विचार
अभिव्यक्ति स्वतन्त्रताको उपयोगका नाममा नकरात्मकता ओकल्ने र गाली बर्साउने प्रवृत्ति सतहमै
राजनीतिको एउटा महत्वपूर्ण पाटो भनेको नैतिकता हो । आजको सिङ्गो राजनीतिक क्षेत्रले जनविश्वास गुमाउनुको मुख्य कारण नै नैतिकताको अभाव हो । सामाजिक नैतिक हैसियत शून्य भएका, भ्रष्ट आचरणका कारण सामाजिक रूपमै बहिष्कृतहरू दलबल र पैसाको आडमा सत्ता र शक्तिका सदाबहार खेलाडी बन्न पुगेका छन् । व्यक्ति स्वयमभित्र नैतिकता नहुँदासम्म समाज र राजनीति स्वच्छ हुनै सक्दैन ।
समाजका केही युवामा नैतिकता र इमानदारिता समाप्त भएको देखिन्छ । नैतिकताले मानिसलाई अनुशासित, इमानदार र कर्तव्यपरायण पनि बनाउँछ भन्ने उनीहरुले न आफैँ सिके न कसैले उनीहरुलाई पिलाइदिए त्यसैले होला क्षुद्रपन बढेको पाइन्छ । युवा पुस्तामा नैतिकताको खडेरी परेकाले समाजमा कस्तो उत्तराधिकारी उत्पादन हुने त्यो सोचनीय विषय बनेको छ । सबै कुराको ज्ञान र सीप मात्रै भएर पनि हुँदैन । दक्ष नेतृत्वमा चाहिने आवश्यक सबै गुण नहुन सक्छ । असल नेतृत्व हुन व्यक्तिमा कुशल समन्वयकर्ता, निडर व्यक्तित्व, मृदुभाषी, चतुर, दूरदर्शिता, मूल्यांकन र निर्णय क्षमता, शालीनता, पारदर्शिता, धैर्य, इमानदारिता, सकारात्मक चिन्तन, सहअस्तित्वको भावना आवश्यक पर्दछ । चातुर्य देखाउने नेताको कमी त नहोला तर सँगै प्रकट हुने धूर्त प्रवृत्तिले नेताको व्यक्तित्व समाप्त पार्छ । कुशल नेतृत्वले समाजलाई आवश्यक परेको बेला सबैलाई मिलाएर सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दै सक्षम नेतृत्व दिन सक्नुपर्छ । कुशल नेता वा नेतृत्वले त आफ्नो पार्टी, कार्यकर्ताप्रति मात्रै केन्द्रित नभई सम्पूर्ण विचार र जनताको हितमा विचार राख्न सक्नुपर्छ ।
अहिले देशमा तीन तहका सरकार बनेका छन् । यी सरकारका मन्त्री, सांसद र स्थानीय सरकारका जनप्रतिनिधि जनताको विश्वासको मतलाई शिरोधार्य गरेर लागे पनि कतै न कतै नराम्रोसँग चिप्लिइरहेका छन् । अहिले सामाजिक सञ्जालमा कतै चर्चा र कतै विरोधका स्वरहरु गुञ्जन थालेका छन् । जनप्रतिनिधिमा राजनीतिको भूत चढेको छ । कुनै मान्छेको नाम कुनै ठाउँमा आइहाल्यो भने सबभन्दा पहिला कुन पार्टीको हो भनेर सोधिन्छ । अनि एउटा धारणा तत्काल बनाइन्छ । त्यही धारणाअनुसार व्यक्तिको मूल्याङ्कन गरिन्छ । राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखिन्छ । हाम्रा भन्दैमा राम्रा देख्न हुँदैन । त्यो संस्कारको अन्त हुनुपर्छ । अनि बल्ल सुध्रन्छ देश। हामी पनि सुध्रन्छौं । राजनीति नसुधारिए हामी सुध्रन्नौँ । हामी नसुध्रे राजनीति सुधारिन्नँ । त्यसैले यो विषयलाई गहन रूपमा लिएर मनन गर्नुपर्ने देखिन्छ ।
