Connect with us
Advertisement

के हो गणतन्त्र ?

Published

on

‘धेरै वर्ष अगाडिदेखि राजाले मात्रै एकोहोरो राज गरे हामीमाथि । राजतन्त्र रहुञ्जेल हामी जनता सधैँ भोका, नाङ्गा रहिरहन्छौँ । जबसम्म राजा फ्याँकिदैन तबसम्म हामी जनता सधैँ गरिबीकै रेखामुनि पिल्सिरहने छौँ । अब यो राजतन्त्र नै देश बाट सधैँको लागि हटाएर जनताको अधिकारको तन्त्र गणतन्त्र ल्याउनैपर्छ…’ भन्दै झुटो अफवाह फैलाएका अहिलेका कयौ छोटे राजाहरुको कुरालाई विश्वास गरेर केही वर्ष अगाडि नै राजतन्त्र हटाएर गणतन्त्र ल्यायौँ । तर हामी जनताले अहिलेको गणतान्त्रिक देशबाट खोइ कुन किसिमको गणतन्त्रको महसुस गर्न पाइयो र ?

हिजोका दिनमा नारायणहिटीमा राजा रहँदा पनि हामीलाई उस्तै नै थियो । अनि आजको दिनमा शीतल निवासमा राष्ट्रपति  रहनुमा केही फरक छ र ? जुनसुकै पनि बेला बाटोमा त्यही साइरनका साथ अघिपछि चम्किला गाडीहमा प्रहरी, सेनाका साथ तामझाम उस्तै छैन र ?

पहिले बाइसी, चौबिसी राज्य थिए अनि ती अलगअलग राज्यमा अलगअलग राजाहरुले शासन गर्दथे भनेर पढिएको थियो । अनि ती सबै राज्यहरुलाई पृथ्वीनारायण शाह नाम गरेका साहसी राजाले एकीकृत गरी एउटै राज्य बनाएको रे, जुन चाहिँ नेपाल रे । अनि आज त्यही एउटा नेपाललाई फेरि टुक्र्याएर सात राज्य बनाएनन त ? हरेक राज्य अनि हरेक गाउँगाउँमा पिर्के सलामी रे । अनि अहिले पनि चम्किला गाडीमा सवार भई अघि र पछि प्रहरी र सेना कुदिरहेका छैनन् र ?

आफ्नै नेताले मात्रै गणतन्त्र ल्याए झैँ गर्नेहरुलाई चाहिँ पक्कै यसले राम्रो फाइदा गरेको छ । अझै पनि हामीजस्तो साधारण जनताले कहीँ कतै कुनै जागिर गर्नुपर्यो भने फलानो र तिनालुको खुट्टैसम्म नि समाउनुपर्ने हुन्छ । अनि जसको धेरै मुख भयो त्यो छानिन्छ । जसको बोल्दिने कोही हुँदैन ऊ फालिन्छ । यही हो त गणतन्त्र ?

कुनै छोरी चेली एक्लै स्कुल होस् वा कलेज वा आफ्नो व्यक्तिगत कामले एक्लै कतै जानुपर्यो भने त्यो छोरी सकुशल घर फर्किन्छे कि फर्किन्नँ भन्ने त्रास भई नै रहन्छ हरेक आमाबाबुलाई । कुनै चेली बीच बाटोमा बलात्कृत हुन्छे अनि उसको त्यहीँ हत्या पनि हुन्छ । तर सरकार त्यसको तमासा हेरेर बस्छ । अझ माथिबाट उर्दी जारी हुन्छ, ‘अरु देशमा हेरी हाम्रो देशमा बलात्कार र हत्याको घटना एकदम न्यून छ ।’ यही हो त गणतन्त्र ?

कुन कुराको मागमा टायर बालेर विरोध गरिएको हो भन्ने कुरा त्यो बाटोमा टायर बाल्नेलाई नै थाहा हुदैन । तर ऊ लागिपरेर विरोध जनाइरहेको हुन्छ । आफ्नै कामले कोही मान्छे बाटोमा आफ्नो साइकल, मोटरसाइकल लिएर हिँडिरहेको छ भने बिनाकारण उसको सवारी साधन नै जलाइन्छ । यही हो त गणतन्त्र ?

राजतन्त्र रहुञ्जेल हामी कहिल्यै नि माथि उठ्न सकेनौँ भन्ने ए देशका धमिरा हो अनि तिमीहरुले चाहिँ खोइ कसलाई माथि उठायौ त ? के तिम्रा अघिपछि गरेर हिँड्ने दुई चार जनाको सात पुस्तेलाई मात्रै हेरेर हुन्छ र ? अरु कोही जनता नै छैनन् र यो देशमा ?

थोरै ज्वरो आएजस्तो मात्रै भयो भने पनि उपचार गर्नको लागि तिमीहरु आफ्नै देशमा उपचार नगरेर सबैभन्दा राम्रो र महङ्गो देश छानेर जान्छौ, त्यो पनि आफ्नै देशको सम्पति प्रयोग गरेर । अनि जनता बिरामी हुँदा भन्ने गर्छौ सरकारले हेर्न सक्दैन । गरिब जनताको भोट पाएर ठूलो भएको नेता साधारण बिरामी हुँदा पनि देशको कयौ सम्पत्ति लुटिरहेको हुन्छ अनि त्यही भोट दिने गरिब जनता बिरामी हुँदा सामान्य अस्पतालमा पनि उपचार हुन नपाइ यता र उता भाँैतारिएर मर्छ । यही हो त गणतन्त्र ?

गाउँ बनाउँछु, देशै बनाउँछु भन्ने त्यो गाउँको नेता हिजो भोट माग्न आउँदा उसलाई कुन माटो, कुन हिलो थाहा हुँदैन थियो । सबै सरह हिँड्ने गथ्र्याे । जब उसले जितेर गयो अनि कहिलेकाहीँ त्यही गाउँमा आउनुपर्दा अब उसको जुत्ता र लुगामा थोरै नि माटो लाग्छ कि भनेर गाडी बाट ओर्लिएसँगै रातो कार्पेट बिछ्याउनु पर्ने भएको छ । अनि ऊ उभिने ठाउँमा रातै पिर्का हुन्छ । यही हो त गणतन्त्र ?

कृषिप्रधान देश भन्दै सदनमा भाषण छाँट्ने ए छोटे राजाहरु हो कृषकको लागि बिउबिजन अनि मल प्रदान गर्नुपर्छ भन्ने हेक्का छैन है ? कृषकको लागि बिउबिजन अनि मल दिन नसक्ने सरकारले सर्प पाल्नेलाई चाहिँ ७० करोड दिन सक्छ त ? यही हो त गणतन्त्र ?

जनता भोकभोकै सडकमै मर्न लागिसके । कसैले दया गरेर एक छाक खुवाएको छ भने यो कामले अहिलेको सरकारलाई लाज भयो रे । अनि त्यो ७० करोड कुम्ल्याएको टेप रेकर्ड बाहिर आउँदा चाहिँ लाज भन्ने शब्द कता लुकेको थियो नि ? सारा जनतालाई झुक्याएर सम्पत्ति कमाउने खेल मात्रै हो त ? यही हो त गणतन्त्र ?

जनताबाट अस्वीकार भई चुनावमा हारेको मान्छेलाई मन्त्री बनाउन अलग्गै कानुन भएको अनि जनताले रुचाएको मान्छेलाई चाहिँ पुनः नियुक्ति गर्नको लागि कानुन नै नभएको रे । के यही हो त गणतन्त्र ?

म राजावादी होइन । न त म अहिलेको गणतन्त्रको समर्थक नै हो । साँच्चै भन्नुपर्दा मैले त अझैसम्म गणतन्त्र भनेको के हो बुझ्न सकेको नि छैन । गणतन्त्रमा त सबै जनतालाई बराबर रुपमा हेरिन्न र ? तर खोइ त त्यो ?

आखिर के हो त गणतन्त्र ?

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक