधी बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजनबिना वर्षाैंदेखि अलपत्र अवस्थामा रहँदा कसैको यसप्रति ध्यान गएको देखिँदैन ।

हाल यो भवन भताभुङ्ग, लथालिङ्ग अवस्थामा रहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सो भवनमा हाल वन्यजन्तुको बास हुन थालेको स्थानीय बताउँछन् । सो भवनको अवस्था देखेर स्थानीय जनता निराश छन् ।

सम्बन्धित समाचार

सुन्दरहरैंचामा २४० कोठाको भवन अलपत्र, अरबौँको सम्पती प्रयोग बिहिन

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक