Connect with us
Advertisement

कोरोनामुक्त हुन होम आइसोलेसनमा मैले अपनाएको विधि

Published

on

धेरै जना साथीको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार यहाँ लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान् । कतिपय स्थानीय तहहरुबाट सिफारिश गरिएको आइसोलेसनमा रहँदाको खानपान र दैनिक व्यवहारको तालिका सामाजिक सञ्जालहरुमा पनि आइरहेका छन् । तिनैको आधार लिएर र साथी तथा शुभचिन्तकहरुको सुझावअनुसार २३ दिनको बसाइमा मैले बुझेको र अपनाएको मापदण्ड सार्वजनिक गरेको हुँ ।

यो रोगको प्रकृति र लक्षण व्यक्तिअनुसार फरकफरक हुने गरेको पाइएको (अन्य संक्रमित व्यक्तिसँगको अनुभव आदानप्रदानबाट थाहा भएअनुसार) ले सबैलाई यही ठीक हुन्छ भन्न सकिन्नँ । बिरामको प्रकृतिअनुसार आफ्नो नजिकको स्वास्थ्यकर्मीको सल्लाहबमोजिम गर्नहुन अनुरोध छ ।

एकान्तवासमा पूर्णतः एक्लो बसाइ, खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीले मात्र प्रयोग गर्ने अरुले प्रयोग नगर्ने गर्नुपर्छ ।

(क) मैले बिहान तातो कागतीपानी र पसिना निस्कुञ्जेल जुम्बा डान्स गरेँ । केहीबेर तातोपानीको बाफबाट उपचार लिएँ । सास लिने र छोड्ने अभ्यास गरेँ । अदुवा, मरिचसहितको कागती चियाको सेवन गरेँ । गुर्जोको डाँठ, मरिच, तेजपात, दालचिनी, अदुवा, बेसार, सख्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठीमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटकपटक पिउने गरेँ । आफूलाई रुच्ने तातो खाना (मैले शाकाहार खाना) खाने गरेँ । शुरुको १० दिन जति त दैनिक ६ लिटरसम्म तातोपानी सेवन गरेँ ।

(ख) दिउँसो ३ पटक कागती र अदुवा मरिच कागती चिया वा माथि लेखिएको तातो सुप सेवन गरेँ । शुरुको ८\१० दिनसम्म दिनको १ दाना अमला खाएँ । परिवार, साथी शुभचिन्तकहरुसँगको सकारात्मक फोनवार्ता नियमित भइरह्यो ।

(ग) साँझमा पसिना निस्कुञ्जेल जुम्बा डान्स, केहीबेर तातोपानीको बाफको उपचार गर्ने गरेँ । सास लिने र छोड्ने अभ्यास अनि रुचिअनुसारको खाना कहिल्यै छुटाइनँ । माथि लेखिएको तातो सुप एकैपटक ठूलो भाँडामा पकाइराख्ने र समयसमयमा निकालेर पिउने गरेँ ।

(घ) बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तात्तातो दूध पिएँ । शरीरलाई पूर्ण आराम पुग्नेगरी निदाउने गरेँ ।

(ङ) इच्छानुसारको गीतसङ्गीत र भजन श्रवण गरेँ । आफ्नो कोठा, बाथरूम, प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझबिहान डिसन्फेक्सन सफाइ गर्ने काम गरेँ ।

(च) शुरुको २ दिनसम्म ज्वरो आउँदा र शरीरको ढाड जोर्नीहरु दुख्दा बिहानबेलुकी फ्लेक्सन १\१ चक्की, करीब ७\८ दिनसम्म खोकी लाग्दा पोलेको बोझोको जरा, टुक्रा र जेठीमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसँे । मह पनि उपयोगी हुने, परिवारमा अरुले खाए पनि एलर्जीको कारण मैले मह खाइनँ । खोकी लाग्न सक्ने हुनाले दही, मही र चिसो पानी वर्जित गरियो ।

(छ) कोरोना संक्रमण भएको २ दिनपछिदेखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउँदो रहेछ । शून्य बराबर, केही नै थाहा नहुने हुँदो रहेछ । यतिसम्म कि मैले सन्चोको बिर्को खोलेर नाकैमा पसाउँदा समेत कत्ति पनि गन्ध थाहा पाइनँ । खानाको त स्वादै नहुने हुँदो रहेछ । अलिअलि नुनिलो मात्रै महसुस हुँदो रहेछ । त्यतिबेला अलिअलि नुन, बिरेनुन, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरँे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो । पछि सन्चो हुँदै गएपछि गन्ध र स्वाद फिर्ता आयो ।

(ज) बीचमा १ दिन पखाला लागेको थियो, तर औषधी नखाई सन्चो भयो ।

(झ) ज्वरो, खोकी र पखलाले गर्दा होला, करीब ४ दिनसम्म शरीर एकदम कमजोर हुनाले आलस्य भएको महसुस गरँे । कमजोरीले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुन त त्यसबेला शरीरमा तातोपानीको आपूर्ति पनि धेरै थियो । पछि संक्रमणले छोड्दै गएपछि यो सबै सामान्य हुँदै गयो ।

(ञ) यस अवधिभर म, श्रीमती अन्जुजी (यसबीचमा टेस्ट नगराए पनि संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतम्जी (संक्रमित हुनुभएको) ले सबैले यसै अनुसार सँगै उपचार गरेको ।

(ट) बजारको थप औषधीः बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी (बअभतष्अ बअष्म) ट्याब्लेट र जिन्क ट्याब्लेट एक एक चक्की बिहान बेलुकी खाएँ । आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर तथा खोकी सन्चो गर्न आयुर्वेदिक कस्तुरीभूषण र कासामृत सिरप तथा जडिबुटी कम्पनीको सन्चो प्रयोग गरेँ ।

(ठ) आफूसँग शरीरमा अन्य रोग छैन भने धेरै डराउनुपर्ने रहेनछ । मैले आफूलाई अन्य कुनै रोग भएको महसुस गरेको छैन । मैले ओक्सिमिटर र थर्मोमिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिएँ ।

(ड) यो मेरो व्यक्तिगत अनुभव हो । सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुन सक्छ । आफ्नो समस्याको प्रकृति एवम् डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु ।

(जिल्ला वन कार्यालय मोरङका प्रमुख घिमिरेको फेसबुक वालबाट साभार गरी सम्पादन गरिएको ।)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निलम कार्की निहारिकाको ‘राजमाता’ले पायो कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

Published

on

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो।

समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ। पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ।

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए। तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए। उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए। ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।

Continue Reading

Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

Published

on

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दै छ ।

विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ ।

अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । “हामी आजको दिनको पर्खाइमा छौँ । विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन् । विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,” उनले भने ।

फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन् ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियमानुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको बताए । “राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी–पैठारीको काम हामी गर्छौँ । त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलाइसकिएको छ,” उनले भने ।

दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । “फ्लाई दुबईको विश्वका धेरै सहरमा आफ्नै उडान छ । यसबाहेक दुबई विश्वका धेरै सहरका लागि एयर ट्रान्जिट हब हो । यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ,” उनले भने ।

नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुबई गइरहेकाले पनि पोखराबाट उडान सञ्चालन हुँदा सहज हुने उनको भनाइ छ । पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।

Continue Reading

Banner

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

Published

on

नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर समारोहअघि दुवै मन्त्रीबीच आपसी हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।

त्यसैगरी, पर्यटन, शिक्षा लगायत आपसी हितका अन्य क्षेत्रमा अनुभव तथा राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक