Connect with us
Advertisement

यी हुन् लेटाङका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु

Published

on

विराटचोकः सुगम जिल्ला मोरङमा दुर्गम क्षेत्रहरु पनि पर्दछन् । चारकोशे झाडीभन्दा उत्तरतर्फको क्षेत्र लगभग सबै पहाडी क्षेत्र पर्दछ । यस्तै पहाडी क्षेत्रमा परेको र सुगम जिल्ला भए पनि दुर्गम क्षेत्र समेटिएको नगरपालिका हो लेटाङ नगरपालिका ।

धिमाल जातिको उत्पत्तिस्थल मानिने यस नगरपालिकाको नाम पनि धिमाल भाषाकै आधारमा रहेको पाइन्छ । प्राचीन धिमाल भाषामा ‘लेटा’ को अर्थ तल झरेको भन्ने हुन्छ । त्यही ‘लेटा’ शब्द अपभ्रंश भई लेटाङ भएको हो भन्ने भनाइ छ । धिमालहरुको उत्पत्ति स्थल र धिमाल राजा बस्ने राजारानी पोखरी पुग्न तल खोंचमा झर्नुपर्ने हुन्छ । त्यस्तै, लेटाङ बजार पनि पहाडबाट तल खोंचमा झरेजस्तै गरी झर्नुपर्ने हुन्छ । यसरी हेर्दा लेटाङको शाब्दिक अर्थ किंवदन्तीसँग मिल्न जाने देखिन्छ ।

लेटाङमा पर्यटकीय सम्भावनायुक्त क्षेत्र धेरै रहेका छन् । अधिकांश क्षेत्र पहाडी भूभागमा रहेको हुनाले यहाँ धेरै पर्यटकीय स्थल प्रकृतिले नै दिएको छ । जाँतेमा रहेको मानवनिर्मित जाँतोबाहेक अधिकांश पर्यटकीय क्षेत्र प्राकृतिक नै रहेका छन् । लेटाङका पर्यटकीय क्षेत्रको सम्भावना र चुनौतीको बारेमा यसो भन्छन् लेटाङका जनप्रतिनिधि र कर्मचारी ।

जनजातिको आतिथ्यता पर्यटकलाई देखाउन व्यवस्थित होम स्टेको आवश्यकता छ
कृष्णकुमारी पोखरेल, निरौला
लेटाङमा होम स्टेको निर्माण गर्न सके पर्यटकलाई तान्न सजिलो हुने हामीले महसुस गरेका छौँ । लेटाङका सबै पर्यटकीय स्थल सुरक्षित नै छन् । कुनै पनि पर्यटकीय स्थल असुरक्षित छैनन् । पर्यटकीय क्षेत्र आसपास आदिवासी जनजातिको बाहुल्यता रहेको र उनीहरु आतिथ्य सत्कारमा अगाडि रहने हुँदा पर्यटकलाई आकर्षित गर्न पनि सजिलो हुने देखिन्छ ।

साबिकका ४ ओटा विकट गाविस मिलेर यो नगरपालिका निर्माण भएको छ । यस नगरपालिकामा मोरङको विकट पहाडी भूभाग रहेको हुनाले पर्यटकीय क्षेत्र धेरै रहेका छन् । प्रकृतिले धेरै पर्यटकीय क्षेत्र यहाँ दिएको छ ।

राजारानी ताल, धिमालहरूको उद्गमस्थल राजारानी मन्दिर, वाराही ताल, किसे झरना, कोलुङ झरना रहेका छन् । सामुदायिक वनमा पार्क निर्माण गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ । झोलुङ्गे पुल र सबैभन्दा ठूलो जाँतो हेर्न पनि आन्तरिक पर्यटक आउँछन् ।

पर्यटकीय क्षेत्रको विकासको लागि नगरले बाटो निर्माणको कामलाई प्राथमिकता दिएको छ । सवारी साधन जान सक्ने बाटो तथा सवारी जान नसक्ने ठाउँमा सिँढी निर्माण गर्ने लगायतका कामलाई प्राथमिकता दिइएको छ । कृषि पर्यटनलाई बढी जोड दिने गरेका छौँ । अब बन्ने संरचना पर्यटन क्षेत्रसँग जोडेर बनाउने सोचमा छाँै ।

 

प्रकृति संरक्षण कोषसँग मिलेर पर्या पर्यटनको क्षेत्रमा काम गर्नेछौँ
अच्युतप्रसाद दाहाल, प्रमुख प्रशासकीय अधिकृत

लेटाङमा पर्यटकीय सम्भावनाका क्षेत्र धेरै छन् । ती सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकेमा मोरङको उत्कृष्ट पर्यटकीय क्षेत्र रहेको नगरको रुपमा विकास गर्न सकिन्छ ।

यी क्षेत्रको लागि नगरले यथोचित बजेट विनियोजन गरेको छ । लेटाङका पर्यटकीय क्षेत्रको बृहत्तर विकासका लागि गत फागुन महिनामा हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग डीपीआरसहितको पर्या पर्यटनका लागि बजेट माग गरेका छौँ । यो आर्थिक वर्षमा सो काम हुन्छ भन्ने आश गरेका छौं । बजारको तीनकुनेमा पार्क बनाउने पनि नगरको योजना छ ।

नगरको मुख्य पर्यटकीय क्षेत्रमध्येको एक हो राजारानी पोखरी । लेटाङ १ मा रहेको राजारानीमा धिमालहरुको मन्दिर छ । प्रत्येक वर्षको बैशाख २ गते झापा, मोरङ र सुनसरीका धिमालहरु भेला भएर त्यहाँ पूजा गर्ने गर्दछन् । राजारानीमा राजा पोखरी, रानी पोखरी र छोरी पोखरी छन् । त्यहाँ ४५ प्रकारका सुनाखरी फुल्छन् ।

लेटाङ– ५ मा रहेको वाराजी मन्दिर पनि धार्मिक पर्यटकीय स्थल हो । यो मन्दिरको स्थापनाको बारेमा रोचक किंवदन्ती छ । पहिले एक जना ब्राह्मणको बालीनाली सुँगुरले नष्ट गरेको र सो सुँगुरलाई मार्दा पत्थर भएको भनाइ छ । सो पत्थरलाई लगेर वाराजीको मन्दिर स्थापना गरेको भनाइ छ । सो पत्थर अहिले पनि देख्न सकिन्छ ।

वडा नम्बर १ मै साग्माभन्दा ३ किलोमिटर अगाडि किसे झरना छ । ४० मिटरमाथिबाट सो झरना झरेको छ । साबिक भोगटेनी र सिंहदेवीको बीचमा यो झरना पर्दछ ।

वडा नम्बर ८ मा कोलुङ झरना, वडा नम्बर ६ मा देउजे झरना पर्दछन् । वडा नम्बर ७ मा नादेब्लुङ झरना रहेको छ । त्यस्तै, वडा नम्बर ९ मा रहेको विशाल जाँतो पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । यो क्षेत्र पहिलेको जाँते गाविस हो ।

वडा नम्बर ५ मा रहेको जोरकुपमा रहेका जोर इनारबाट पानी निकालेर बर्खाको समयमा उपभोग गर्ने गरेको पाइन्छ । जोरकुपलाई पनि पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकिन्छ ।

तराईका फाँट हेर्न सकिने तर प्रचारको अभाव रहेको नगर
सुशील बास्तोला, लेखा अधिकृत
लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशील बास्तोला लेटाङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउँछन् । १ हजार ७ सय मिटर उचाइसम्म लेटाङ नगरपालिकाको भूभाग रहेकाले नगरका धेरै स्थानबाट तराईका फाँट हेर्न सकिने उनको भनाइ छ । तराईका फाँटको अवलोकन गर्नेका लागि लेटाङ उपयुक्त स्थान हुने उनी बताउँछन् ।

त्यस्तै, लेटाङ नगरपालिकामा रहेका मुख्य पर्यटकीय क्षेत्रमा वडा नम्बर १ मा राजारानी सिमसार क्षेत्र र किसे झरना रहेका छन् । वडा नम्बर ७ मा बालाजी मन्दिर रहेको छ । वडा नम्बर ५ जोरकुप पोखरी र वडा नम्बर ८ मा कोलुङ झरना रहेको र यी क्षेत्रको प्रबद्र्धन गर्न सके पर्यटनका क्षेत्रमा नगरले एउटा फड्को मार्ने उनको बुझाइ छ ।

पर्यटनको माध्यमबाट नगरवासीको आर्थिक स्तर उकास्न नगरपालिकाले ध्यान दिएको उनी बताउँछन् । नगरवासीको आर्थिक स्तर उकास्न पर्यटन क्षेत्रलाई प्राथमिकता दिने नगरले निर्णय गरेको छ । त्यसको लागि विभिन्न संस्थासँग सहकार्य गरी विभिन्न माध्यमबाट काम गर्ने र प्रचारप्रसारलाई फैलाउने काममा नगर अघि बढेको उनले जनाए । चालु आर्थिक वर्षमा पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटन प्रबद्र्धनमा पर्याप्त बजेट छुट्याएकाले पर्यटन प्रबद्र्धनका क्षेत्रमा धेरै काम हुने उनको विश्वास छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक