Connect with us
Advertisement

दोषी को

Published

on

गाउँदेखि निकै माथि एउटा निमावि स्कुल थियो । २\३ वटा गाउँका विद्यार्थी सो स्कुलमा पढ्न आउँथे । गाउँगाउँबाट विद्यार्थी भेला भएर स्कुल जाने र आउने क्रम चलिरहन्थ्यो ।

चिनीमाया सानैदेखि पढ्नमा धेरै मिहिनेती थिइन । यसपटक पनि कक्षामा पहिलो भएर उनी ८ कक्षामा पुगेकी थिइन् । उनको घरमा आमा, बुबा र सानो भाइ मात्रै छन् । घरको जेठो छोरो भने पनि जेठी छोरी भने पनि उनी नै हुन् ।

गाउँका एकदम सिधा मान्छेमा गनिन्थे चिनीमायाका आमाबाबु । आफ्ना आमाबाबु सोझो भएकोमा निकै गर्व गर्थिन् उनी ।

भर्खर १३ वर्ष मात्रै पुगेकी चिनीमाया सानै उमेरदेखि नै पढ्न धेरै मिहिनेती थिइन् । आमाबाबुले कुनै अक्षर नचिन्दा अवसर गुमाउनुपरेको अनि कठिन जीवनयापन गरिरहनुभएको कुरा नजिकबाट उनले बुझेकी थिइन् ।

दिनचर्या निकै रमाइलोको साथ बितिरहेको थियो । तर एकदिन यस्तो समय आयो कि जुन दिन चिनीमायाको लागि निकै कहालीलाग्दो दिन बन्यो । उनले सोच्दै नसोचेको घटना हुन पुग्यो ।

असारको महिना थियो । पानी परि नै रहेको थियो । त्यो दिन पनि सधैँ झैँ चिनीमाया बिहानै उठेर आफ्नो सबै काम सकेर स्कुल जान हतार गर्दै थिइन् । बिहानदेखि नै परेको झरीले गर्दा अरु दिनभन्दा त्यो दिन अलि ढिलो नै भइरहेको थियो उनलाई स्कुल जान । उनका अरु साथीहरुले छोडेर स्कुल गइसकेका थिए । उनी पनि सबै काम सकेर ढिलै भए पनि स्कुल जाने नै भइन् । पानी निकै मजाले नै परिरहेको थियो । घरमा छाता थिएन । तैपनि प्लास्टिकले बनाइएको घुम ओढेर एक्लै भए पनि स्कुलतिर लागिन् ।

पहाडको बाटो । कतै उकालो अनि कतै ओरालो, कतै थुम्का त कतै भिरालो । अनि कतै खोल्साखोल्सी त कतै सानाठूला झाडी हरुले गर्दा त्यही बाटो भएर हिँड्ने अलिक परको मान्छे पनि प्रष्ट देखिँदैन थियो । केही न केही ले छेकेको नै हुन्थ्यो ।

समय निकै बिते पनि उनी स्कुल पुगिनन् । कुनै दिन पनि ढिलो नगर्ने अनि गयल नहुने उनी आज किन स्कुल आइनन् भनेर विद्यालयमा चासो हुन थाल्यो । उनको घरै नजिकैबाट आउने साथीहरुलाई सोध्दा ‘ऊ त आउनै लागेकी थिई । तर ढिलो हुने भयो भएर हामी चँै हिँड्यौ तेस्पछि उसले के गरी थाहा भएन’ भन्ने जवाफ साथीहरुले दिए ।

केही समयपछि त्यही गाउँको मान्छे हस्याङफस्याङ गर्दै स्कुल आइपुग्छ ।

‘खोलाको छेउमा चिनीमाया त अचेत अवस्थामा छिन् । अनि उनको शरीरभरी रगतैरगत नि छ ।’ उसको यस्तो कुरा सुन्नासाथ हेडसरसहित अरु २\३ जना शिक्षकशिक्षिका पनि उतै जान्छन् ।

कसैले पानी छ्याप्ने अनि कसैले बोलाउने गरेपछि केही बेरमा उनी होशमा आउँछिन् । उनी बलात्कृत भइछिन् । खैलाबैला धेरै भएपछि गाउँका अरु मन्छे र उनका आमाबाबु पनि घटनास्थलमा आइपुग्छन् । उनलाई नजिकको स्वास्थ्य चौकी लगिन्छ । प्रहरी पनि बोलाइन्छ । पत्रकार पनि आइपुग्छन् ।

चारैतिरबाट उनको फोटो खिचिन्छ । उनलाई कति पीडा भएको छ त्यो भने कसैले सोचेको हुँदैन । उनलाई हेर्नेको भीड मात्रै लागिरहेको हुन्छ । तमासा बन्छ त्यहाँ । क्सले बलात्कार गर्यो ? त्यो व्यक्ति को हो ? यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गर्ने कुरा कसैले गर्दैनन् । सबै जना १३ वर्षीया किशोरीको रगतले लतपतिएको शरीर हेरेर बसिरहेका हुन्छन् । कुनामा रहेका उनका आमाबाबु केही बोल्न सक्दैनन् ।

धेरै बेरपछि प्रहरीले ‘हामी चाँडै नै अपराधीलाई समाउँछौ । तपाईंहरु केही पीर नमानी घर जानुहोस्’ भन्दै सबैलाई चित्त बुझाएर आफ्नो घर पठाइदिन्छ ।

तत्काल न्याय नपाएपछि उनी आफ्ना आमाबाबुको साथमा घरतिर लाग्छिन् । आफ्नो परिव ारलाई स्वर्गीय बाटोमा हिँडाउन जिम्मेवारी लिने अठोट गरेकी उनलाई यो घटनाले ठूलो चोट पुग्यो ?

उनले बताएको हुलियाअनुसार १ महिनापछि अपराधीलाई प्रहरीले समाएर फेरि चिनीमायालाई बोलाइन्छ । जुन दिन उनी बलात्कृत भएकी थिइन् त्यो दिन बलात्कार गर्ने मान्छेको अनुहार उनले चिन्न सकेकी थिइनन । तर हुलिया सबै थाहा थियो । त्यसै अनुसार प्रहरीले समाएको थियो । अपराधीले आफ्नो अपराध स्वीकार गर्छ ।

फेरि त्यहाँ धेरै मान्छे जम्मा भएका छन् । चिनीमायाको मुहार सबैले देख्ने गरी हरेक पत्रकारले फोटो खिचिरहेका हुन्छन् । जो अपराधी छ उसको मुहार भने कुनै कपडाले ढाकिएको छ । त्यहाँको माहोल हेर्दा यस्तो लाग्छ कि चिनीमाया चाहिँ अपराधी अनि अपराधी चाहिँ निर्दाेष छ ।
‘अपराधीलाई कार्वाही हुन्छ तपाईंहरु ढुक्क भएर घर जानुहोस्’ भनेर प्रहरीले भन्छ । अनि बलात्कार गर्ने व्यक्तिलाई भित्र कोठामा लिएर जान्छन् । अनायासै भोग्नुपरेको सबै पीडा सहँदै चिनीमाया अनि उनका आमाबाबु निन्याउरो अनुहारको साथमा आफ्नो घरतिर लाग्छन् ।

अपराधीले अपराध कबुल गर्छ भने किन यो समाजमा उसको अनुहारलाई लुकाइन्छ ? अनि जो निर्दोष र पीडित छ उसलाइ चाहिँ किन सबै सामु देखाइन्छ ? आखिर दोषी को हो ?

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक