कोशी प्रदेश
तीन दिनमै तयार भयो धनकुटाको छथरजोरपाटीमा हेलिप्याड
बिराटचोक : धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ पानी ट्याङ्की नजिक निर्मित हेलिप्याड हिजो हस्तान्तरण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको आर्थिक लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याडको सम्पूर्ण काम पूरा गरेर वरख गणले गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुलाई हस्तान्तरण गरिएको हो ।
हेलिप्याड हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले यसअघि नै धनकुटाको महालक्ष्मी नगरपालिका र शहिदभूमि गाउँपालिकामा हेलिप्याड वनिसकेको जानकारी गराउँदै जिल्लामा यो तेश्रो हेलिप्याड निर्माण गरिएको बताए ।
हेलिप्याड वनिसकेपछि यदी कुनैपनि समयमा सवारी साधन चल्ने सडकहरु भत्किएको वेला गाउँपालिकाको जुसुकै स्थानमा विपत्ती आईपरे घाईते मानिसको उद्धार गर्न तथा राहत वितरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको बनाई दियो ।
त्यस्तैगरी गाउँपालिका प्रमुख लिम्वुले यो हेलिप्याड गाउँपालिकाको विपद व्यवस्थापन कोष अन्र्तगतको २ लाख २२ हजार बरावर लागतमा निर्माण गरिएको जानकारी गराएका थिए । विपदको समयमा विपतीमा परेकाहरुलाई उद्धार गर्न तथा राहत वितरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ निर्माण भएको प्रमुख लिम्बुले बताए ।
यो समाचार धनकुटा खबर बाट लिइएको हो ।
Facebook Comment
Banner
समानुपातिक सांसदको नाम टुंगो लगाउँदै एमाले
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
दिउँसो १:०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।
निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
Banner
वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन
पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
Banner
आज पनि पानी पर्ने सम्भावना
काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।
आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login