Connect with us
Advertisement

यी हुन् लेटाङका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु

Published

on

विराटचोकः सुगम जिल्ला मोरङमा दुर्गम क्षेत्रहरु पनि पर्दछन् । चारकोशे झाडीभन्दा उत्तरतर्फको क्षेत्र लगभग सबै पहाडी क्षेत्र पर्दछ । यस्तै पहाडी क्षेत्रमा परेको र सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको नगरपालिका हो लेटाङ नगरपालिका ।

धिमाल जातिको उत्पत्तिस्थल मानिने यस नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल भाषामा ‘लेटा’ को अर्थ तल झरेको भन्ने हुन्छ । त्यही ‘लेटा’ शब्द अपभ्रंश भई लेटाङ भएको हो भन्ने भनाइ छ । धिमालहरुको उत्पत्ति स्थल र धिमाल राजा बस्ने राजारानी पोखरी पुग्न तल खोंचमा झर्नुपर्ने हुन्छ । त्यस्तै, लेटाङ बजार पनि पहाडबाट तल खोंचमा झरेजस्तै गरी झर्नुपर्ने हुन्छ । यसरी हेर्दा लेटाङको शाब्दिक अर्थ किंवदन्तीसँग मिल्न जाने देखिन्छ ।

लेटाङमा पर्यटकीय सम्भावनायुक्त क्षेत्र धेरै रहेका छन् । अधिकांश क्षेत्र पहाडी भूभागमा रहेको हुनाले यहाँ धेरै पर्यटकीय स्थल प्रकृतिले नै दिएको छ । जाँतेमा रहेको मानवनिर्मित जाँतोबाहेक अधिकांश पर्यटकीय क्षेत्र प्राकृतिक नै रहेका छन् । लेटाङका पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतीको बारेमा यसो भन्छन् लेटाङका जनप्रतिनिधि र कर्मचारी ।

जनजातिको आतिथ्यता पर्यटकलाई देखाउन व्यवस्थित होम स्टेको आवश्यकता छ
कृष्णकुमारी पोखरेल, निरौला
लेटाङमा होम स्टेको निर्माण गर्न सके पर्यटकलाई तान्न सजिलो हुने हामीले महसुस गरेका छौँ । लेटाङका सबै पर्यटकीय स्थल सुरक्षित नै छन् । कुनै पनि पर्यटकीय स्थल असुरक्षित छैनन् । पर्यटकीय क्षेत्र आसपास आदिवासी जनजातिको बाहुल्यता रहेको र उनीहरु आतिथ्य सत्कारमा अगाडि रहने हुँदा पर्यटकलाई आकर्षित गर्न पनि सजिलो हुने देखिन्छ ।

साबिकका ४ ओटा विकट गाविस मिलेर यो नगरपालिका निर्माण भएको छ । यस नगरपालिकामा मोरङको विकट पहाडी भूभाग रहेको हुनाले पर्यटकीय क्षेत्र धेरै रहेका छन् । प्रकृतिले धेरै पर्यटकीय क्षेत्र यहाँ दिएको छ ।

राजारानी ताल, धिमालहरूको उद्गमस्थल राजारानी मन्दिर, वाराही ताल, किसे झरना, कोलुङ झरना रहेका छन् । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ । झोलुङ्गे पुल र सबैभन्दा ठूलो जाँतो हेर्न पनि आन्तरिक पर्यटक आउँछन् ।

पर्यटकीय क्षेत्रको विकासको लागि नगरले बाटो निर्माणको कामलाई प्राथमिकता दिएको छ । सवारी साधन जान सक्ने बाटो तथा सवारी जान नसक्ने ठाउँमा सिँढी निर्माण गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको छ । कृषि पर्यटनलाई बढी जोड दिने गरेका छौँ । अब बन्ने संरचना पर्यटन क्षेत्रसँग जोडेर बनाउने सोचमा छाँै ।

 

प्रकृति संरक्षण कोषसँग मिलेर पर्या पर्यटनको क्षेत्रमा काम गर्नेछौँ
अच्युतप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत

लेटाङमा पर्यटकीय सम्भावनाका क्षेत्र धेरै छन् । ती सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकेमा मोरङको उत्कृष्ट पर्यटकीय क्षेत्र रहेको नगरको रुपमा विकास गर्न सकिन्छ ।

यी क्षेत्रको लागि नगरले यथोचित बजेट विनियोजन गरेको छ । लेटाङका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि गत फागुन महिनामा हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग डीपीआरसहितको पर्या पर्यटनका लागि बजेट माग गरेका छौँ । यो आर्थिक वर्षमा सो काम हुन्छ भन्ने आश गरेका छौं । बजारको तीनकुनेमा पार्क बनाउने पनि नगरको योजना छ ।

नगरको मुख्य पर्यटकीय क्षेत्रमध्येको एक हो राजारानी पोखरी । लेटाङ १ मा रहेको राजारानीमा धिमालहरुको मन्दिर छ । प्रत्येक वर्षको बैशाख २ गते झापा, मोरङ र सुनसरीका धिमालहरु भेला भएर त्यहाँ पूजा गर्ने गर्दछन् । राजारानीमा राजा पोखरी, रानी पोखरी र छोरी पोखरी छन् । त्यहाँ ४५ प्रकारका सुनाखरी फुल्छन् ।

लेटाङ– ५ मा रहेको वाराजी मन्दिर पनि धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिरको स्थापनाको बारेमा रोचक किंवदन्ती छ । पहिले एक जना ब्राह्मणको बालीनाली सुँगुरले नष्ट गरेको र सो सुँगुरलाई मार्दा पत्थर भएको भनाइ छ । सो पत्थरलाई लगेर वाराजीको मन्दिर स्थापना गरेको भनाइ छ । सो पत्थर अहिले पनि देख्न सकिन्छ ।

वडा नम्बर १ मै साग्माभन्दा ३ किलोमिटर अगाडि किसे झरना छ । ४० मिटरमाथिबाट सो झरना झरेको छ । साबिक भोगटेनी र सिंहदेवीको बीचमा यो झरना पर्दछ ।

वडा नम्बर ८ मा कोलुङ झरना, वडा नम्बर ६ मा देउजे झरना पर्दछन् । वडा नम्बर ७ मा नादेब्लुङ झरना रहेको छ । त्यस्तै, वडा नम्बर ९ मा रहेको विशाल जाँतो पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यो क्षेत्र पहिलेको जाँते गाविस हो ।

वडा नम्बर ५ मा रहेको जोरकुपमा रहेका जोर इनारबाट पानी निकालेर बर्खाको समयमा उपभोग गर्ने गरेको पाइन्छ । जोरकुपलाई पनि पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकिन्छ ।

तराईका फाँट हेर्न सकिने तर प्रचारको अभाव रहेको नगर
सुशील बास्तोला, लेखा अधिकृत
लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बास्तोला लेटाङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउँछन् । १ हजार ७ सय मिटर उचाइसम्म लेटाङ नगरपालिकाको भूभाग रहेकाले नगरका धेरै स्थानबाट तराईका फाँट हेर्न सकिने उनको भनाइ छ । तराईका फाँटको अवलोकन गर्नेका लागि लेटाङ उपयुक्त स्थान हुने उनी बताउँछन् ।

त्यस्तै, लेटाङ नगरपालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रमा वडा नम्बर १ मा राजारानी सिमसार क्षेत्र र किसे झरना रहेका छन् । वडा नम्बर ७ मा बालाजी मन्दिर रहेको छ । वडा नम्बर ५ जोरकुप पोखरी र वडा नम्बर ८ मा कोलुङ झरना रहेको र यी क्षेत्रको प्रबद्र्धन गर्न सके पर्यटनका क्षेत्रमा नगरले एउटा फड्को मार्ने उनको बुझाइ छ ।

पर्यटनको माध्यमबाट नगरवासीको आर्थिक स्तर उकास्न नगरपालिकाले ध्यान दिएको उनी बताउँछन् । नगरवासीको आर्थिक स्तर उकास्न पर्यटन क्षेत्रलाई प्राथमिकता दिने नगरले निर्णय गरेको छ । त्यसको लागि विभिन्न संस्थासँग सहकार्य गरी विभिन्न माध्यमबाट काम गर्ने र प्रचारप्रसारलाई फैलाउने काममा नगर अघि बढेको उनले जनाए । चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटन प्रबद्र्धनमा पर्याप्त बजेट छुट्याएकाले पर्यटन प्रबद्र्धनका क्षेत्रमा धेरै काम हुने उनको विश्वास छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक