स्थानीय तह
सुन्दरहरैंचामा गोपालप्रसाद रेग्मी नयाँ प्रमुख प्रशासकीय अधिकृत

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद रेग्मी आउने भएका छन् ।
नेपाल सरकारको सचिवस्तरको हिजो साउन १५ गतेको निर्णयअनुसार रेग्मीलाई धनुषाको जनकपुर उपमहानगरपालिकाबाट सुन्दरहरैंचा नगरपालिकामा कामकाज गर्ने गरी सरुवा गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज साउन १६ गते रेग्मीको नाममा सरुवापत्र दिएको छ । मोरङको विराटनगर घर भएका रेग्मी विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका व्यक्ति हुन् ।
Facebook Comment
Banner
दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न अनुमति

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडाैंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई पूर्वी नाकाहुँदै शुक्रबार नेपाल ल्याइएको थियो । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । तीनकुने प्रदर्शनका क्रममा प्रसाईं आफैँले चलाएको गाडीले प्रहरीलाई पेलेर अघि बढेका थिए । राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ । घटनालगत्तै फरार भएका उनी भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । प्रसाईंलाई शुक्रबार बिहान भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । तर, प्रसाईंले भने आफैँले गिरफ्तारी दिएको बताएका छन् ।
Banner
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

२९ चैत, काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा बिहान केहीबेर राखेर उनलाई चन्द्रगढी विमानस्थल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट विमानस्थलसम्म पुर्याउँदा उनलाई हतकडी लगाइएको थियो ।
विमानमा चढाइसकेपछि भने उनको हतकडी खोलिएको थियो । काठमाडौं ओर्लिएपछि पुनः हतकडी लगाइएको थियो । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । त्यहाँबाट उनलाई आज बिहान झापा ल्याइएको थियो । विमान चढ्ने क्रममा उनले आफैं पक्राउ परेको भनेका छन् ।उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ । प्रसाईंलाई आजै अदालत उपस्थित गराइ अनुसन्धानका लागि म्याद थप्ने तयारी छ । त्यसका लागि प्रहरीको एक टोलीले कागजात तयार पार्दैछ ।
Banner
दुर्गा प्रसाईं आसामबाट झापा, आजै काठमाडौं ल्याइने

यही १५ चैतमा तीनकुनेमा राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले झापा ल्याइपुर्याएको छ । उनलाई झापाबाट आजै काठमाडौं ल्याउने तयारी गरेको छ ।
तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्किएपछि प्रसाई भागेर भारत पुगेका थिए । तर, उनले भिडियो पोस्ट गर्दै आफू नभागेको बरु जोगिएको तर्क गरेका थिए ।
१५ चैतदेखि नै प्रहरीको खोजीमा रहेका प्रसाई भारत पुगेको सूचनापछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा उनलाई भारतको आसामबाट नियन्त्रणमा लिएको हो । भारतीय प्रहरीले त्यहाँबाट उनलाई झापास्थित सीमामा ल्याएसँगै नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रसाईंको समूहले भने उनी आफैँ भारतीय प्रहरीकोमा पुगेको दावी गर्दै आएको छ । उनको समूहले पनि उनलाई प्रहरीले आज काठमाडौं ल्याउने उल्लेख गरेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login