अर्थ
सुन्दरहरैंचामा उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्दै
विराटचोकः कोरोना संकटकै अवस्थामा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको अधिवेशनको सरगर्मी बढ्न थालेको छ । महामारीको समयमा अधिवेशन कसरी सम्पन्न हुने हो भन्ने चिन्तासँगै व्यवसायीहरुले वर्तमान चुनौतीसँग कत्तिको जुध्न सक्ने नेतृत्व पाउने हो भन्ने चासो बढेको छ ।
असोज २३ गते हुने वाणिज्य संघको अधिवेशनको लागि माहोल तात्ने क्रम शुरु भएको छ । कोरोनाका संक्रमित बढ्ने क्रम जारी रहेकाले भीडभाड गर्ने तथा पक्ष र विपक्षमा भोट माग्ने क्रम खुम्चिएको छ । राजनीतिक आधारमा हुने यो निर्वाचन निजी क्षेत्रको सबैभन्दा ठूलो प्रतिष्पर्धा पनि हो ।
यस क्षेत्रलाई नेकपाको किल्ला मानिँदै आएको भए तापनि स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसको पोल्टामा मुख्य पद गएपछि नेकपाका लागि उद्योग वाणिज्य संघको नेतृत्व पाउन सहज भने देखिँदैन । राजनीतिक अंक गणितलाई मात्र हेर्ने अवस्था पनि छैन । व्यवसायीको हक, हित तथा अधिकारका बारेमा बोल्ने र समस्यासँग जुध्न सक्ने नेतृत्व र व्यक्तिले पनि विशेष महत्व राख्दछ । त्यसैले कस्तो व्यक्तिको उम्मेद्वारी आउला भन्ने पर्खाइमा व्यवसायीहरु रहेका छन् ।
२०५४ सालमा इन्द्रपुर व्यापार प्रबन्ध समिति स्थापना भएदेखि कोशीहरैंचा उद्योग वाणिज्य संघ हुँदै सुुन्दरहरैंचा उद्योग वाणिज्य संघ भनी नाम परिवर्तन हुँदै आएको यो संस्थामा युवा, दूरदर्शी सोच भएको र कुशल नेतृत्वको खाँचो रहेको व्यवसायी बताउँछन् । प्रमुख बजारका रुपमा विराटचोक, हरैंचा, सलकपुर, खोर्साने, शुक्रबारे, मृगौलिया, गोठगाउँसहति बलिया चोकसम्मका ३ हजार २५ जना व्यवसायी संघमा आबद्ध रहेको संघका सचिव नारायण कार्कीले बताए ।
पान नम्बर लिएका करीब १ हजार सदस्यले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने सचिव कार्कीले बताए । सर्वसम्मत नेतृत्व चयनका लागि संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले पहल गरिरहेको पनि बताइएको छ । हालको विधान संशोधन गरेर नेपाल उद्योग वाणिज्य संघको विधानलाई अनुशरण गर्र्दै जाने तयारी भएको पनि बताइएको छ ।
निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । केशव अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा रामप्रसाद गजुरेल र अर्जुन बस्नेत रहेका छन् ।
संघको अध्यक्ष पदका लागि कृष्णप्रसाद रिजाल र टीका कट्टेलको नाम अग्रस्थानमा रहेको छ । यस्तै, सन्तोष वान्तवाको पनि नाम चर्चामा रहेको छ । वाणिज्य संघले अधिवेशनलाई लक्षित गरी नगरका सबै वडामा राहत वितरण गरेको छ । नगरका अति विपन्न परिवारलाई राहत वितरण गरेको संघले जनाएको छ ।
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घको चुनावी कार्यतालिका सार्वजनिक - निष्पक्षखबर