विचार
आर्थिक उपार्जनका वैकल्पिक बाटो खोजिरहेकाहरुको प्रवेशले शेयर बजार उचाइमा पुगेको हो
शेयर बजारको कारोबार भनेको लगानीकर्ताहरुको मनोभावमा भर पर्ने हुन्छ । उनीहरुको मानसिकता कस्तो हुन्छ भन्ने कुरामा शेयर बजार अघि बढ्छ, बजारमा शेयरको माग र आपूर्ति कसरी भइरहेको छ, त्यसले पनि फरक पर्छ । अहिलेको अवस्थामा भन्ने हो भने धेरै कारोबारी साथीहरु बजारमा सक्रिय हुनुभएको छ । जसले ऋण लिएर शेयर कारोबार गर्नुहुन्छ अथवा पैसा सजिलै र सहजै पाइएको छ, अहिले यसले पनि ‘प्लस प्वाइन्ट’ गरेको छ ।
अहिले अरु क्षेत्रमा आर्थिक गतिविधिहरु एकदमै संकुचित भएको छ । अहिलेको अवस्थामा केही काम गरेर ल यसरी लगानी गरौँ भन्दा पनि त्यो अवसर हामीसँग कम छ । अरु क्षेत्रमा लगानी गर्ने पैसा शेयर बजारतिर केन्द्रित भएकाले पनि यतातिरको कारोबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको जस्तो लाग्छ । अहिले प्रविधिको प्रयोग गरेर घरमै बसेर पनि अनलाइनमार्फत शेयर किनबेच गर्न सकिने अवस्था छ ।
यो सँगसँगै बजार घट्ने क्रम र बढ्ने क्रम चाहिँ चक्र हुन्छ । त्यसलाई ‘बुल’ र ‘बियरिस’ को चक्र भनेर भनिन्छ । त्यो वियरिस चक्र चाहिँ ४ वर्ष पार गरेको अवस्था हो अहिले । वियरिस चक्र पूरा भयो भन्ने मानिसहरुको सोचले पनि बजारमा प्रभाव पारेको हुन सक्छ ।
अब बजार धेरै घट्दैन अथवा बजार अब बढ्छ भन्ने सकारात्मक मानसिकता र आत्मविश्वासले पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हुन सक्छ । अहिलेको आत्मविश्वासले बजारलाई अझ माथि जान सहयोग पुग्न सक्छ ।
शेयर बजारमा कोरोनाको प्रभाव कति ?
कोरोना भाइरसको संक्रमणका कारण अरु क्षेत्रमा आर्थिक गतिविधिहरु त कम भए । त्यसैको प्रभावले कारोबार गर्ने अथवा आर्थिक गतिविधिमा संलग्न मानिसहरुले आर्थिक उपार्जन गर्ने वैकल्पिक बाटो खोजिरहेका छन् ।
वैकल्पिक बाटोको खोजी गर्दै जाँदा उनीहरुले शेयर बजारमा सम्भावना देखे । हातमा भएको पैसालाई कहाँ लगेर लगानी गरौँ भन्ने भइरहेको समयमा उनीहरु शेयर बजारमा आएको देखिन्छ । कोरोनाले सबै आर्थिक क्षेत्रमा असर परिरहेको समयमा अलिकति भएको रकमलाई शेयर बजारमा लगानी गरौँ न त भनेर पनि उनीहरु शेयर बजारमा आकर्षित भएको पाइन्छ ।
शेयर बजारमा सकारात्मक प्रभाव
अरु क्षेत्रमा आर्थिक गतिविधि कम हुनेबित्तिकै अल्पकालीन रुपमा प्रवेश गर्ने साथीहरु अलि धेरै हुनुहुन्छ । जसले शेयर बजारलाई परीक्षण गर्दै अवसरहरु लिनु भएको छ । सँगसँगै वियरिस चक्रहरु पनि पूरा भइसकेको अवस्था छ । प्रविधिले सहजता ल्याएको छ ।
शेयरमा लगानी गर्नका लागि पहिले ऋण पाइँदैन थियो, अहिले शेयर ऋण पनि सहजै सस्तो पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले राम्रोसँग लगानी गर्न सक्नेहरुलाई बोलाएर ऋण दिइरहेका छन् । पहिलेजस्तो ब्रोकर कहाँ गएर लामो समयसम्म बसेर भुक्तानी लिनदिन अथवा शेयर कारोबार गर्न गाह्रो छैन ।
घरमै अथवा कतै बसेर सहजै रुपमा किनबेच गर्न सकिन्छ । यिनै कुराहरुले शेयर बजारमा प्रभाव पारिरहेको छ । प्राथमिक बजारमा आईपीओ निस्कासनमा पनि पहिलेजस्तो एकदुई महिना लाग्दैन । अहिले २÷४ दिनमै शेयर बाँडफाँड हुने गरेको छ । यस्ता सुधारहरु जुन भइरहेको छ, बजारमा यसले पनि मानिसहरु शेयर कारोबारप्रति आकर्षित गरिरहेको जस्तो लाग्छ ।
रेकर्ड कायमै राख्न के गर्नुपर्छ ?
