विचार
राजनीतिले निम्त्याएको गुनासो
घरदेखि अलि मास्तिर एक जना हजुरआमाको निधन भएको २ दिन भएको थियो । बेलुकाको खाना खाएर म पनि केही बेर त्यहाँ बस्ने निहुँमा त्यतैतिर लागँे । बाहिर आँगनमा धेरै जना गफ गरेर बसिरहेका रहेछन् । राजनीतिको राम्रै कुरा चलिरहेको थियो । त्यहाँ भएका धेरै जसोले आआफ्ना पार्टीको राम्रै बयान गरिरहेका थिए । म पनि उनीहरुकै छेउमा बसेर त्यहाँको गफ सुन्न थालेँ ।
यत्तिकैमा भित्रबाट एक जना अलि पाको उमेरका व्यक्ति बाहिर आएर आफ्नै सुरमा बोल्न थाल्नुभो । अरु सबै चुप भए । उहाँको नाम त मलाई थाहा भएन तर उहाँ आफैँले भन्नुभयो, ‘म पुरी हुँ । अहिले ७० वर्षको भएँ ।’ उहाँका कुरा अरु कसैले खासै सुनेजस्तो मलाई लागेन । किनकि सबै जना आफ्नै तालमा गफ गरिरहेका थिए । तर मैले उहाँको सबै कुरा सुनेँ ।
‘पार्टीको कुरा नगर्नु होस् तपाईंहरु । यहाँ कुन पार्टीले हामीलाई राम्रो काम गर्यो र ? जब चुनाव आउँछ अनि त्यतिबेला हामीले कहिल्यै कहीँ कतै नदेखेका नयाँनयाँ अनुहार पनि हाम्रो आँगनमा आएर हामीलाई नमस्कार गर्छन् । अझ यति मात्रै कहाँ हो र ? खेतबारीमा काम गरिरहेका छौँ भने उनीहरु हामी गरिहाल्छाँ नि भन्दै गरिटोपल्छन् । बाटो बिग्रेको देखाइयो भने हामीलाई जिताउनुस् बाटो हामी बनाइदिन्छौँ भन्छन् । त्यहाँ पल्लो गाउँतिर १८\२० घरमा बिजुलीको सारै समस्या भयो । यता ओल्लो गाउँबाट तार मात्रै तानेर लगेका छौँ बाँसको खाँबा बनाएर । लौ न त्यो विचार गरिदिनुपर्यो भन्दा हामीलाई जिताउनुहोस् हामी पोल गाडेर घरघरमा मिटर नि लगिदिन्छाँै रे ।
ओल्लो गाउँ र पल्लो गाउँ वारीपारी गर्न यो नजिकैको खोलाले पटक्कै दिँदैन । नजिकको गाउँतिर आउने कुनै काम पर्यो भने धेरै माथिबाट घुम्न थाल्नुपर्छ लौ न एउटा पुल बनाइदिनु पर्यो भन्यो भने हामीलाई जिताउनुहोस् अनि हामी बनाइदिन्छौँ रे । गर्लान् कि भनेर कुनै एउटा पार्टी लाई जिताउँछौ अनि जितेको दिनदेखि उनीहरु फर्केर यहाँ आउँदैनन् । घरगाउँमा कुनै विकास भयो भने हामी सबै जनाले पैसा उठाएर गर्नु परेको छ । अझ उनीहरु कर भनेर हामीसँग पैसा माग्न आउँछन् अनि तपाईंहरु अझै याँ बसेर पार्टीको कुरा गर्नु हुन्छ ?’
