Connect with us
Advertisement

अप्ठ्यारो परिस्थितिमा गुज्रिइरहेका हामी

Published

on

चीनबाट शुरु भएको कोरोना भाइरसले अहिले विश्वलाई त्रसित बनाइरहेको छ । नेपालीको घरआँगनसम्म भाइरसको संक्रमण फैलिइरहेको छ ।

नेपालमा गत चैत ११ गतेबाट शुरु भएको लकडाउनसँगै बन्द भएका हरेक क्षेत्रहरु अहिलेसम्म पनि उस्तै अवस्थामा छन् । आपतकालीन सेवाबाहेक अरु सबै क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । अर्काको देखासिकी भनौँ वा आफ्नै बौद्धिकताको कारण हो सरकारले लकडाउनलाई अझै लम्ब्याइरहेको छ ।

सबै जनता एउटा बन्द कोठाभित्र थुनिन बाध्य भएका छौँ । वैकल्पिक उपाय नपाएर नै होला सरकारले लकडाउनलाई पछ्याइ नै रहेको छ अनि त्यही लकडाउनलाई आफ्नो अभिभावक ठानिरहेका छौँ हामी जनता ।

आम नागरिकहरुमा कोरोनाको जोखिम त छँदैछ नै त्यसमा पनि अब दैनिकी कसरी चलाउने भन्ने अर्को सङ्कट आइपरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरकारमार्फत् सेवा सुविधा पाउने व्यक्तिभन्दा सर्वसाधारणलाई अहिलेको बन्दले धेरै नै अप्ठ्यारो पारेको देखिन्छ ।

बन्द भए पनि सामान्य गुजारा चलिरहने माध्यम भएका जोकोहीलाई बन्दको प्रभाव खासै नपरेको पनि देखिएकै छ । ज्यालामजदुरी गर्ने व्यक्तिहरुलाई भने यो लकडाउन एउटा घातक नै भएको छ । काम गर्न जाऊँ भने कतै खुला छैन । घरमै बसौँ भने बिहान बेलुका के खाने भन्ने समस्या छ ।

बिहानबेलुका हातमुख जोड्न धौधौ परेका, अत्यन्तै दयनीय आर्थिक अवस्था भएका गरिब जनतालाई सरकारद्वारा राहतस्वरुप खाद्यान्न वितरण गरिएको भन्ने हल्ला नि यदाकदा सुनिएको नै थियो । तर जसले पाउनुपर्ने उसले नपाएर जो सम्पन्न छ, जसलाई खानलाउन कुनै मुस्किल छैन उसले चाहिँ भनसुनको आधारमा खाद्यान्न पाएको जनगुनासो नि सुनिएकै हो ।

राहत त बाँडियो तर आफूले बाँडेको राहत सही ठाउँमा उपयोग भयो कि भएन कसले सोच्ने, कस्ले बुझ्ने ? फोटो खिचेर चर्चामा आउन पाए भइगयो सम्बन्धित निकायलाई । कोरोना रोगले मानिसमा आतंक मच्चाई नै रहेको छ । साथै यसले मानिसलाई डिप्रेसनको साथै आत्महत्याको बाटोतर्फ पनि लगेको पाइन्छ ।

कहिलेसम्म बन्द हो भन्ने अनभिज्ञतामा प्रायः सबै परेकै छन् । कोरोनाको बारेमा धेरै नकारात्मक फैलावटसँगै डर पनि उत्पन्न भएको छ । साथै मानिसहरुमा भेदभाव नि बढिरहेको छ ।

कोरोना नियन्त्रणको सम्बन्धमा प्रधानमन्त्रीले दिने अभिव्यक्ति पनि चित्त बुझ्दो छैन । ‘टपक्क टिपेर ल्याएको हो र ? फु मन्त्र लगाएर उडाउने हो र ?’ भन्ने खालका उत्तर पनि आएको छ सबैभन्दा माथिल्लो निकायबाट ।

राजनीतिक क्षेत्र सधैँ आफ्नै लालचमा अगाडि बढिरहेको छ । देश महामारीको चपेटामा परिरहेको बेला देशलाई नेतृत्व गर्नेहरु कुर्सीको लोभमा तँछाडमछाड गर्दै एक आपसमा भिडिरहेका छन् । यस्तो लाग्छ उनीहरुलाई न त महामारीको डर छ, न त लकडाउनको, न त कोरोनाको । देशमा आएको यो विषम परिस्थितिको घडीमा उनीहरुले कतिबेला र कसरी सोच्छन् त ?

बन्दको विरोध गर्दै सडकमा उत्रिएकाहरुलाई खोइ कसरी गलत कार्य हो भन्ने ? बन्द कोठाभित्र के खाएर बाँच्ने ? के भोको पेट कोरोनाको डरमा लुक्न सक्छ र ? अनि यो लकडाउन के साँच्चै गरीब, निमुखा जनताको लागि मात्रै हो त ? देशमा कुनै महामारी नहुँदा पनि गरिब जनताले सरकारमार्फत् केही पाएका थिएनन् । तर अहिलेको अवस्थामा त केही हेर्नुपर्ने होइन र सरकारले ?

जनता घरभित्र थुनिएर बस्नु मात्रै समस्याको समाधान हो र ? कसले बुझिदिने गरिब जनताको मर्म ?

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक