Connect with us
Advertisement

कहाँ चुके प्रचण्ड ?

Published

on

मानव सभ्यताको विकाससँगै मानिसले नौलो प्रयोग र जीवनयापनमा सरलता खोज्दै नयाँ ढंगबाट जीवन जिउने तरिका खोजी गरिरहेको हुन्छ । मानिसले आफ्नो स्वार्थ मिल्नेसम्मको समूह बनाई समाजको रुप दिएको हुन्छ । जबसम्म मानिसको स्वार्थ मिल्छ एकै समाज, एउटै संस्कृति एउटै धर्म अँगाल्ने हुन्छन् भने जब स्थान, समय र आवश्यकताअनुसार स्वार्थ फरक पर्दै जाने हुन्छ, समाज छुट्टिएर फरक स्वार्थ भएकाहरुको फरक वर्ग निर्माण हुँदै जान्छ ।

यसरी बनेका वर्गहरुबीच आफ्ना स्वार्थका विषयमा बहस, विवाद र द्वन्द्व हुन थाल्द, यसलाई वर्ग संघर्ष भनिन्छ । यो संघर्ष कहिलेकाहीँ निश्चित भूगोलमा त कहिले सर्वव्यापक रुपमा फैलिने गर्दछ । कर्ल माक्र्स, लेनिन, माओत्सेतुङहरुले शुरु गरेको वर्ग संघर्ष अलि व्यापक भयो भने चे ग्वेभारा, स्टालिनहरुदेखि केही नश्लवादीहरुले गरेको संघर्ष अलि फितलो रह्यो । समय र स्थानअनुसार अहिले पनि विभिन्न देशको भूगोलभित्र विभिन्न संघर्षहरु भइरहेका छन् ।

नेपालको सन्दर्भमा ऐतिहासिक कालखण्डदेखि विभिन्न प्रकारका शासन पद्धतिहरुको परीक्षण हुँदै आइरहेको छ । मुख्यतः राजतन्त्रात्मक शासन पद्धतिले नेपालमा लामो समयसम्म प्रभुत्व जमाएको पाइन्छ, कहिले शक्तिशाली भएर त कहिले सेरेमोनियल रहेर । जुन बेला राणाहरुको जहानियाँ शासन नेपालमा थियो, त्यो समयमा राजाहरु सेरेमोनियल मात्र थिए । राणाहरुको निरंकुश शासनबाट आजित बनेका नेपालीहरु बिस्तारै राणा शासकहरु विरुद्ध संघर्ष गर्न थाले र २००७ सालमा राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गरे ।

फेरि राजा र राजनीतिक दलबीचको शक्तिसंघर्ष शुरु भयो र २०१७ सालमा जननिर्वाचित सरकार अपदस्त गरी राजाले दलरहित शासन व्यवस्था लागू गरे । यसरी प्रतिबन्धित राजनीतिक पार्टीहरु सशस्त्र र वैचारिक संघर्ष गरी आफ्नो शक्ति पुनस्र्थापना गर्न संघर्ष गर्न थाले । २०४६ सालमा राजालाई संवैधानिक दायरामा ल्याएर केही राजनीतिक दलहरुले राजासँग शक्ति बाँडफाँड गरी संघर्ष टुङ्ग्याए भने केही दलहरु राजालाई पूर्ण रूपमा विस्थापन गर्नुपर्छ भनेर भूमिगत संघर्षमा लागे, जसमध्येका एक हुन् प्रचण्ड ।

