कोशी प्रदेश
तीन दिनमै तयार भयो धनकुटाको छथरजोरपाटीमा हेलिप्याड

बिराटचोक : धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ पानी ट्याङ्की नजिक निर्मित हेलिप्याड हिजो हस्तान्तरण गरिएको छ । छथरजोरपाटी गाउँपालिकाको आर्थिक लगानी तथा वरखगण सल्लेरी व्यारेक धनकुटाको प्राविधिक सहयोगमा निर्मित हेलिप्याडको सम्पूर्ण काम पूरा गरेर वरख गणले गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुलाई हस्तान्तरण गरिएको हो ।
हेलिप्याड हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले यसअघि नै धनकुटाको महालक्ष्मी नगरपालिका र शहिदभूमि गाउँपालिकामा हेलिप्याड वनिसकेको जानकारी गराउँदै जिल्लामा यो तेश्रो हेलिप्याड निर्माण गरिएको बताए ।
हेलिप्याड वनिसकेपछि यदी कुनैपनि समयमा सवारी साधन चल्ने सडकहरु भत्किएको वेला गाउँपालिकाको जुसुकै स्थानमा विपत्ती आईपरे घाईते मानिसको उद्धार गर्न तथा राहत वितरण गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको बनाई दियो ।
त्यस्तैगरी गाउँपालिका प्रमुख लिम्वुले यो हेलिप्याड गाउँपालिकाको विपद व्यवस्थापन कोष अन्र्तगतको २ लाख २२ हजार बरावर लागतमा निर्माण गरिएको जानकारी गराएका थिए । विपदको समयमा विपतीमा परेकाहरुलाई उद्धार गर्न तथा राहत वितरण गर्न सहज होस् भन्ने उद्देश्यका साथ निर्माण भएको प्रमुख लिम्बुले बताए ।
यो समाचार धनकुटा खबर बाट लिइएको हो ।
Facebook Comment
Banner
प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व

पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।
आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।
महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।
उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।
‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’
उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।
‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्यो,’ राईले भनेका थिए।
महाधिवेशन विराटनगरमा भइरहेका बेला नेतृत्व भने बालुवाटारले तोक्न नहुने भन्दै राई पक्षले चुनाव माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरिरहेको छ।
चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए। त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए।
फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गर्यो। उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए।
पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए। उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए। लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्।
तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे।
‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन् ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन्।’
ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षमा दाबी पेस गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरूद्ध कटाक्ष पनि गरिरहेका छन् ।
पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन्।
लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।
Banner
गछिया जेसीजको अध्यक्षमा नवीन बराल

गछिया जेसीसको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । सनिवार भएको निर्वाचनमा १०० मतका साथ उनी निर्वाचित भएका हुन । उनका प्रतिसपर्धी पुस्पा ढुङेल सिग्देलले ४१ ले मत प्राप्त गरेको निर्वाचन आयुक्त रबिन सिटौलाले जानकारी दिए । यस्तै कार्यकारीणी उपाध्यक्षमा निस्चल घिमिरे र रोहित लिम्बु निर्वाचित भएका छन । निर्वाचनमा घिमिरेले ९८ मत पाउँदा लिम्बुले ९७ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भए । ५३ मत प्राप्त गरेका सुधन भट्टराई भने उपबिजेता बनेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी उपाध्यक्षहरुमा आयुसदीप रिजाल, जानुका धमला, राजुबाबु ढकाल, बिजय ओझा निर्विरोध निर्वाचित हुदा सचिबमा रिजन पोखरेल र जनसम्पर्क अधिकारिका रुपमा देबराज पोखरेल निर्बिरोध निर्वाचित भएको निर्वाचन आयुक्त सिटौलाले जानकारी दिए ।
अध्यक्ष पदमा निर्वाचित भएका बरालले गछिया जेसीसका सम्पूर्ण सदस्यको मनोभावना अनुसारको काम गर्ने बताएका छन । निर्वाचनमा हारजीत स्वभाविक रहेको बताएका उनले आफ्नो कार्यकालमा गछिया जेसीसको भवन निर्माण हुने उल्लेख गरे । बरालले नवराज पोखरेललाइ महासचिव, कमल दाहाल कोषाध्यक्ष र कमल ढुंगाना कानूनी सल्लाहकार, सुजन बाह्रकोटी सह सचिब, ज्ञाननाथ ढकाल तालिम आयुक्त र रमा फूयललाई महिला संयोजकका रुपमा मनिनित समेत गरेर आफ्नो बोर्डलाई पूर्णता दिएका छन ।
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास

धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login