कला / साहित्य
दोषी को
गाउँदेखि निकै माथि एउटा निमावि स्कुल थियो । २\३ वटा गाउँका विद्यार्थी सो स्कुलमा पढ्न आउँथे । गाउँगाउँबाट विद्यार्थी भेला भएर स्कुल जाने र आउने क्रम चलिरहन्थ्यो ।
चिनीमाया सानैदेखि पढ्नमा धेरै मिहिनेती थिइन । यसपटक पनि कक्षामा पहिलो भएर उनी ८ कक्षामा पुगेकी थिइन् । उनको घरमा आमा, बुबा र सानो भाइ मात्रै छन् । घरको जेठो छोरो भने पनि जेठी छोरी भने पनि उनी नै हुन् ।
गाउँका एकदम सिधा मान्छेमा गनिन्थे चिनीमायाका आमाबाबु । आफ्ना आमाबाबु सोझो भएकोमा निकै गर्व गर्थिन् उनी ।
भर्खर १३ वर्ष मात्रै पुगेकी चिनीमाया सानै उमेरदेखि नै पढ्न धेरै मिहिनेती थिइन् । आमाबाबुले कुनै अक्षर नचिन्दा अवसर गुमाउनुपरेको अनि कठिन जीवनयापन गरिरहनुभएको कुरा नजिकबाट उनले बुझेकी थिइन् ।
दिनचर्या निकै रमाइलोको साथ बितिरहेको थियो । तर एकदिन यस्तो समय आयो कि जुन दिन चिनीमायाको लागि निकै कहालीलाग्दो दिन बन्यो । उनले सोच्दै नसोचेको घटना हुन पुग्यो ।
असारको महिना थियो । पानी परि नै रहेको थियो । त्यो दिन पनि सधैँ झैँ चिनीमाया बिहानै उठेर आफ्नो सबै काम सकेर स्कुल जान हतार गर्दै थिइन् । बिहानदेखि नै परेको झरीले गर्दा अरु दिनभन्दा त्यो दिन अलि ढिलो नै भइरहेको थियो उनलाई स्कुल जान । उनका अरु साथीहरुले छोडेर स्कुल गइसकेका थिए । उनी पनि सबै काम सकेर ढिलै भए पनि स्कुल जाने नै भइन् । पानी निकै मजाले नै परिरहेको थियो । घरमा छाता थिएन । तैपनि प्लास्टिकले बनाइएको घुम ओढेर एक्लै भए पनि स्कुलतिर लागिन् ।
पहाडको बाटो । कतै उकालो अनि कतै ओरालो, कतै थुम्का त कतै भिरालो । अनि कतै खोल्साखोल्सी त कतै सानाठूला झाडी हरुले गर्दा त्यही बाटो भएर हिँड्ने अलिक परको मान्छे पनि प्रष्ट देखिँदैन थियो । केही न केही ले छेकेको नै हुन्थ्यो ।
समय निकै बिते पनि उनी स्कुल पुगिनन् । कुनै दिन पनि ढिलो नगर्ने अनि गयल नहुने उनी आज किन स्कुल आइनन् भनेर विद्यालयमा चासो हुन थाल्यो । उनको घरै नजिकैबाट आउने साथीहरुलाई सोध्दा ‘ऊ त आउनै लागेकी थिई । तर ढिलो हुने भयो भएर हामी चँै हिँड्यौ तेस्पछि उसले के गरी थाहा भएन’ भन्ने जवाफ साथीहरुले दिए ।
केही समयपछि त्यही गाउँको मान्छे हस्याङफस्याङ गर्दै स्कुल आइपुग्छ ।
‘खोलाको छेउमा चिनीमाया त अचेत अवस्थामा छिन् । अनि उनको शरीरभरी रगतैरगत नि छ ।’ उसको यस्तो कुरा सुन्नासाथ हेडसरसहित अरु २\३ जना शिक्षकशिक्षिका पनि उतै जान्छन् ।
कसैले पानी छ्याप्ने अनि कसैले बोलाउने गरेपछि केही बेरमा उनी होशमा आउँछिन् । उनी बलात्कृत भइछिन् । खैलाबैला धेरै भएपछि गाउँका अरु मन्छे र उनका आमाबाबु पनि घटनास्थलमा आइपुग्छन् । उनलाई नजिकको स्वास्थ्य चौकी लगिन्छ । प्रहरी पनि बोलाइन्छ । पत्रकार पनि आइपुग्छन् ।
चारैतिरबाट उनको फोटो खिचिन्छ । उनलाई कति पीडा भएको छ त्यो भने कसैले सोचेको हुँदैन । उनलाई हेर्नेको भीड मात्रै लागिरहेको हुन्छ । तमासा बन्छ त्यहाँ । क्सले बलात्कार गर्यो ? त्यो व्यक्ति को हो ? यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने कुरा कसैले गर्दैनन् । सबै जना १३ वर्षीया किशोरीको रगतले लतपतिएको शरीर हेरेर बसिरहेका हुन्छन् । कुनामा रहेका उनका आमाबाबु केही बोल्न सक्दैनन् ।
धेरै बेरपछि प्रहरीले ‘हामी चाँडै नै अपराधीलाई समाउँछौ । तपाईंहरु केही पीर नमानी घर जानुहोस्’ भन्दै सबैलाई चित्त बुझाएर आफ्नो घर पठाइदिन्छ ।
तत्काल न्याय नपाएपछि उनी आफ्ना आमाबाबुको साथमा घरतिर लाग्छिन् । आफ्नो परिव ारलाई स्वर्गीय बाटोमा हिँडाउन जिम्मेवारी लिने अठोट गरेकी उनलाई यो घटनाले ठूलो चोट पुग्यो ?
उनले बताएको हुलियाअनुसार १ महिनापछि अपराधीलाई प्रहरीले समाएर फेरि चिनीमायालाई बोलाइन्छ । जुन दिन उनी बलात्कृत भएकी थिइन् त्यो दिन बलात्कार गर्ने मान्छेको अनुहार उनले चिन्न सकेकी थिइनन । तर हुलिया सबै थाहा थियो । त्यसै अनुसार प्रहरीले समाएको थियो । अपराधीले आफ्नो अपराध स्वीकार गर्छ ।
फेरि त्यहाँ धेरै मान्छे जम्मा भएका छन् । चिनीमायाको मुहार सबैले देख्ने गरी हरेक पत्रकारले फोटो खिचिरहेका हुन्छन् । जो अपराधी छ उसको मुहार भने कुनै कपडाले ढाकिएको छ । त्यहाँको माहोल हेर्दा यस्तो लाग्छ कि चिनीमाया चाहिँ अपराधी अनि अपराधी चाहिँ निर्दाेष छ ।
‘अपराधीलाई कार्वाही हुन्छ तपाईंहरु ढुक्क भएर घर जानुहोस्’ भनेर प्रहरीले भन्छ । अनि बलात्कार गर्ने व्यक्तिलाई भित्र कोठामा लिएर जान्छन् । अनायासै भोग्नुपरेको सबै पीडा सहँदै चिनीमाया अनि उनका आमाबाबु निन्याउरो अनुहारको साथमा आफ्नो घरतिर लाग्छन् ।
अपराधीले अपराध कबुल गर्छ भने किन यो समाजमा उसको अनुहारलाई लुकाइन्छ ? अनि जो निर्दोष र पीडित छ उसलाइ चाहिँ किन सबै सामु देखाइन्छ ? आखिर दोषी को हो ?
Facebook Comment
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
Banner
जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा
जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।
पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।
‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’
ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।
नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।
हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login