विचार
राजनीतिले निम्त्याएको गुनासो
घरदेखि अलि मास्तिर एक जना हजुरआमाको निधन भएको २ दिन भएको थियो । बेलुकाको खाना खाएर म पनि केही बेर त्यहाँ बस्ने निहुँमा त्यतैतिर लागँे । बाहिर आँगनमा धेरै जना गफ गरेर बसिरहेका रहेछन् । राजनीतिको राम्रै कुरा चलिरहेको थियो । त्यहाँ भएका धेरै जसोले आआफ्ना पार्टीको राम्रै बयान गरिरहेका थिए । म पनि उनीहरुकै छेउमा बसेर त्यहाँको गफ सुन्न थालेँ ।
यत्तिकैमा भित्रबाट एक जना अलि पाको उमेरका व्यक्ति बाहिर आएर आफ्नै सुरमा बोल्न थाल्नुभो । अरु सबै चुप भए । उहाँको नाम त मलाई थाहा भएन तर उहाँ आफैँले भन्नुभयो, ‘म पुरी हुँ । अहिले ७० वर्षको भएँ ।’ उहाँका कुरा अरु कसैले खासै सुनेजस्तो मलाई लागेन । किनकि सबै जना आफ्नै तालमा गफ गरिरहेका थिए । तर मैले उहाँको सबै कुरा सुनेँ ।
‘पार्टीको कुरा नगर्नु होस् तपाईंहरु । यहाँ कुन पार्टीले हामीलाई राम्रो काम गर्यो र ? जब चुनाव आउँछ अनि त्यतिबेला हामीले कहिल्यै कहीँ कतै नदेखेका नयाँनयाँ अनुहार पनि हाम्रो आँगनमा आएर हामीलाई नमस्कार गर्छन् । अझ यति मात्रै कहाँ हो र ? खेतबारीमा काम गरिरहेका छौँ भने उनीहरु हामी गरिहाल्छाँ नि भन्दै गरिटोपल्छन् । बाटो बिग्रेको देखाइयो भने हामीलाई जिताउनुस् बाटो हामी बनाइदिन्छौँ भन्छन् । त्यहाँ पल्लो गाउँतिर १८\२० घरमा बिजुलीको सारै समस्या भयो । यता ओल्लो गाउँबाट तार मात्रै तानेर लगेका छौँ बाँसको खाँबा बनाएर । लौ न त्यो विचार गरिदिनुपर्यो भन्दा हामीलाई जिताउनुहोस् हामी पोल गाडेर घरघरमा मिटर नि लगिदिन्छाँै रे ।
ओल्लो गाउँ र पल्लो गाउँ वारीपारी गर्न यो नजिकैको खोलाले पटक्कै दिँदैन । नजिकको गाउँतिर आउने कुनै काम पर्यो भने धेरै माथिबाट घुम्न थाल्नुपर्छ लौ न एउटा पुल बनाइदिनु पर्यो भन्यो भने हामीलाई जिताउनुहोस् अनि हामी बनाइदिन्छौँ रे । गर्लान् कि भनेर कुनै एउटा पार्टी लाई जिताउँछौ अनि जितेको दिनदेखि उनीहरु फर्केर यहाँ आउँदैनन् । घरगाउँमा कुनै विकास भयो भने हामी सबै जनाले पैसा उठाएर गर्नु परेको छ । अझ उनीहरु कर भनेर हामीसँग पैसा माग्न आउँछन् अनि तपाईंहरु अझै याँ बसेर पार्टीको कुरा गर्नु हुन्छ ?’
कतै नरोकिई आफ्नो गुनासो सबै सुनाउनुभयो । यतिन्जेलसम्म २÷४ जना उठेर हिँडिसके त्यहाँबाट । उहाँको अझै कुरा सकिएन । म चाहिँ सुनिरहेको छु ।
‘अहिले कोरोनाले पुरै गाउँ मात्रै नभई देशमा नै महामारी ल्याइसक्यो । अझ देश मात्रै कहाँ हो र पुरै विश्वमा नै तहल्का मचाइरहेको छ । यति बेला आफ्नो देश र जनतालाई कसरी बचाउने, समस्याको समधान कसरी गर्ने भन्ने बारेमा सोच्नु त कता हो कता उल्टै पार्टी विभाजन गर्ने, कुर्सी चाहियो, ज्योतिषीले यति पटक प्रधानमन्त्री बन्छस् भन्या छ अझै मैले प्रधानमन्त्री बन्नु पर्छ रे । म यति चोटि बनिसकेँ तपाईँहरु बनेर देखाउनुहोस् त रे । मेरा घरमा पाहुना आएका छन् अहिले स्वास्थ्यको बारेमा कुरा गर्दिनँ रे । के यही कुरा सुन्न हामीले उनीहरुलाई जिताएको हो ?
सूर्य भनेको सबैको लागि बराबर हो । सूर्यले तपाईंलाई, मलाई, उसलाई कसैलाई पनि भेदभाव नगरी बराबर तापक्रम दिइरहेको छ । नेकपा एमाले पनि सूर्यजस्तै सबैको लागि बराबर हो भनेर नै यो नेकपा एमालेले सूर्य चिह्न राखेको हो । तर खोइ त ? खोइ त यसले बराबर गरेको ? म गरीब छु । मैले पार्टीको कुनै कार्यकर्ता चिनेको छैन । अनि मेरो छोरो, नाति पनि मजस्तै कुनै पार्टीको मान्छे नचिनेका छन् । अब उनीहरु राम्रो पढेर जागिर खानुपर्यो भने सबैभन्दा पहिले कुन पार्टीको मान्छे होस् तँ भन्ने गर्छन् । पार्टीकै कुनै ठूलै नेता चिनिएको छ भने असक्षम मान्छेले पनि राम्रो सरकारी जागिर पाउँछ । कोही चिनेको छैन भने पढेको मान्छेले पनि कहिल्यै जागिर पाउँदैन । के यही दिन देख्नलाई तपाईंहामीले उनीहरुलाई जिताएर देशको नेतृत्व गर्न पठाएको हो ?’
उहाँ अझै थप्नुहुन्छ, ‘हामी कहीँ मलामी जाँदा, जन्ती जाँदा, कसैको पूजामा जाँदा, कहीँ कतै चौतारीमा भेला हुँदा जतिबेलै तपाईं हामी सबै राजनीतिको मात्रै कुरा गरिरहेका हुन्छाँै । खोइ त हाम्रो संस्कृति ? हामीले कहिल्यै हाम्रो संस्कृतिको कुरा गरेनौँ । भुल्यौँ सबै । अनि भन्छौँ कि फलानाको छोरा छोरीले नाकै काटेर भागेछन् अब फलानो कसरी मुख देखा’र हिँड्छ गाउँघरमा ? हामी कुरा काटिरहेका हुन्छाँै । अनेक भन्ने गर्छौँ । दोषी तपाईँ हामी हो, हाम्रा बालबच्चा होइनन् ।’
‘छोड्दिनुहोस पार्टी अनि राजनीतिको कुरा गर्न । यो पार्टी त्यो पार्टी होइन हामी सबै नेपाली भएर काम गराँै अनि मात्रै हामी सबैको कल्याण हुन्छ । आफ्नो संस्कृति कहिल्यै नभुलौँ ।’
उहाँको कुरा सुनिदिने र विचार गरिदिने अरु कोही थिए भने अझै बोल्नु हुन्थ्यो होला । तर त्यतिन्जेल हामी २÷४ जना युवाबाहेक अरु कोही थिएनन त्यहाँ ।
उहाँले भन्नुभएको कुरा मलाई चाहिँ सारै चित्त बुझ्यो ।
तपाईं नि एकचोटि सोच्नुहोस् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login