माथिको पृष्ठभूमि यहाँ किन उल्लेख गरियो भने प्रचण्डको उदय र प्रचण्ड उदयको सार्थकता बारे बुझ्न यो पृष्ठभूमिको आवश्यकता हुन्छ । राणा शासनको युगमा नेपाली समाजमा भिन्न स्वार्थका धेरै वर्गहरु थिएनन् । सामान्यतः पुरातन कृषि प्रणालीमा आधारित समाजमा सबैका स्वार्थ समान थिए त्यसैले वर्ग संघर्ष गर्नुपर्ने कारण नै थिएन । संघर्ष थियो त मात्र शासकहरुको थिचोमिचो विरुद्ध त्यो पनि आफूहरु थिचोमिचोमा परेको बुझ्न सक्ने नवनिर्मित वर्गलाई । समयक्रमसँगै बिस्तारै स्वार्थ र आवश्यकता परिवर्तन हुँदै गयो र विभिन्न स्वार्थका विभिन्न वर्गहरु तयार भए र वर्ग संघर्ष पनि चर्किंदै गयो ।

शिक्षा र प्रविधिको विकाससँगै मानिसमा चेतना पनि विकास हुँदै गयो र मानिस हरेक स्तरमा हरेक स्थानमा आफ्नो अपनत्व खोजी गर्ने हैसियतमा पुग्यो । वर्ग संघर्ष चर्किंदै जाँदा राज्यको स्रोत र साधनमा कब्जा जमाएर बसेकाहरु अन्य वर्गलाई दमन र निस्तेज पार्न लागे भने दमित वर्ग सशस्त्र संघर्ष गर्न थाले । यो क्रम चलिरहँदा देशमा कयौं शासक परिवर्तन भए तर संघर्षको व्यवस्थापन हुन सकेन । संघर्षकै दौरान २०५२ सालमा तत्कालीन सरकारसँग ४० बुँदे माग राख्दै हिंसात्मक सशस्त्र युद्ध घोषणा गरी तत् समयसम्म सिर्जना भएका अधिकांश उपेक्षित वर्गको नेतृत्व गर्दै संघर्षमा होमिएका पात्र हुन् प्रचण्ड ।

भर्खरै विकास हुँदै गरेको जनचेतना, विभिन्न स्वार्थ समूहका वर्गबीच उपेक्षा, जातीय उत्पीडन, गरिबी र पश्चिमा धर्म विस्तार प्रचण्डका लागि आन्दोलन गर्ने उर्वरभूमि बन्यो । जनतामा शासकहरुप्रति वितृष्णा, दलाल र पूँजीपति वर्गको सामाजिक भेदभावले पिल्सिएका जनता प्रचण्डबाट प्रभावित हुँदै गए । जसरी एउटा चलचित्र हेर्दै गर्दा नायकलाई मनोवैज्ञानिक रुपमा भएभरको शक्ति लगाएर समर्थन गरिन्छ, नायकका मिथक बनाएर नायकलाई देवत्वकरण गरिन्छ त्यसै गरी प्रचण्डलाई  प्रस्तुत गरिँदै गइयो र प्रचण्डले पनि कम्युनिष्ट पार्टीका केही किताब पढेर उपन्यास पढुन्जेल उपन्यासको नायक आफैँलाई ठानेजस्तो आफूलाई कम्युनिष्टको महानायक ठानिरहे ।

यसरी प्रचण्डको नेतृत्वमा तत्कालीन राज्यसत्तासँग युद्ध हुँदै गर्दा राजदरबार हत्याकाण्डदेखि राजाबाट राजनीतिक दलप्रतिको नकारात्मक दृष्टिकोण र कदमले त्यो बेलाका राजनीतिक दलहरु पनि राजतन्त्रको विकल्प सोच्न थालिसकेका थिए । यस्तो अवस्थामा प्रचण्ड नेतृत्वको माओवादी र तत्कालीन दलहरुको २०६२\६३ को आन्दोलनमार्फत् नेपालमा गणतन्त्रको शुरुवात भयो ।

त्यहाँसम्म प्रचण्डको नेतृत्व र कदम सही नै थियो । त्यसपछि प्रचण्डले आफू यहाँसम्म आउन कुन वर्गले कसरी साथ दिएका थिए भन्ने बिर्संदै जानु प्रचण्डको अधोगतिको कारण थियो । जब संविधान बनाउने जनमत लिएर चुनावमा आफ्नो दल सबभन्दा ठूलो दल बन्यो, प्रचण्डले हिजो गरेका वाचा, बाँडेका सपना सबै भुले । पहिले जनताबाट तिरस्कृत भइसकेका राजनीतिक दल र तिनीहरुकै मार्गमा प्रचण्ड लागे । उनलाई हरेक अवस्थामा साथ दिएका साथीहरुको साथ छुट्दै गयो भने पहिले वर्गशत्रु घोषणा गरेका दलाल पूँजीपति वर्गसँग प्रचण्डको साथ बाक्लिँदै गयो ।

चुनावमा आफ्नो दल सबभन्दा ठूलो राजनीतिक शक्ति बनेपछि प्रचण्डले हिजो युद्धमा साथ दिने जनतासँग कहिल्यै सल्लाह लिने आवश्यकता महसुस गरेनन् । यदि उनले आफ्नो दललाई सफलता दिएपछि युद्धको दौरानमा घरदैलोमा सपना बाँडेजस्तो जनताको घरदैलोमा पुग्नुपर्थ्यो । अब हामी सत्तामा पुगेका छौं अब कस्तो नीति कार्यक्रम बनाउने हो भनेर सल्लाह माग्न आएको भनेर जनताको राय लिने कोशिस गरेका भए शायद आज प्रचण्डको विकल्प कोही हुने नै थिएन । कम्तीमा बाबुरामले ‘जनतासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रममार्फत् जनतामा पुग्ने कोशिश गरे तर प्रचण्डले त्यसलाई पनि हटाइदिए ।

जब प्रचण्ड सत्ताको रसमा रमाउन थाले उनका वरिपरि तिनै पूँजीपति र दलालले अड्डा जमाउन थाले । यतिसम्म कि उनका सहयोद्धासमेत उनको पहुँचमा पुग्न नसक्ने भए र पार्टी विभाजन गर्न बाध्य भए । आफ्ना परिवारका प्रायः सबै सदस्यलाई राज्यकोषबाट सेवा सुविधा मिल्ने गरी सरकारी नियुक्ति दिलाउनेदेखि निर्वाचन क्षेत्रमा दोहोरो निर्वाचन गराएर भए पनि छोरीलाई महानगरको मेयर बनाउने महासामन्ती रुप धारण गरी कम्युनिष्टको ताण्डव नृत्य देखाए । आफ्नै सहकर्मीलाई प्रतिबन्धित गरी आफ्नो स्वार्थको लागि विगतमा आफूलाई र आफूले नेतृत्व गरेको पार्टी र विचारधाराको आलोचना गरेर नथाक्ने केही कम्युनिष्ट सिद्धान्तका किताबका पाठकसँग स्वार्थ एकता गरी जनतालाई आफँैले बाँडेका सपनाको धज्जी उडाइदिए ।

हजारौं नेपालीको ज्यानको मूल्यसँग साटिएको गणतान्त्रिक व्यवस्थामा जनताले प्रचण्डबाट अन्य नेताको तुलनामा अधिक अपेक्षा राख्नु स्वाभाविक हो । तर त्यत्रो संघर्षको नेतृत्व गरेका प्रचण्डले यथास्थितिवादी दलका नेताभन्दा पनि सामन्ती संस्कार अँगाल्नु, राजनीतिक दुरदर्शिता नहुनु, यो युगको सफल क्रान्तिलाई व्यवस्थापन गर्न नसक्नु र समान उद्देश्यका सहयोद्धा छोडेर विसंगत शक्तिसँग स्वार्थ मिलान गर्नु प्रचण्डको महाभूल हो । अब प्रचण्डले पार्टी वा सत्ता जे हाँके पनि सामन्ती गतिमै चल्ने छ ।

प्रचण्ड चुकेको ठाउँ भनेको प्रचण्ड कम्युनिष्ट सिद्धान्तका पाठक बने तर साधक कहिल्यै बनेनन् वा बन्न सकेनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक