कला / साहित्य
झरी (कथा)
हप्ता दिनदेखि लगातार पानी परिरहेको छ । पानी रहन्छ जस्तो देखिँदैन । गए राति त ठूलै पानी परेछ । असिनासहित पानी दर्किएको प्रस्टै सुनिन्थ्यो ।
टिन बजेको आवाज कानमा गुन्जिरहेको थियो । पानी सँगसँगै हुरी बतास पनि आएको थियो । बिजुलीको पोल ढलाएछ । आँप र बकाइनाका रुख असरल्ल परेर भुइँभरि लडिरहेका छन् ।
गाउँलेहरु ती लडेका रुख काटेर दाउरा बनाउने दाउ छोपिरहेका छन् । असार लागिसकेको हुनाले रोपाइँ गर्ने चटारो छ । बडा बा र पल्लाघरे काकाहरुको रोपाइँ धमाधम चलिरहेको छ ।
‘बाबा स्कुल कहिले खुल्छ र मैले एसइई दिन पाउँछु । लक डाउन कहिले खुल्छ,’ छोरो सोध्छ ।
‘यो कोरोना भाइरसले मान्छेको सत्यनाश गरिसक्यो’ भनेर देवकी रिस पोख्छिन् ।
लामो समयदेखि बन्दाबन्दी भएको छ । त्यसले जनजीवन प्रभावित पारेको छ । वर्षाको समय छ । किसानहरुलाई रोपाइँको चिन्ता छ मानो रोपेर मुरी फलाउने समय हो यो ।
जहाँतहीँ एउटै खबर आइरहन्छ । कोरोना भाइरसबाट यति जना संक्रमित भए । मृत्युदर यति, निको भएका यति भन्ने समाचार आइरहेको छ । यता आमा चाहिँ पसल कहिले खुल्छ ? र, ती पाकेका आँप र कटहर लिएर बेचौँला भनेर उदास छिन् ।
आज पानी ठूलो पर्याे । समाचार आइरहेको छ । कतै भने बाढीपहिरो नै आएछ । कतै चट्याङ परेर मान्छेहरु मरेछन् । कोरोना भाइरसको महामारी पनि उत्तिकै छ ।
पर कतै लकडाउनले भोकभोकै परेका र निरन्तरको झरीले ओत लाग्ने छानो समेत नभएको सुकुम्बासी बस्तीमा कोलाहल भइरहेको थियो । होहल्ला भइरहे पनि हामी सुत्ने तरखरमा लाग्यौं ।
बर्खामास भएकाले मान्छेको जनजीवन झरीले प्रभावित पारेको छ । छोराले एसईईको परीक्षा दिन नपाएर पढेको पनि बिर्सिन्छ भन्ने डर छ उसकी आमालाई । साँझको समय बाहिर पानी परिरहेकै छ ।
छोरा आफ्नै कोठामा छ । आमा ढल्किरहेकी छिन् । देवकी छेउमा आइन् र भनिन् । ‘ग्यास त सकिएछ’, पानी परिरहेको छ, ग्यास खोज्न कहाँ जाऊँ !
देवकीले जसोतसो गरेर खाना पकाइन् । छोरा र र आमालाई पस्किएर दिइन् । हामीले त खाना खायौं । ती खान नपाएर भोकभोकै मर्नु परेकाहरुलाई कस्तो होला । कति बिजोग छ । त्यसमाथि यस्तो झरी र बर्खाको समय । उनले दुःख व्यक्त गरिन् । निकैबेर कुराकानी गरिह्यौँ ।
पर कतै लकडाउनले भोकभोकै परेका र निरन्तरको झरीले ओत लाग्ने छानो समेत नभएको सुकुम्बासी बस्तीमा कोलाहल आइरहेको थियो । होहल्ला भइरहे पनि हामी सुत्ने तरखरमा लाग्यौँ ।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login