शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाका माध्यमिक विद्यालय आजदेखि सञ्चालन हुँदै, १ मिटरको फरकमा विद्यार्थीलाई कक्षामा बसाइने
विराटचोकः सुन्दरहरैंचामा आजदेखि माध्यमिक तहका विद्यालय सञ्चालन हुने भएका छन् । नगरपालिकामा गत शुक्रबार शिक्षा शाखा, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका प्रतिनिधिको बैठक बसी आज सोमबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखाले जनाएको छ ।
शिक्षा शाखाकी निमित्त प्रमुख लीलादेवी ओझाका अनुसार दूरी कायम राखेर अध्यापन गराइने भएको हो । कति समय पढाउने र कसरी पढाउने भन्ने बारेमा भने विद्यालयले विद्यार्थी संख्या र विद्यालयको भौतिक अवस्थाको आधारमा निर्णय गर्न सक्ने उनले बताइन् । सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाइने उनको भनाइ थियो ।
निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन सुन्दरहरैंचा अध्यक्ष हरिश्चन्द्र ढकालका अनुसार ८ देखि माथिका कक्षा सञ्चालनको लागि नगरपालिका र विद्यालय सञ्चालकबीच सहमति भएको हो । सुरक्षाका सबै मापदण्ड पूरा गरी विद्यालय सञ्चालन हुने भएका हुन् ।
‘दूरी कायम गरेर तथा कोठाको अवस्था हेरी १० देखि २० जनासम्म विद्यार्थी मात्रै राखी कक्षा सञ्चालन गर्न दिइने निर्णय भएको हो,’ ढकालले भने, ‘विद्यार्थीले खाजा तथा पानी घरबाटै लिएर आउनुपर्ने, क्यान्टिन सञ्चालन नहुने निर्णय भएको छ ।’
शिक्षकले विद्यार्थीलाई प्रश्न सोध्ने, सजाय दिनेजस्ता काम गर्न नपाइने भएको छ । आफ्नो विद्यालयमा आज कक्षा १० का विद्यार्थीलाई मात्रै बोलाइएको र १० बजेदेखि ३ घण्टा मात्रै पढाइ हुने उनले बताए । १ मिटरको फरकमा विद्यार्थीलाई राख्ने तथा एउटा कोठामा १० जनाभन्दा बढी विद्यार्थी नराख्ने पनि उनले बताए ।
भरसक सबैले एकै तरिकाले पढाआँै भन्ने सहमति भए पनि विद्यालयले आफ्ना विद्यार्थीको संख्या र कक्षाकोठाको आकारको आधारमा शिक्षण गर्ने उनको भनाइ छ । विद्यालयले ४ बजेसम्म अध्यापन गराए पनि क्यान्टिनको प्रयोग गर्न नपाइने र आफूलाई चाहिने खाजा र पानी पनि विद्यार्थीले घरबाटै लानुपर्ने उनले बताए । विद्यार्थीको अरुसँग सम्पर्क नहोओस् र विद्यार्थीबीच पनि आपसमा सम्पर्क नहोओस् भनेर सक्दो प्रयास गरिने ढकालको भनाइ छ ।
उता, सुकुना माध्यमिक विद्यालयमा भने बिहानी कक्षा शुरु भएका छन् । आज कक्षा १० को मात्रै पढाइ हुने प्रधानाध्यापक लक्ष्मी श्रेष्ठले बताए । सिभिल समूह र अंग्रेजी माध्यममा पढाइ हुने समूहका विद्यार्थीलाई मात्रै बोलाइएको उनले बताए । श्रेष्ठका अनुसार विद्यार्थीलाई हात धुनका लागि गेट छेउमै साबुन पानीको व्यवस्था गरिएको थियो । हात धोएपछि कक्षाकोठामा जाने र पढाइ सकेपछि घर फर्किने तथा कसैलाई छुने काम नगर्न भनिएको उनले बताए । बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पढाइ हुने उनले बताए ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login