गएको फागुनमा एकैचोटी माथि गएको बजार घट्दै फेरि बढ्न थालेको छ । पैसाको सहज उपलब्धता र प्रविधिमैत्री हुँदै गर्दा यो बजार अझै अघि बढिरहने मात्रै हो कि अथवा के हुन्छ भन्ने कुरा सबैमा छ । वास्तविक रुपमा यसको कारोबार कसरी अघि बढ्छ भन्नेबारे आजको मूल्यांकनले पुग्दैन ।
अबको जुन दिन कारोबार हुन्छ, त्यो समयमा किनबेच गर्ने साथीहरुको मानसिकताले अर्थात् त्यही कारोबार गरिरहेको समयमा पनि कुनै सानो खबरले बजारमा प्रभाव पार्न सक्छ । आपूर्ति र मूल्य तलमाथि हुन सक्छ । मूल्य तलमाथि हुनेबित्तिकै बजार र परिसूचक तलमाथि हुन सक्छ । बजारमा जो छिर्नुभएको छ, उहाँहरुलाई पनि यहीँ राखिराख्ने र बजारलाई अझै राम्रो होस् र धेरै नघटोस् भन्नका लागि अहिलेकै जस्तो पैसा सहजै रुपमा उपलब्ध हुनुपर्यो ।
बजारमा कारोबार गर्दा लाग्ने लागत जस्तै दलालको कमिसन, नेप्सेको कमिसनहरुमा पुनरावलोकन गर्नुपर्यो । शेयरहरु जति समयमा आउनुपर्ने हो, त्यो समयमा आउनुपर्यो । मान्छेलाई यहाँबाट सजिलै आर्थिक उपार्जन गर्न सक्छु, केही लगानी गर्यो भने सजिलै उपार्जन गर्न सक्छ भन्ने ग्यारेण्टी भयो भने रेकर्ड कायमै राख्न सकिन्छ । लगानीकर्ताको मनोबल बढाउन सकिन्छ ।
अबका दिनमा शेयर बजारको कारोबार कस्तो रहन्छ ?
आर्थिक परिसूचक अथवा हाम्रा आर्थिक तथ्यांकहरु हेर्ने हो भने हाम्रो अर्थतन्त्र त्यति सकारात्मक अर्थात् राम्रो देखिँदैन । त्यति हुँदै गर्दा पनि अरु क्षेत्रमा विकल्प राम्रो हुनेबित्तिकै अल्पकालीन रुपमा बजार प्रवेश गर्नुभएका साथीहरु पक्कै पनि निक्लनुहुनेछ । त्यसबेला बजारमा दबाब आउन सक्छ ।
हाम्रा सूचीकृत कम्पनीहरुका आर्थिक वित्तीय विवरणहरु जस्तै लाभांश क्षमता, मुनाफाहरु राम्रो हुँदै गयो भने बजारले पक्कै पनि सकारात्मक रुप लिन्छ । सूचीकृत कम्पनीहरुका वित्तीय सूचकहरु जस्तै लाभांश र मुनाफाहरु कम आउने भयो भने त लगानीकर्ताहरु पछि हट्न सक्छन् ।
प्राविधिक विश्लेषणले बजार यतिसम्म पुग्न सक्छ भनेर अनुमान गर्न त सक्ला, तर साँच्चिकै बजार घट्छ अथवा बढ्छ भनेर ठोकुवा गरेर भन्ने सकिने अवस्था भने रहँदैन । – उज्यालो अनलाइन
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login