शिक्षा / स्वास्थ्य
कोरोना संक्रमितको परिवारलाई पीडामाथि पीडा, ५ किलोमिटर बाटोको एम्बुलेन्स भाडा २० हजार रुपैयाँ
विराटचोकः पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढिरहेको छ । संक्रमणको दर बढ्दै जाँदा अस्पतालमा बेड, आईसीयु र भेन्टिलेटरको अभाव हुन थालेको छ । स्वाब परीक्षण गर्ने रिएजेन्ट कीटको अभाव भएका खबर पनि सार्वजनिक भएका छन् ।
यसै क्रममा पछिल्लो समय कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्सले आफूखुशी मनपरी भाडा उठाउने गरेका छन् । कतिपय अस्पताल र एम्बुलेन्स चालकको मिलेमतोमा पनि बिरामीलाई ठग्ने गरेको पाइएको छ । बिरामीका आफन्तका अनुसार कतिपय अस्पतालले कोरोनाको बहानामा संक्रमित तथा अन्य बिरामीका परिवारलाई ठग्ने मौका पाउन थालेका छन् ।
आज साँझ सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ५ को तीनपैनीकी ३९ वर्षीया कोरोना संक्रमित महिलाको विराट नर्सिङ होममा निधन भयो । उनको मृत्यु पुष्टि हुनुअघि अस्पतालले उनलाई विराट टिचिङ अस्पताल रेफर गरेको थियो । तर उनको मृत्यु भइसकेपछि अर्काे अस्पताल रेफर गरिएको हो कि भन्ने शंका गर्ने ठाउँ रहेको संक्रमितका आफन्त र छिमेकी बताउँछन् ।
मृतक महिलाका छिमेकी लक्ष्मी सिग्देलका अनुसार ४ दिनअघि विराट नर्सिङ होममा सिटी स्क्यानिङलगायतका अन्य परीक्षण गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । हिजो मंगलबार पुनः जीउ दुख्ने, ज्वरो आउने आदि समस्या आएपछि अस्पतालले स्वाब संकलन गरी पीसीआर परीक्षण गराएको थियो । हिजो ३ बजे उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
तत्कालै उनलाई आईसीयुमा राख्नुपर्ने भनेर अस्पतालले भने पनि आईसीयु, भेन्टिलेटर केही खालि नभएपछि संक्रमितका परिवार र आफन्त समस्यामा परेका थिए । सिग्देलका अनुसार संक्रमित महिलालाई आज दिउँसो १२–१ बजेतिर आईसीयु खालि भएको भन्दै आईसीयुमा सारिएको थियो । तर, आईसीयुमा पनि उनको उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राख्नुपर्ने र विराट टिचिङ हस्पिटलमा भेन्टिलेटर रहेको भन्दै उनलाई नर्सिङ होमले विराट टिचिङमा ३ बजेतिर रेफर गरेको थियो ।
एम्बुलेन्स भाडा २० हजार रुपैयाँ
रेफर गरिएको अस्पतालमा लान एम्बुलेन्स खोज्दा नपाइएपछि अस्पतालले नै एम्बुलेन्स मगाएको थियो । अस्पतालले मगाएको एम्बुलेन्सको भाडा सुनेर संक्रमितका परिवार र छिमेकी छक्क परेको सिग्देल बताउँछन् । लगभग ५ किलोमिटर टाढाको दूरीमा रहेको अस्पतालमा संक्रमितलाई लैजानको लागि भाडा २० हजार बताइएको थियो । संक्रमितका परिवार र आफन्तले आपत्ति जनाएपछि २ हजार छुट दिएर १८ हजार रुपैयाँ भाडा तिर्नुपर्ने भनेपछि संक्रमितका परिवारले १८ हजार रुपैयाँ भाडा तिरको सिग्देलले बताए ।
‘हामीलाई त पूरै नाटकजस्तो लाग्यो । अस्पतालले बोलाएको एम्बुलेन्सको भाडा बापतको रकम पनि अस्पतालमा नै जम्मा गर्न लगाइयो । हामीलाई त्यसको बिल पनि दिइएन’ फोन सम्पर्कमा उनले भने, ‘५ किलोमिटरको दूरीमा रहेको ठाउँमा लान २० हजार माग्नु, पछि धेरै बिन्ती गरेपछि २ हजार घटाउनु अनि १८ हजार रुपैयाँ तिरेको बिल अस्पतालले दिन्नँ भन्नु भनेको संक्रमितका आफन्तलाई पीडामाथि पीडा दिएको हो । त्यही पनि घरी एम्बुलेन्स हटाउनु भन्छ, घरी एम्बुलेन्स उता राख्नु भन्छ । प्रशासनको कुरा सुनेर हामी त छक्कै प¥यौँ ।’
रेफर गरेको २ घण्टासम्म साँझ ५ बजेसम्ममा पनि अस्पतालले डिस्चार्ज नगरेपछि आफूहरुले आपत्ति जनाएपछि डाक्टरले भेट्न बोलाएको सिग्देलले बताए । डाक्टरलाई भेटेर ‘हाम्रो बिरामी कि मरिसकेको छ भनेर घोषणा गर्नुपर्याे, कि रेफर गरिएको अस्पतालमा लान एम्बुलेन्सलाई भाडा पनि तिरिसकेको हुनाले डिस्चार्ज गर्नुप¥यो’ भनेपछि बल्ल डाक्टरले मुख खोलेको उनले सुनाए ।
त्यसपछि डाक्टरले बिरामीको बाँच्ने सम्भावना ज्यादै कम रहेको हुनाले अब अन्तिम पटक चेक गर्ने भनी पल्स (धड्कन) जाँचेर संक्रमितलाई मृत घोषित गरेको सिग्देल बताउँछन् । यी सबै घटना हेर्दा अस्पतालको कार्यशैली शंकास्पद देखिएको उनले बताए ।
सुरक्षाकर्मीको राम्रो समन्वय
संक्रमितको मृत्युपछि सुरक्षाकर्मीले राम्रो समन्वय गरेको सिग्देलले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले आफूहरुलाई संक्रमितको अन्त्येष्टी आफन्तले गर्ने कि सेनालाई गर्न दिने भनेर सोध्नुका साथै आफ्नो संस्कारअनुसार अन्त्येष्टी गर्ने भए दाहसंस्कारस्थल सम्म शव लान समन्वय गर्ने जानकारी दिएको सिग्देलको भनाइ छ । सिग्देलका अनुसार संक्रमितको अन्त्येष्टी भोलि जातीय परम्पराअनुसार हुने भएको छ ।
सुन्दरहरैंचाको तीनपैनीकी कोरोना संक्रमित महिलाको मृत्यु, सुन्दरहरैंचामा मृत्यु हुनेको संख्या ५
मृत्युपछि कोरोना संक्रमण पुष्टि, आफन्त भन्छन्, ‘कोभिड अस्पतालअगाडि अलपत्र अवस्थामा छौँ’
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login