विचार
अप्ठ्यारो परिस्थितिमा गुज्रिइरहेका हामी
चीनबाट शुरु भएको कोरोना भाइरसले अहिले विश्वलाई त्रसित बनाइरहेको छ । नेपालीको घरआँगनसम्म भाइरसको संक्रमण फैलिइरहेको छ ।
नेपालमा गत चैत ११ गतेबाट शुरु भएको लकडाउनसँगै बन्द भएका हरेक क्षेत्रहरु अहिलेसम्म पनि उस्तै अवस्थामा छन् । आपतकालीन सेवाबाहेक अरु सबै क्षेत्रहरु पूर्ण रुपमा बन्द छन् । अर्काको देखासिकी भनौँ वा आफ्नै बौद्धिकताको कारण हो सरकारले लकडाउनलाई अझै लम्ब्याइरहेको छ ।
सबै जनता एउटा बन्द कोठाभित्र थुनिन बाध्य भएका छौँ । वैकल्पिक उपाय नपाएर नै होला सरकारले लकडाउनलाई पछ्याइ नै रहेको छ अनि त्यही लकडाउनलाई आफ्नो अभिभावक ठानिरहेका छौँ हामी जनता ।
आम नागरिकहरुमा कोरोनाको जोखिम त छँदैछ नै त्यसमा पनि अब दैनिकी कसरी चलाउने भन्ने अर्को सङ्कट आइपरेको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरकारमार्फत् सेवा सुविधा पाउने व्यक्तिभन्दा सर्वसाधारणलाई अहिलेको बन्दले धेरै नै अप्ठ्यारो पारेको देखिन्छ ।
बन्द भए पनि सामान्य गुजारा चलिरहने माध्यम भएका जोकोहीलाई बन्दको प्रभाव खासै नपरेको पनि देखिएकै छ । ज्यालामजदुरी गर्ने व्यक्तिहरुलाई भने यो लकडाउन एउटा घातक नै भएको छ । काम गर्न जाऊँ भने कतै खुला छैन । घरमै बसौँ भने बिहान बेलुका के खाने भन्ने समस्या छ ।
बिहानबेलुका हातमुख जोड्न धौधौ परेका, अत्यन्तै दयनीय आर्थिक अवस्था भएका गरिब जनतालाई सरकारद्वारा राहतस्वरुप खाद्यान्न वितरण गरिएको भन्ने हल्ला नि यदाकदा सुनिएको नै थियो । तर जसले पाउनुपर्ने उसले नपाएर जो सम्पन्न छ, जसलाई खानलाउन कुनै मुस्किल छैन उसले चाहिँ भनसुनको आधारमा खाद्यान्न पाएको जनगुनासो नि सुनिएकै हो ।
राहत त बाँडियो तर आफूले बाँडेको राहत सही ठाउँमा उपयोग भयो कि भएन कसले सोच्ने, कस्ले बुझ्ने ? फोटो खिचेर चर्चामा आउन पाए भइगयो सम्बन्धित निकायलाई । कोरोना रोगले मानिसमा आतंक मच्चाई नै रहेको छ । साथै यसले मानिसलाई डिप्रेसनको साथै आत्महत्याको बाटोतर्फ पनि लगेको पाइन्छ ।
कहिलेसम्म बन्द हो भन्ने अनभिज्ञतामा प्रायः सबै परेकै छन् । कोरोनाको बारेमा धेरै नकारात्मक फैलावटसँगै डर पनि उत्पन्न भएको छ । साथै मानिसहरुमा भेदभाव नि बढिरहेको छ ।
कोरोना नियन्त्रणको सम्बन्धमा प्रधानमन्त्रीले दिने अभिव्यक्ति पनि चित्त बुझ्दो छैन । ‘टपक्क टिपेर ल्याएको हो र ? फु मन्त्र लगाएर उडाउने हो र ?’ भन्ने खालका उत्तर पनि आएको छ सबैभन्दा माथिल्लो निकायबाट ।
राजनीतिक क्षेत्र सधैँ आफ्नै लालचमा अगाडि बढिरहेको छ । देश महामारीको चपेटामा परिरहेको बेला देशलाई नेतृत्व गर्नेहरु कुर्सीको लोभमा तँछाडमछाड गर्दै एक आपसमा भिडिरहेका छन् । यस्तो लाग्छ उनीहरुलाई न त महामारीको डर छ, न त लकडाउनको, न त कोरोनाको । देशमा आएको यो विषम परिस्थितिको घडीमा उनीहरुले कतिबेला र कसरी सोच्छन् त ?
