अर्थ
सुन्दरहरैंचामा ड्रागन फ्रुट खेती सफल, किन्नलाई फार्ममै पुग्छन् उपभोक्ता
विराटचोकः मोरङको सुन्दरहरैंचामा ड्रागन फ्रुट खेतीको परीक्षण सफल भएको देखिएको छ । सुन्दरहरैंचा ११ तीनपैनीस्थित राजाटोलका किसान रेणुप्रसाद श्रेष्ठ र हरिमाया श्रेष्ठले परीक्षणका लागि लगाएको ड्रागन फ्रुटको खेती सफल भएको हो ।

श्रेष्ठले हरिमाया कृषि फार्म दर्ता गरी ड्रागन फ्रुटको खेती शुरु गरेका हुन् । उनको फार्ममा सिजनअनुसारका अरु तरकारी पनि पाइन्छ । ड्रागन फ्रुट उत्पादन हुन नथालेसम्म घुसुवा बालीको रुपमा भिन्डी, खुर्सानी, कोपी आदि लगाउन सकिने भएकाले आफूले पनि त्यस्तो बाली पनि लगाएर दोहोरो फाइदा लिएको श्रेष्ठले बताए । अहिले उनले ड्रागन फ्रुट लगाएको क्षेत्रमा भिन्डी पनि लगाएका छन् । तर भिन्डीजस्तो अग्लो बोट होइन खुर्सानी, काउलीजस्ता सानो बोट हुने तरकारी रोप्न विज्ञले सुझाएकाले भिन्डीपछि सानो बोट हुने बाली मात्रै लगाउने उनले सुनाए ।
एक पटक बिरुवा लगाएपछि समयसमयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको २ वर्षदेखि लगातार १५ वर्षसम्म फल दिने हुनाले यसको खेतीबाट राम्रो आम्दानी हुने देखिन्छ । श्रेष्ठले प्रति केजी ५ सय रुपैयाँका दरले फल बेचेको सुनाए । गर्मी समयको जेठदेखि असोजसम्म फल्ने यो फल मिठो हुने भएकाले र नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाएको उनको अनुमान छ । उनले सो फलको बिरुवा पनि प्रति गोटा २ सय ५० रुपैयाँका दरले बेच्ने गरेका छन् ।

सुन्दरहरैंचाका अगुवा किसान रेणुप्रसाद श्रेष्ठलाई नगरपालिकाले परीक्षणका लागि ९० बोट ड्रागन फु्रटको बिरुवा उपलब्ध गराएको थियो । श्रेष्ठका अनुसार माटो परीक्षण गर्दा उनको खेतको माटो ड्रागन फु्रटको लागि उपयुक्त ठहरिएको थियो । त्यसपछि नगरपालिकाले उनलाई ड्रागन फ्रुटको बिरुवा उपलब्ध गराएको थियो । त्यस्तै, सो खेतीको लागि आवश्यक पर्ने सिमेन्टको पिल्लर पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो ।
उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको हरिमाया श्रेष्ठले बताइन् । बजारको समस्या नभएको र घरमै आएर ग्राहकले किनेको देख्दा भने खुशी लागेको उनले बताइन् । यसपटक पहिलो लटमा लगभग ८० हजार रुपैयाँको फल बेचेको उनले बताइन् । दोस्रो लटको फल फल्दैछन् भने तेस्रो लटका फलको फूल फुलिसकेको छ । चौथो लटको उत्पादनको लागि पनि कोपिला बसिसकेको छ । श्रेष्ठका अनुसार फूल फुलेको २८ औँ दिनमा फल पाकेर खानको लागि योग्य हुन्छ ।

सुन्दरहरैंचा ११ का श्रेष्ठ मात्रै होइन सुन्दरहरैंचाको वडा नम्बर ४ का नवीन दाहालले पनि यसको व्यावसायिक खेती गरेका छन् । त्यस्तै, वडा नम्बर ३ का रामप्रसाद राईले पनि यसको व्यावसायिक खेती गरेका छन् । केही व्यक्तिले भने २÷४ बोट मात्रै रोपेका छन् ।
नयाँ फल भएको हुनाले धेरैले फलको बारेमा जान्ने इच्छा राख्न थालेकाले अब भने यसको खेती बिस्तार हुन सक्ने देखिएको व्यावसायिक रुपमा खेती गरिरहेका किसान बताउँछन् ।

Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: नर्वेको भिसा त्यागेर ड्रागन खेतीमा - निष्पक्षखबर