युवाहरु सामाजिक सञ्जाल प्रयोगमा अगाडि रहेका छन् । नेतृत्वमा कतै केही कमजोरी देखा पर्याे भने गाली र तालीको वर्षा शुरु भइहाल्छ । यो नै युवाको प्रमुख कमजोरी हो । सहीलाई सही भन्न नसक्ने युवाले आगामी दिनमा कस्तो नेतृत्व अंगाल्छ ? कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन गरेको मौकालाई सदुपयोग गर्नुको साटो युवाहरु सामाजिक सञ्जालमा आलोचना र टीकाटिप्पणीमा मात्र सीमित रहन पुग्नु दुखद अवस्था हो ।
अहिले नेपाली समाजमा अभिव्यक्ति स्वतन्त्रताको उपयोग भन्दै नकरात्मकता ओकल्ने र गाली बर्साउने प्रवृत्ति सतहमै पुगेको छ । सार्वजनिक रूपमा अश्लील गाली, धम्की र एकअर्काविरुद्ध घृणा फैलाउने तहसम्मै किन पुग्दैछन् देशको नेतृत्व लिने वर्ग । कसैप्रतिको कुण्ठालाई पोख्न नकारात्मक टिप्पणी र गालीमा उत्रिने बानी बढ्दै जाँदा मन आत्तिने, उदासी बढ्ने र डिप्रेसनमा गएर व्यक्तिको नकरात्मक सोच पैदा हुने अवस्थामा यो समाज दौडिरहेको छ । अरूलाई पीडा दिन, होच्याउन र नराम्रो भन्न पाए सन्तोष मान्ने मनोवृत्ति यसैभित्र पर्छ । यसकारणले असामाजिक व्यक्तित्व विकास हुँदै जाँदा बच्चामा समेत यसले असर पर्ने देखिन्छ ।
मानिस स्वस्थ आलोचना गर्नतर्फ किन चुकिरहेको छ ? यसको मुख्य कारण भनेको राजनीति नै हो । आस्थाका आधारमा तर्कहरू प्रस्तुत हुने भएकाले नेतृत्वले सहजै पचाउने गरेको पाइन्छ । नेतृत्वले गल्ती महसुस भएपछि पनि नस्वीकार्ने, पश्चात्ताप नगर्ने, चाहिनेभन्दा धेरै इख लिने गर्नाले पनि अस्वाभाविक रुपमा हाबी भएको कतैकतै प्रष्ट देखिएको छ । यसले भने स्वयम् आफँैलाई अधोगतितर्फ धकेलिरहेको छ । त्यसैले यो बुझ्न जरुरी छ ।
आस्थाकै आधारमा नेतृत्वको गल्तीलाई ढाकछोप गर्न समर्थन गर्ने प्रवृत्ति नजानिँदो ढंगले मौलाइरहेको हँुदा त्यो समाजका लागि ठूलो घातक हुन सक्ने छ । देख्दा सामान्य लाग्ने यस्ता कुराले अनावश्यक प्रतिस्पर्धाको आधार बनाउने र नकारात्मक भावना पैदा भई व्यक्ति सधैं हाबी हुने प्रवृत्ति बढ्ने छ । अहिलेका गालीमा समाजका केही कारण छन् । पहिलो, फुर्सदिलो युवा पंक्ति हो । बेरोजगारी र फुर्सदिलो जीवनशैली, त्यसमाथि लकडाउनका कारण घरभित्रै बस्नुपरेको पीडा छ ।
बेरोजगारहरू पहिले आफ्ना असन्तुष्टि टोल–छिमेक, चिया, पान पसल, अल्पज्ञानीहरूको झुण्ड भेलामा र जुवाका खालमा पोख्थे तर अहिले सबै भेट बन्द भएको अवस्था छ । त्यसले दिमागमा नकरात्मक सोच उत्पन्न भई आफूमा भएको पीडा र असन्तुष्टिलाई सामाजिक सञ्जालको पहुँचका कारण गाली गर्न झनै सहज भएको छ । नागरिक सरकारप्रति विश्वस्त हुन सकिरहेका छैनन् । फलस्वरूप अविश्वास, शंका र निराशामा कुनै कमी आएको देखिँदैन । राजनीतिज्ञदेखि अगुवा व्यक्ति र पत्रकारसम्म पनि आ–आफ्ना बुझाइअनुसार टिप्पणी गरी कसैको देवत्वकरण र कसैको दैत्यत्वकरण गर्न अग्रसर देखिइरहेका छन् ।
Facebook Comment
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login