कतै नरोकिई आफ्नो गुनासो सबै सुनाउनुभयो । यतिन्जेलसम्म २÷४ जना उठेर हिँडिसके त्यहाँबाट । उहाँको अझै कुरा सकिएन । म चाहिँ सुनिरहेको छु ।
‘अहिले कोरोनाले पुरै गाउँ मात्रै नभई देशमा नै महामारी ल्याइसक्यो । अझ देश मात्रै कहाँ हो र पुरै विश्वमा नै तहल्का मचाइरहेको छ । यति बेला आफ्नो देश र जनतालाई कसरी बचाउने, समस्याको समधान कसरी गर्ने भन्ने बारेमा सोच्नु त कता हो कता उल्टै पार्टी विभाजन गर्ने, कुर्सी चाहियो, ज्योतिषीले यति पटक प्रधानमन्त्री बन्छस् भन्या छ अझै मैले प्रधानमन्त्री बन्नु पर्छ रे । म यति चोटि बनिसकेँ तपाईँहरु बनेर देखाउनुहोस् त रे । मेरा घरमा पाहुना आएका छन् अहिले स्वास्थ्यको बारेमा कुरा गर्दिनँ रे । के यही कुरा सुन्न हामीले उनीहरुलाई जिताएको हो ?
सूर्य भनेको सबैको लागि बराबर हो । सूर्यले तपाईंलाई, मलाई, उसलाई कसैलाई पनि भेदभाव नगरी बराबर तापक्रम दिइरहेको छ । नेकपा एमाले पनि सूर्यजस्तै सबैको लागि बराबर हो भनेर नै यो नेकपा एमालेले सूर्य चिह्न राखेको हो । तर खोइ त ? खोइ त यसले बराबर गरेको ? म गरीब छु । मैले पार्टीको कुनै कार्यकर्ता चिनेको छैन । अनि मेरो छोरो, नाति पनि मजस्तै कुनै पार्टीको मान्छे नचिनेका छन् । अब उनीहरु राम्रो पढेर जागिर खानुपर्यो भने सबैभन्दा पहिले कुन पार्टीको मान्छे होस् तँ भन्ने गर्छन् । पार्टीकै कुनै ठूलै नेता चिनिएको छ भने असक्षम मान्छेले पनि राम्रो सरकारी जागिर पाउँछ । कोही चिनेको छैन भने पढेको मान्छेले पनि कहिल्यै जागिर पाउँदैन । के यही दिन देख्नलाई तपाईंहामीले उनीहरुलाई जिताएर देशको नेतृत्व गर्न पठाएको हो ?’
उहाँ अझै थप्नुहुन्छ, ‘हामी कहीँ मलामी जाँदा, जन्ती जाँदा, कसैको पूजामा जाँदा, कहीँ कतै चौतारीमा भेला हुँदा जतिबेलै तपाईं हामी सबै राजनीतिको मात्रै कुरा गरिरहेका हुन्छाँै । खोइ त हाम्रो संस्कृति ? हामीले कहिल्यै हाम्रो संस्कृतिको कुरा गरेनौँ । भुल्यौँ सबै । अनि भन्छौँ कि फलानाको छोरा छोरीले नाकै काटेर भागेछन् अब फलानो कसरी मुख देखा’र हिँड्छ गाउँघरमा ? हामी कुरा काटिरहेका हुन्छाँै । अनेक भन्ने गर्छौँ । दोषी तपाईँ हामी हो, हाम्रा बालबच्चा होइनन् ।’
‘छोड्दिनुहोस पार्टी अनि राजनीतिको कुरा गर्न । यो पार्टी त्यो पार्टी होइन हामी सबै नेपाली भएर काम गराँै अनि मात्रै हामी सबैको कल्याण हुन्छ । आफ्नो संस्कृति कहिल्यै नभुलौँ ।’
उहाँको कुरा सुनिदिने र विचार गरिदिने अरु कोही थिए भने अझै बोल्नु हुन्थ्यो होला । तर त्यतिन्जेल हामी २÷४ जना युवाबाहेक अरु कोही थिएनन त्यहाँ ।
उहाँले भन्नुभएको कुरा मलाई चाहिँ सारै चित्त बुझ्यो ।
तपाईं नि एकचोटि सोच्नुहोस् ।
Facebook Comment
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login