अपराध
कारी हत्या आरोपमा श्रीमान् र श्रीमती नै पक्राउ
बिराटचोक ः सुनसरीको इनरुवा नगरपालिका ३ स्थीत सोमबारे हाटका ४० वर्षीय कारी यादवको हत्या आरोपमा श्रीमान र श्रीमती नै पक्राउ परेका छन् । गत बुधबार मृत अवस्थामा भेटिएका यादवले छिमेकी अनिता पंडित संग घर बाहिर अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा पंडितका श्रीमान अशोक पंडितले भेटेपछि हत्या गरेको स्यीकारेका छन् ।
पण्डितले भाडो बनाउने घरेलु हतियारले पछाडिबाट आक्रमण गरी घाँटीमा पलाष्टिकको डोरी बांधेर यादवको हत्या गरेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसंधानमा पाइएको हो । प्रहरीले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न दुवैलाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिता बिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएर अनैतिक कार्य गरिरहेको देखेपछि आबेसमा आएर हत्या गरेको अनुसन्धान बाट पइएको बताएको छ ।
हत्या पश्चात अशोकले यादवको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएको पाइएको छ ।
Facebook Comment
Banner
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका थिए । ट्रम्पले ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन । इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।अलजजिराका अनुसार इरानको फार्स न्युज एजेन्सीले पनि सर्वोच्च नेता खामेनी शनिबार नै मारिएको जनाएको छ । समाचारअनुसार खामेनी आफ्नो कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ शनिबार बिहान सबेरै मारिएका थिए ।
फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।
इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि भएको जनाएको छ ।
को हुन् खामेनी ?
८६ वर्षीय यी इस्लामिक विद्वान नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।
इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।
खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।
आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।
उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।
खामेनीको शक्तिका लागि इरानका दुई प्रमुख सुरक्षा निकायहरू- इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बासिज बलमा लाखौँको संख्यामा स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा ठुलो भूमिका खेल्छन् ।
खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।
खामेनीबारे अमेरिका र इजरायल
पछिल्लो समय, जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने विचार दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्यमध्ये एक भएको बताएका थिए ।
फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान गरेका छन्, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको सङ्केत गर्छ ।
यसै महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले खामेनीको हत्या गर्ने प्रयासलाई इजरायलले नकारेको छैन भन्ने सङ्केत गरेका थिए ।
Banner
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उनको अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकेको उनले बताए ।
– राससबाट
Banner
कपडा सुकाउन छतमा गएको बेला बौद्धमा १ करोडका गरगहना चोरी
काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । मंगलबार दिउँसो उक्त घरबाट चोरी भएको हो । दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको पाइएको एसएसपी खड्काले बताए ।
‘कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने कुरा आएको छ । त्यही मौकामा चोरी भएको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खड्काले भने ।अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यो घटनाको अनुसन्धान अघि बढाएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login