Connect with us
Advertisement
Advertisement

फुटबल प्रशिक्षण गराउदै नेपाल पुलिस क्लबका डिफेन्डर

Published

on

विराटचाेक: लकडाउनको समय सदुपयोग गर्दै नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुंवर दनुवार, रास्ट्रिय जागृति क्लब इटहरीका स्थानिय खेलाडी अनिस चौधरी र अभिसेक कालिकोटे र सुनसरी जिल्ला फुटबल तथा रास्ट्रिय जागृति क्लबका कोच , श्याम मानन्धरहरु मिलेर इटहरी १७ का ३० जना १७ बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराई रहेका छन् ।

पछिल्लो समयमा युवाहरुमा नै कुलतमा तथा दुर्व्यसनमा बढी संलग्न भएको तर्फ मध्यनजर गर्दै यस विषम परिस्थितिमा यस्ता लतबाट टाढा राख्न तथा एक असल खेलाडी उत्पादन गर्नका लागी फुटबल प्रशिक्षण गराईएको नेपाल पुलिस क्लबका डिफेन्डर प्रवेश कुवर दनुवार बताउछन् । दैनिक २ घन्टा प्रशिक्षण गराउदै आएका उनिहरुले प्रशिक्षण गराउन थालेको पनि ४ महिना पूरा भएको बताउछन् ।
सानै उमेर देखि नै खेलाडी बन्ने सपना बोकेका तर पनि प्रशिक्षणको अभावमा घरमै बसेकालाई प्रोत्साहन गरि खेल क्षेत्रमा अगाडि बढाउन मद्दत गर्नका लागि पनि प्रशिक्षण गराईरहेको दनुवार बताउछन् ।

प्रशिक्षणका लागि आउनेहरुलाई राम्रो प्रशिक्षण दिन सके भविष्यमा देशकै असल खेलाडी उत्पादन गर्न सकिने दुनवरले बताए । देशकै लागि राम्रो र असल खेलाडी उत्पादन गर्ने सम्भावना रहेको भएपनी खेलमैदानको अभाव भने प्रमुख समस्या रहेको छ । तर, स्थानिय सरकारले भने कुनै सहयोग गरेको छैन् । यसरी फुटबल ग्राउन्ड बिनै अर्काको प्लटिङ्ग्मा प्रशिक्षण गराउदा पनि स्थानीय सरकारको ध्यानाकर्षण नभएको र स्थानीय सरकार संग पनि खेलमैदानको बिषयमा बेला बेला कुरा उठाउने गरेको भएपनी स्थानीय सरकारले भने यस बिषयमा खासै ध्यानाकर्षण नभएको भन्दै दनुवारले दुस्ख व्यक्त गरे ।
त्यसैगरी प्रशिक्षणको लागि आउने बालबालिकाहरु भन्छन्,ू सानै उमेर देखि फुटबल खेलाडी बन्ने सपना छ, फुटबलमा राम्रो ठाउँ छ, भविष्यमा देशका लागि खेल्ने सपना बोकि फुटबल सिकिरहेका छौ ।

दुनवरको यस कदमलाई स्थानीय बूढो बाघ फुटबल क्लब साथै देश बिदेश बाट पनि विभिन्न खेल सामाग्री सहयोग हुँदै आएको छ । खेल सामाग्री, प्रशिक्षण गर्नका लागि प्रशिक्षक र खेलाडीहरु रहे पनि खेल मैदान न हुदा समस्या हुने गरेको तर, स्थानीय सरकारले सरकारी जग्गालाई खेल मैदानको लागि उपलब्ध गराई दिए आफ्नो समस्या समाधान हुने दनुवार बताउछन् ।

यसरी प्रशिक्षण गराईरहेको दनुवार टिमलाई स्थानिय सरकारले मनोबल, हौसला प्रदान गरि समस्या समाधानको पहल गरिदिने हो भने रास्ट्रिय खेलाडी त उत्पादन गर्न सकिन्छ, साथ साथै खेल क्षेत्रबाट इटहरीलाई पहिचान पनि गराउन सकिन्छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पत्रकार, अधिकृत र इञ्जिनियर, डाक्टर र नर्ससहित धरानमा १३ जना संक्रमित थप

Published

on

धरानः धरानमा पत्रकार, नगरपालिकाका अधिकृतस्तरका कर्मचारी र इञ्जिनियर, डाक्टर र नर्ससहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा पहिलो पटक पत्रकार संक्रमित भएका हुन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वडा नं १६ का एक इञ्जिनियरलाई पनि संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका एक अधिकृतलाई पनि संक्रमण देखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा धरान–१५ का एक सामुदायिक विद्यालयका प्रध्यानाध्यापकलाई पनि संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानका अनुसार संक्रमितमध्ये एक जना नर्स र एक डाक्टर पनि छन् ।

Continue Reading

Banner

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख

Published

on

विराटचोकः कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । विगत २४ घण्टामा ३ हजार ८ सय ७३ जना संक्रमितको मृत्यु भएसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख २ हजार १ सय ५८ जना पुगेको हो ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार सबैभन्दा धेरै अमेरिकामा २ लाख ९ हजार ४ सय ५३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ब्राजिलमा १ लख ४१ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ भने भारतमा ९५ हजार ५ सय ७४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

मेक्सिकोमा ७६ हजार २ सय ४३, बेलायतमा ४१ हजार ९ सय ८८, इटलीमा ३५ हजार ८ सय ३५, पेरुमा ३२ हजार २ सय ६२, फ्रान्समा ३१ हजार ७ सय २७ र स्पेनमा ३१ हजार २ सय ३२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । अन्य देशमा ३० हजारभन्दा कम संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरुः

कोरोना संक्रमणका कारण विश्वमा ९ लाखको मृत्यु

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख २ हजार

विश्वमा ६ लाख ४ हजार कोरोना संक्रमितको मृत्यु, ५९ हजार ९ सयको अवस्था गम्भीर

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड, मृतकको संख्या ५ लाख

 

Continue Reading

Banner

वराहक्षेत्रमा मृत अवस्थामा फेला परेकी बालिकाको हत्या भएको पुष्टि,घटनामा संलग्न १ जना पक्राउ

Published

on

धरानः सुनसरीको वराहक्षेत्र–१ कटहरे स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि भएको छ ।

असोज १० गते २ बजे राती १२ वर्षीया मीना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन । छिमेकीको घरमा धामी बसेको हेरेर बिहान २ बजे घर फर्केका अभिभावक घरभित्र पस्दा छोरी मीना राईलाई मृत अवस्थामा देखी प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शवको अवस्था हेर्दा शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाइ कार्यालय धरानबाट तालीमप्राप्त कुकुरसहितको टोली तथा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिएको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मीनाको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न सोही स्थानका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

घरमा बालिका मात्र एक्लै रहेको समयमा राती १० बजेतिर १५ वर्षीय बालक चटपटे खान भनी गएका थिए । उनीहरुबीच विवाद हुँदा ती किशोरले मीनालाई सिसाको बोतलले टाउकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक