Connect with us
Advertisement

सुन्दरहरैंचामा अलपत्र रहेको २४० कोठे भवन सञ्चालन गर्नुपर्ने भन्दै प्रदेश सांसदको अगुवाइमा नेकपा बीपी प्रतिष्ठानमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नरपालिका वडा नम्बर ११ स्थित बेलेपुरमा रहेको सुवर्ण फर्मास्युटिकल सञ्चालन गर्नुपर्ने भन्दै प्रदेश सांसद राजकुमार ओझाको नेतृत्वमा नेकपाको टोलीले धरान स्थीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको ध्यानाकर्षण गराएको छ ।

ती संरचनाको हेरचाह नहुँदा जीर्ण बन्दै गएकाले केही ठाउँमा भत्कन समेत शुरु गरेकाले यसलाई सञ्चालन गर्नुपर्ने भन्दै नेकपाको टोलीले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको ध्यानाकर्षण गराएको हो । सो भवन चाँडो सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको हो ।

नेकपा मोरङ सचिवालय सदस्य एवम् सुन्दरहरैंचा नगरपालिकाका इन्चार्ज नवराज चापागाईं, सुन्दरहरैचा नगर अध्यक्ष केदार गुरागाई, सचिव दुश्यन्त भट्टराई, कार्यालय सदस्य मातृका ढकाल, जिल्ला सदस्य सन्तोष वान्तबा लगायतको टोलीले भेटेको हो ।

सो क्रममा उपकुलपति गिरीले ९ महिनादेखि एक वर्षभित्र उत्पादन शुरु हुने गरी सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

त्यसको निम्ति प्रस्ताव योजना निर्माण गरी स्वास्थ्य मन्त्रालयमा पेश गर्ने तयारी भएको सांसद ओझाका स्वकीय सचिव एवम् सुकुना क्याम्पस स्ववियु उपसभापति मिलन घिमिरेले बताए ।

यसरी स्थापना गरिएको थियोः

२०५७ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन प्रमुख शेखर कोइरालाले उद्घाटन गरेको २ सय ४० कोठाको भवन अहिले अलपत्र अवस्थामा छ ।

प्रतिष्ठानका तत्कालीन डाक्टर भोगेन्द्र आचार्यका अनुसार, गाउँगाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सो भवन निर्माण गरिएको थियो । यस अघि कमलमणि दीक्षितले भक्तपुरको आर्मी क्याम्प छेउमा यस्तै प्रकारको भवन बनाएका थिए तर त्यहाँ चलाउन नसकेपछि तत्कालीन इन्द्रपुर गाविस वडा नम्बर ७ बेलेपुरमा बनाउने निर्णय भएको आचार्यले बताए ।

तुन्दी कन्ट्रक्सनले निर्माण शुरु गरेको २ सय ४० कोठा भएको ४ ओटा भवन ५ बिघा क्षेत्रफलमा फैलिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको छ । आन्तरिक खिचातानीले भवन प्रयोगविहीन भएको हाल भवनको रेखदेख गर्ने गरेका प्रतिष्ठानका कर्मचारी कृष्णप्रसाद न्यौपानेले बताए ।

सुवर्ण फर्मास्युटिकलले पेनसिलिन र ट्याब्लेट औषधी बनाउन भनेर अत्याधुनिक भवन बनाएको थियो । अहिले कुनै प्रयोजनबिना वर्षाैंदेखि अलपत्र अवस्थामा रहँदा कसैको यसप्रति ध्यान गएको देखिँदैन ।

हाल यो भवन भताभुङ्ग, लथालिङ्ग अवस्थामा रहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सो भवनमा हाल वन्यजन्तुको बास हुन थालेको स्थानीय बताउँछन् । सो भवनको अवस्था देखेर स्थानीय जनता निराश छन् ।

सम्बन्धित समाचार

सुन्दरहरैंचामा २४० कोठाको भवन अलपत्र, अरबौँको सम्पती प्रयोग बिहिन

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक