विचार
तिहारको मनोवैज्ञानिक पक्ष र महत्व
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस वर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौँ ।
तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो वर्ष कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दूरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउँदै जो जहाँ छौँ त्यहीँबाट चाडपर्व मनाउनु नै उत्तम हुन्छ ।
चाडपर्वमा शुभकामना तथा आशीर्वादको आदानप्रदान भौतिक रुपमा भेटघाट हुन नसके पनि वैकल्पिक रुपमा फोन वा सोसियल मिडियाको प्रयोग गरेर गर्न सकिन्छ ।
चाडपर्वको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व रहेको हुन्छ । दशैँ तिहारजस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँगमात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानिस पूर्ण रूपमा स्वस्थ हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वस्थ हुनुपर्दछ । तिहारजस्ता चाडपर्वले मानिसलाई यी चारै आयामबाट स्वस्थ रहनका लागि मद्दत पु¥याइरहेको हुन्छ ।
चाडपर्वमा सबैले मीठो मसिनो र पोसिलो खानेकुरा खाने गर्दछन् । चाडपर्वमा विशेष रूपमा खाइने खानेकुराले शारीरिक रूपमा स्वस्थ्य रहन मद्दत पु¥याउँछ । तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइलाई दिने भाइ मसला पोसिलो र औषधीय गुणले सम्पन्न हुने गर्छ ।
तिहारमा खेलिने देउसीभैलोले एक त सामुहिक भावनाको विकास गर्छ भने अर्कोतर्फ गीतसंगीतको माध्यमद्वारा मनोरञ्जनसमेत प्रदान गरिरहेको हुन्छ । मानसिक स्वास्थ्यको लागि मनोरञ्जन महत्वपूर्ण हुन्छ । मनोरञ्जनले पीर, मर्का र तनावबाट छुटकारा मिल्छ । गीतसंगीत मानव जीवनको लागि आवश्यक कुरा हो । विश्वमा मानसिक रोगको उपचारको लागि म्युजिक थेरापीकै विकास भएको छ ।
सामुदायिक हितको हिसाबले देउसीभैलो खेल्ने र त्यसबाट उठेको रकम समाजसेवामा लगाइनु पनि तिहारको राम्रो पक्ष हो । तर कोरोनाको कारण यस पटक भने देउसीभैलो खेल्नबाट हामी वञ्चित भएका छौँ ।
चाडपर्वको बेला एकअर्कामा गरिने शुभकामनाको आदान–प्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकरात्मक सोचको विकास गरिदिन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धन गर्न मद्दत गर्दछ ।
चाडपर्वको रमझमले खुसीयाली र उमङ्ग लिएर आउँछ । चाडपर्वकै अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ बनाउँछ । सम्बन्धलाई गाढा र मजबुत बनाउने भेटघाटले नै हो ।
चेलीहरू विवाह गरी अर्काको घरमा जाने भएकाले दाजुभाइ र दिदी बहिनीबीचको सम्बन्ध टाढा हुँदै जान सक्ने सम्भावना धेरै हुने हुँदा माइती र चेलीबीचको सम्बन्ध गाढा बनाइराख्न तिहारजस्तो चाडको ठूलो महत्व छ । विवाह गरेर टाढाटाढा गएका दिदीबहिनी र दाजुभाइबीचको भेट तिहारको अवसरमा हुने हुँदा सम्बन्धमा पुनर्ताजगी आउने गर्छ । उनीहरुबीच माया, प्रेम, सद्भाव अझ् झाँगिदै जान्छ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने सेतुको काम पनि चाडपर्वले गर्छ ।
नातिनातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने हुनाले बढ्दै गएको ‘जेनेरेसन ग्याप’लाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ । यसले आपसी रिस, राग पूर्वाग्रह हटाउँछ । चाडपर्वको बेला गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा सबल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।
मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । त्यसकारण चाडपर्वको मनोवैज्ञानिक प्रभाव बुझ्नु जरुरी छ । तिहारमा घर रङ्गाउने, सरसफाइ गर्नेजस्ता कुराले व्यक्तिलाई सरसफाइप्रति जागरुक र सचेत पनि बनाइरहेको हुन्छ ।
कोरोनाको कारण अहिलेको अवस्थामा आफ्नो सरसफाइमा ध्यान दिनु त अति आवश्यक छ । चाडपर्वलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया, प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनुपर्दछ । चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्नेजस्ता नकारात्मक पाटोलाई भने हटाउनु आवश्यक छ ।
तिहार बत्ती, रङ र फूलको पर्व हो । जीवन रङहरुको समिश्रण हो । भाइटीकामा लगाइने सप्तरङ्गी टिकाले यही अर्थ दिन्छ । सात वटै रङहरुको अर्थ र विशेषता फरकफरक हुने गर्दछ । रङ्गीबिरङ्गी रङहरुले मान्छेको मनमा सकारात्मक भावना उत्पन्न गराउँछ ।
मानसिक रोगको उपचारमा विश्वमा कलर थेरापीको प्रयोग गर्ने गरिन्छ । उज्यालो, चम्किलो, रंगीन र सुन्दर कुरा नै हामीले जीवनमा रोज्नुपर्छ । यसैमा रमाउने प्रयास गर्नुपर्छ भन्ने सन्देश यसले दिएको हुन्छ । डिप्रेसनले गाँजेको अहिलेको अवस्थामा तिहारको झिलीमिलीले ठूलै औषधीको काम गरिरहेको हुन्छ ।
संसारमा गुणको कदर हुन्छ । मानिसलाई मद्दत पुर्याउने पशुपंक्षीदेखि चौपायासमेतलाई यस पर्वमा पुजिन्छ । तिहारमा काग, कुकुर, गाई, गोरूको पूजा गर्नु भनेको उनीहरूको काम र गुणको कदर र सम्मान गर्नु पनि हो । संसारका सबै प्राणीहरूले आफ्नो मान, सम्मान र कामको कदर होस् भन्ने चाहन्छन् । तिहारको बेला पशुपंक्षीलाई पुज्ने कार्यले पशुपंक्षीको आफ्नो कामको सम्मान र महत्व झल्काउँछ । साथै मानव समाजसँगको सम्बन्ध र सम्पर्क प्रगाढ बनाउन मद्दत मिल्छ ।
यसले ईको सिस्टमलाई समेत सन्तुलित राख्छ । हामीले अरूको कामको कदर र गुणको पूजा गर्नुपर्छ चाहे ती आफूभन्दा साना वा पशुपंक्षी नै किन नहुन् । यो कुराको प्रष्ट सन्देश तिहारले दिन्छ । कसैले आफ्नो कामको सम्मान पाएन भने त्यहीबाट असमझदारी र असंतुष्टि बढ्छ । कलह र विद्रोहको कारण पनि यही हो ।
तिहारमा धुमधामसाथ लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धन धान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रुपमा पुज्ने गरिन्छ । तिहारमा लक्ष्मी वा पैसाको पूजा गर्नुको अर्थ पैसाको कदर गर्न सिक्नुपर्छ भन्ने हो ।
आफ्नो शरीर आफैँले पूजा गर्ने पर्व म्हः पूजाको मनोवैज्ञानिक रुपमा पनि ठूलो महत्व छ । आफ्नो शरीर भन्दा बहुमुल्य कुरा यो संसारमा अरु केही पनि छैन । शरीर हाम्रो लागि सृष्टिको अनमोल उपहार हो । शरीरका प्रणालीले काम गरुन्जेलसम्म मात्र हामी जीवित रहने हो । शरीर नै मन्दिर हो । यसलाई स्वस्थ राख्नुपर्छ ।
शरीरलाई स्वस्थ राख्न तथा आफ्नै दीर्घायुको कामना समेत म्हः पूजामा गरिन्छ । यसले जीवन अमूल्य छ भन्ने बोध गराउँछ । आत्मसम्मान कमजोर हुँदा मानिसलाई मानसिक असर पुग्न सक्छ । व्यक्तिमा विभिन्न किसिमका मानसिक समस्याहरु देखिने गर्दछन् । मानसिक स्वास्थ्य सबल राख्न समेत म्हः पूजाले मद्दत पु¥याउने गर्छ ।
त्यसैगरी हाम्रो अर्को चाड छठ भनेको प्रकृति र पर्यावरणको पूजा गर्ने चाड हो । यसले प्रकृति र पर्यावरण जोगाउनु पर्छ भन्ने सन्देश दिन्छ । तसर्थ चाडपर्वको मनोवैज्ञानिक महत्वलाई बुझेर यसलाई सभ्य र भव्य रुपमा मनाउनुपर्छ ।
(ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् ।)
Facebook Comment
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
Banner
कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय
काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login