विचार
लकडाउन समाधान होइन बेलैमा बुझौं, प्रतिकार गरौँ
कोरोनालाई आतंक बनाएर माफिया जगतले संसार लुट्दैछ । यो विश्व शक्ति संघर्षको राजनीतिक एजेन्डा बनिसकेको छ । अनुशासित र नैतिक जीवन नै रोगको सर्वोत्तम उपचार हो । जीवन पद्धति सुधारौं र अपराधी माफियाहरूको लुटबाट आफू पनि बचौं र अरूलाई पनि बचाऔँ ।
कोरोनाको आतंक फैलिएपछि अरु रोगबाट मर्नेहरुको सूची गायब भएको छ । संसारमा बर्सेनी मर्ने संख्या ७ करोड़ भन्दा माथि छ । कुनै मानिस जुनसुकै रोगले मरेको भए पनि त्यसलाई कोरोना भनेर प्रचार गर्न थालिएको छ । जसले संसारभरि आतंक फैलाएको छ । अस्वस्थ मानिसको रगत ‘पोजिटिभ’ नै हुन्छ तर अब रगत ‘पोजिटिभ’ देखियो भने त्यसलाई सिधै कोरोनाको प्रमाणपत्र दिन थालिएको छ । कोरोना भाइरसको औषधी अहिलेसम्म पत्ता लागेको छैन भने अहिले चलिरहेको उपचारबाट मानिस निको कसरी भएको छ ? जबकि १ करोड़ ७७ लाख उपचारबेगर निको भएका छन् कोरोना भयानक भाइरस हो भने विश्वमा मर्नेहरुको अनुपात सयकडा २५ भन्दा कम किन छ ? त्यसैलले यो माहामारी होइन ।
कोरोना जस्तै अन्य रुघाखोकीहरुको कारण वर्षेनी लाखौं मानिसहरु मर्दै आएका थिए, ती कसैको चर्चा हुँदैनथ्यो तर कोभिड–१९ नाम दिइएको यो भाइरसलाई किन आतंकको रूप दिइयो ? यसको एक मात्र कारण हो, भाइरस नयाँ हुनु र यो नयाँ भाइरस नियन्त्रण गर्ने औषधी नहुनु । भाइरस नयाँ हुनु र त्यसको औषधी पत्ता लगाउन समय लाग्नुको कारणले औषधी पत्ता नलाग्दै दुनियाँलाई लुटेर भ्याउने योजनाअन्तर्गत माफिया जगतले यसलाई अवसरको रुपमा लिएर प्रचार गरिरहेको छ र आफूले उत्पादन गरेका सामानहरु मानिसहरुका हातमा भिडाइरहेको छ ।
नेपालमा कोरोना जाँच नगरेका मानिसहरुलाई आवागमन गर्न रोक लगाइएको छ । एउटा जाँचको मूल्य ५ हजारदेखि १२ हजार रुपैयाँसम्म लिइएको छ । जबकि यो उपचार होइन, जाँच मात्र हो । जाँचमा सबै बिरामीको रगत पोजिटिभ देखाएर माफिया जगतले आफ्नो सामान किन्न विवश बनाइरहेको मात्र छैन कि सेनिटाइजरजस्ता क्यान्सर उत्पादन गर्ने सामानहरुको प्रयोगमा बाढी ल्याएर अर्को खतरनाक रोग उत्पादन गरिराखेको छ । १०० न्यानो मिटर भन्दा सानो भाइरस कसरी मास्कले छेकिन्छ ? नयाँ रोगमा झन ठूलो खर्चको बोझ लादेर मानिसहरुको सम्पत्ति लुटेर स्वाहा पार्ने चक्रब्युह बनाएर संगठित रुपमा अघि बढेको देखिन्छ ।
कुनै पनि रोगसँग सावधान हुनुपर्छ भन्ने कुरामा विवाद छैन तर यस्तो सावधानी मानिसको अनुशासन, जीवन पद्धति र नैतिकताले विकास गर्ने हो । भाइरस संक्रमणबाट सावधानी अपनाए पुग्छ । जसरी अन्य रुघाखोकी लाग्दैमा मानिस मर्दैन, त्यसैगरी कोरोना संक्रमण हुँदैमा पनि मानिस मर्दैन । भाइरस वा जीवाणुहरुको आक्रमणको प्रतिरोध गर्ने क्षमता गुमेको मानिस मात्र रोगले मर्छ, जो सबै रोगमा हुँदै आएको छ ।
यतिबेला कोरोनाको आतंक खडा गरेर र उपचारका नाममा घातक चीजहरु प्रयोग गर्न लगाएर माफिया जगतले नयाँ रोगहरु उत्पन्न गराइरहेको छ । कोरोनाको त्रासले निस्केको सबैभन्दा ठूलो समस्या डिप्रेसन हो । मानिसहरुलाई डिप्रेसनमा पुर्याएर अपराधी वर्गले त्यसको उपचारको नाममा अरबौं रकम लुटिरहेको छ । यो लकडाउनमा मात्र नेपालमा ३ हजार १ सयले आत्महत्या गरिसकेका छन् । जुन नेपाल प्रहरीको डाटामा उल्लेख गरिएको छ । मास्क, सेनिटाइजरजस्ता वस्तुहरुलाई अचुक औषधीका रूपमा व्याख्या गरेर क्यान्सर बढाइरहेको छ र त्यसबाट खरबौं लुटिरहेको छ । मानिसहरूका बीचमा घृणा र नफरतको भावना बढाइएको छ । कोरोनाको आतंकका पछाडि पनि ठूलो यस्तै षडयन्त्र छ । यो वर्तमान समयको विश्व राजनीतिक लडाइँ र लुटको चक्रव्युह हो । यसलाई ठीक ढंगले बुझौं र त्यहीअनुसारको व्यवहार गरौं । बन्द गरौँ लकडाउन ।
दुलाल पूर्वाञ्चल ल्युव आयल प्रा.लि . पिएलओका प्रबन्ध निर्देशक हुन् ।
Facebook Comment
Banner
कांग्रेस विवादमाथि सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा
नेपाली कांग्रेसको आधिकारिकता विवादबारे परेको रिटको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । अब आदेश आउन बाँकी छ ।
निर्वाचन आयोगसमेतलाई विपक्षी बनाउँदै शेरबहादुर देउवापक्षीय कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेपछि निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो ।
तर देउवा समूहले आयोगको उक्त निर्णयलाई चुनाैती दिएर रिट दायर गरेको हो ।
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login