कला / साहित्य
अर्पन्छु श्रद्धाञ्जलि

(राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३ औँ दिनको पुण्यतिथिमा हार्दिक श्रद्धाञ्जलि)
हाम्रो काव्य हराभरा भुवनका सौहार्द्र हे माधव
तिम्रो प्रेम सुधा बगी सृजनमा बग्दै गयौ साधक
यौटा ज्योति बनेर बल्छ घरको बत्ती सधैँ साँझमा
सारा विश्व अटाउँदै हृदयमा हाँस्ने सयौं माझमा ।
गौरीका गहभाव ती कलममा पानी बनी चोबिए
कैले भेल थुनेर भित्र मुटुमा पानीसँगै पौडिए
अग्ला पर्वतमा पुगेर मनले आनन्दमा लिप्त भै
सिङ्गो देश बनाउने सपुतका भाका बने दीप्त झैँ ।
ती राजेश्वरी बोल्दछिन् कलममा पुर्खाहरूका कथा
सग्लो त्यो इतिहास बोल्छ अघिको आफ्नाहरूका व्यथा
हाम्रा काव्य पिता र देश दिलका पर्याय हुन् ज्ञानका
लाखौं वर्ष चिरायु हुन् अमर हुन् तारा बनून् प्रेमका ।
नेपालीपनका उदार मनका यी काव्यका नायक
भाषा प्रेम भरेर जीवनभरी सङ्गीतका साधक
झर्ना निर्झर झैँ रचेर कविता बैशाखमा फुल्दछन्
कैले किन्नरकिन्नरी रहरका संवादमा खुल्दछन् ।
नेपाली सबका धरोहर थियौ हे राष्ट्रका वैभव
तिम्रो काव्यकला टिपी रहरले गर्थे म काव्योत्सव
तिम्रो काव्यसुधा बगेर सरिता छल्क्यो त्यसै छल्छली
राखी आदरभाव भित्र दिलले अर्पन्छु श्रद्धाञ्जली ।।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login