बन्दको विरोध गर्दै सडकमा उत्रिएकाहरुलाई खोइ कसरी गलत कार्य हो भन्ने ? बन्द कोठाभित्र के खाएर बाँच्ने ? के भोको पेट कोरोनाको डरमा लुक्न सक्छ र ? अनि यो लकडाउन के साँच्चै गरीब, निमुखा जनताको लागि मात्रै हो त ? देशमा कुनै महामारी नहुँदा पनि गरिब जनताले सरकारमार्फत् केही पाएका थिएनन् । तर अहिलेको अवस्थामा त केही हेर्नुपर्ने होइन र सरकारले ?
जनता घरभित्र थुनिएर बस्नु मात्रै समस्याको समाधान हो र ? कसले बुझिदिने गरिब जनताको मर्म ?
Facebook Comment
Banner
कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत
नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।
उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।
कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।
Banner
सुन्दरहरैँचामा क्विज प्रतिस्पर्धा, लभ्ली एन्जल्स प्रथम,सुबिजिमुर दोस्रो, सगरमाथा हिमाल तेस्रो
एउटै मञ्चमा २६ विद्यालयका विद्यार्थी। प्रश्नमाथि प्रश्न, उत्तरका लागि तीव्र प्रतिस्पर्धा र सही जवाफसँगै बढ्दो उत्साह। सुन्दरहरैँचामा आयोजित अन्तरविद्यालयस्तरीय क्विज प्रतियोगिताले विद्यार्थीको ज्ञान, तर्कशक्ति र आत्मविश्वासलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर दिएको छ।
सुन्दरहरैँचा–५ बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा सम्पन्न ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ मा सुन्दरहरैँचा र इटहरी क्षेत्रका २६ विद्यालय सहभागी भएका थिए।
प्रतियोगिताका विभिन्न चरणमा विद्यार्थीले सामान्य ज्ञानसँगै सिर्जनात्मक क्षमता, तार्किक सोच र तत्काल निर्णय गर्ने क्षमताको प्रदर्शन गरेका थिए। अन्ततः १२० अङ्क प्राप्त गर्दै लभ्ली एन्जल्स इङ्लिस स्कुलले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बनेको छ।
प्रतियोगितामा १०५ अङ्कसहित सुबिजिमुर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र ९५ अङ्कसहित सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल तेस्रो भए। ८० अङ्क प्राप्त गरेको शिशिर एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ।
विजेता लभ्ली एन्जल्स इङ्लिस स्कुलले नगद ८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ६ हजार र ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सान्त्वना हुने विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीको उत्साहले कार्यक्रमलाई केवल प्रश्नोत्तरमा सीमित राखेन। एउटै मञ्चमा विभिन्न विद्यालयका विद्यार्थीबीच भएको प्रतिस्पर्धाले उनीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै आफ्ना ज्ञान र क्षमता प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्यो।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन सुन्दरहरैँचाका अध्यक्ष दीपक क्षेत्रीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए। पाठ्यपुस्तकको ज्ञानसँगै सामान्य ज्ञान, तार्किक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावना विकास गर्न विद्यालयस्तरीय क्विज उपयोगी हुने उनको भनाइ थियो।
विद्यार्थीलाई पढाइमा मात्र सीमित नराखी उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण निर्माण गर्न विद्यालय, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहेको क्षेत्रीले बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई थप मेहनत गर्न प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्छ।
प्याब्सन सुन्दरहरैँचाका सचिव सूर्य दंगालले विद्यालयस्तरबाटै विद्यार्थीको ज्ञान र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताए। विद्यार्थीको क्षमता परीक्षाको अङ्कमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले अतिरिक्त क्रियाकलापमार्फत व्यवहारिक ज्ञान, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिए।
विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा सहभागी गराएर प्रतिस्पर्धा गराउँदा विद्यालयहरूबीचको सम्बन्धसमेत थप मजबुत हुने दंगालले बताए।
सफल सिद्धार्थ एकेडेमीका फाउन्डर सदस्य गोविन्द कार्कीले विद्यार्थीको प्रतिभा र क्षमता उजागर गर्ने कार्यक्रमले शिक्षालाई थप व्यवहारिक र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
विद्यालयका प्रिन्सिपल राजन लम्सालले सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगिताले विद्यार्थीलाई आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर दिएको बताए। विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी सर्वाङ्गीण विकासमा विद्यालयले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सीप, सिर्जनशीलता र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए।
२६ विद्यालयका विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको आयोजकको भनाइ छ। विद्यार्थीमा ‘जान्ने, सिक्ने र अघि बढ्ने’ संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पुरस्कार वितरणसँगै सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो।
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login