विचार
अहिलेको आवश्यकताः मानसिक स्वास्थ्यमा पर्याप्त लगानी र व्यापक पहुँचको
विश्वभर नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् ।
६० लाखभन्दा बढी नेपाली कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४ दशमलव ३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ । सर्वेक्षणअनुसार ५ दशमलव २ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या भएको पाइएको छ ।
मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्नेजस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ ।
विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभर नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा ‘सबैको लागि मानसिक स्वास्थ्यः पर्याप्त लगानी, व्यापक पहुँचः जसलाई पनि, जहाँ पनि’ रहेको छ ।
नेपालमा मानसिक स्वास्थ्यको अवस्था
नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने , बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भूत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।

हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखा पर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि छ । एक पटक मानसिक रोग लागेपछि निको नै हुँदैन भन्ने सोच पनि रहेको पाइन्छ । जैविक तथा रासायनिक, सामाजिक एवम् मनोवैज्ञानिक कारणले मानसिक समस्या देखा पर्ने गर्छ ।
बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरीबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागूपदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङ्गिक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरताजस्ता कारणले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।
चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमी, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन ।
नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझै पनि पठनपाठन हुन सकिरहेको छैन । यद्यपि हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा पर्याप्त लगानी हुन सकिरहेको छैन ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, साइक्याट्रिक सोसल वर्कर, साइक्याट्रिक नर्सजस्ता जनशक्ति अत्यन्तै कम छन् । जति पनि जनशक्ति छन ती पनि शहर केन्द्रित मात्र छन् । नेपालजस्तो विकासोन्मुख देशमा त ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अवस्था छ ।
कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या
कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ । महामारी शुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ । आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ । कतिपय मानिस अधिक मदिरापान, लागूऔषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन् ।
कोभिड–१९ ले विश्वका ९३ प्रतिशत देशमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ । विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ ।
उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र प्रौढ बढी प्रभावित रहेको देखिएको छ । यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ ।
नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अवधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ । स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएको छ । उक्त अनुसन्धानमा ३५ दशमलव ७ प्रतिशतमा एन्जाइटी र १७ दशमलव १ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाइएको छ ।
मानसिक स्वास्थ्यको सम्बद्र्धन उपाय
–शारीरिक रोग झैँ मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमा लिनुपर्छ ।
– मानसिक रोग निको हुने रोग हो । औषधीको सेवन, मनोपरामर्श तथा पुनस्र्थापनाजस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाँक्री लगाएर, मानसिक रोग निको हँुदैन । बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ ।
–मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
– मानसिक स्वास्थ्यको बजेट नगन्ने छ यसलाई वृद्धि गर्नु जरुरी छ । मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।
– मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई वृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पु¥याउन जरुरी देखिन्छ ।
– प्राकृतिक विपत्ति आइपर्दा, रोग व्याधि फैलिँदा, दुव्र्यवहार, अन्याय, विभेद र लाञ्छनाजस्तो जीवनमा कठिन अवस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित व्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा (सहयोगको व्यवस्था राज्यले तत्काल गर्नुपर्छ ।
– विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा पठनपाठन तत्काल शुरु गर्नुपर्छ । विद्यालयहरु बालमैत्री बनाउनुपर्छ । विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाएर मनोसामाजिक समस्याको जोखिमलाई कम गर्न सकिन्छ ।
– वैदेशिक रोजगारीमा जाने युवाहरुको लागि मानसिक स्वास्थ्य तालिम, तनाव व्यवस्थापनसम्बन्धी सीप सिकाउन अत्यन्तै जरुरी देखिन्छ ।
– आफ्नो मानसिक स्वास्थ्य अवस्थाप्रति व्यक्ति स्वयं पनि सचेत र चनाखो हुनुपर्छ । आत्महत्या र मानसिक रोगको बारेमा खुलेर कुरा गर्नुपर्छ ।
मानसिक स्वास्थ्यलाई सबल बनाउन आफ्नो दैनिक रहनसहन, खानपान, जीवनशैलीमा सुधार ल्याउनुपर्छ, जीवनमा अप्ठेरो अवस्था आइपर्दा आफन्त, साथीभाइ र विज्ञको आवश्यक सहयोग लिन ढिला गर्नु हुँदैन ।
– मानसिक स्वास्थ्यको सम्बद्र्धन र प्रबद्र्धनका लागि सबै निकायबीच सहकार्य हुनु जरुरी देखिन्छ । सबै सरोकारवाला व्यक्ति, निकाय संघसंस्थाहरुबीच ऐक्यबद्धताको जरुरत छ ।
– मानसिक स्वास्थ्यको सम्बद्र्धन र प्रवद्र्धन तथा आत्महत्याको रोकथाममा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ । यसमा सञ्चार माध्यमहरुले संवेदनशील भई सकारात्मक भूमिका खेल्नुपर्छ ।
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
Facebook Comment
Banner
मोरङ–६ बाट रास्वपाकी रुबिना विजयी
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login