Connect with us
Advertisement

आर्थिक उपार्जनका वैकल्पिक बाटो खोजिरहेकाहरुको प्रवेशले शेयर बजार उचाइमा पुगेको हो

Published

on

शेयर बजारको कारोबार भनेको लगानीकर्ताहरुको मनोभावमा भर पर्ने हुन्छ । उनीहरुको मानसिकता कस्तो हुन्छ भन्ने कुरामा शेयर बजार अघि बढ्छ, बजारमा शेयरको माग र आपूर्ति कसरी भइरहेको छ, त्यसले पनि फरक पर्छ । अहिलेको अवस्थामा भन्ने हो भने धेरै कारोबारी साथीहरु बजारमा सक्रिय हुनुभएको छ । जसले ऋण लिएर शेयर कारोबार गर्नुहुन्छ अथवा पैसा सजिलै र सहजै पाइएको छ, अहिले यसले पनि ‘प्लस प्वाइन्ट’ गरेको छ ।

अहिले अरु क्षेत्रमा आर्थिक गतिविधिहरु एकदमै संकुचित भएको छ । अहिलेको अवस्थामा केही काम गरेर ल यसरी लगानी गरौँ भन्दा पनि त्यो अवसर हामीसँग कम छ । अरु क्षेत्रमा लगानी गर्ने पैसा शेयर बजारतिर केन्द्रित भएकाले पनि यतातिरको कारोबार उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेको जस्तो लाग्छ । अहिले प्रविधिको प्रयोग गरेर घरमै बसेर पनि अनलाइनमार्फत शेयर किनबेच गर्न सकिने अवस्था छ ।

यो सँगसँगै बजार घट्ने क्रम र बढ्ने क्रम चाहिँ चक्र हुन्छ । त्यसलाई ‘बुल’ र ‘बियरिस’ को चक्र भनेर भनिन्छ । त्यो वियरिस चक्र चाहिँ ४ वर्ष पार गरेको अवस्था हो अहिले । वियरिस चक्र पूरा भयो भन्ने मानिसहरुको सोचले पनि बजारमा प्रभाव पारेको हुन सक्छ ।

अब बजार धेरै घट्दैन अथवा बजार अब बढ्छ भन्ने सकारात्मक मानसिकता र आत्मविश्वासले पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको हुन सक्छ । अहिलेको आत्मविश्वासले बजारलाई अझ माथि जान सहयोग पुग्न सक्छ ।

शेयर बजारमा कोरोनाको प्रभाव कति ?
कोरोना भाइरसको संक्रमणका कारण अरु क्षेत्रमा आर्थिक गतिविधिहरु त कम भए । त्यसैको प्रभावले कारोबार गर्ने अथवा आर्थिक गतिविधिमा संलग्न मानिसहरुले आर्थिक उपार्जन गर्ने वैकल्पिक बाटो खोजिरहेका छन् ।

वैकल्पिक बाटोको खोजी गर्दै जाँदा उनीहरुले शेयर बजारमा सम्भावना देखे । हातमा भएको पैसालाई कहाँ लगेर लगानी गरौँ भन्ने भइरहेको समयमा उनीहरु शेयर बजारमा आएको देखिन्छ । कोरोनाले सबै आर्थिक क्षेत्रमा असर परिरहेको समयमा अलिकति भएको रकमलाई शेयर बजारमा लगानी गरौँ न त भनेर पनि उनीहरु शेयर बजारमा आकर्षित भएको पाइन्छ ।

शेयर बजारमा सकारात्मक प्रभाव
अरु क्षेत्रमा आर्थिक गतिविधि कम हुनेबित्तिकै अल्पकालीन रुपमा प्रवेश गर्ने साथीहरु अलि धेरै हुनुहुन्छ । जसले शेयर बजारलाई परीक्षण गर्दै अवसरहरु लिनु भएको छ । सँगसँगै वियरिस चक्रहरु पनि पूरा भइसकेको अवस्था छ । प्रविधिले सहजता ल्याएको छ ।

शेयरमा लगानी गर्नका लागि पहिले ऋण पाइँदैन थियो, अहिले शेयर ऋण पनि सहजै सस्तो पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले राम्रोसँग लगानी गर्न सक्नेहरुलाई बोलाएर ऋण दिइरहेका छन् । पहिलेजस्तो ब्रोकर कहाँ गएर लामो समयसम्म बसेर भुक्तानी लिनदिन अथवा शेयर कारोबार गर्न गाह्रो छैन ।

घरमै अथवा कतै बसेर सहजै रुपमा किनबेच गर्न सकिन्छ । यिनै कुराहरुले शेयर बजारमा प्रभाव पारिरहेको छ । प्राथमिक बजारमा आईपीओ निस्कासनमा पनि पहिलेजस्तो एकदुई महिना लाग्दैन । अहिले २÷४ दिनमै शेयर बाँडफाँड हुने गरेको छ । यस्ता सुधारहरु जुन भइरहेको छ, बजारमा यसले पनि मानिसहरु शेयर कारोबारप्रति आकर्षित गरिरहेको जस्तो लाग्छ ।

रेकर्ड कायमै राख्न के गर्नुपर्छ ?

गएको फागुनमा एकैचोटी माथि गएको बजार घट्दै फेरि बढ्न थालेको छ । पैसाको सहज उपलब्धता र प्रविधिमैत्री हुँदै गर्दा यो बजार अझै अघि बढिरहने मात्रै हो कि अथवा के हुन्छ भन्ने कुरा सबैमा छ । वास्तविक रुपमा यसको कारोबार कसरी अघि बढ्छ भन्नेबारे आजको मूल्यांकनले पुग्दैन ।

अबको जुन दिन कारोबार हुन्छ, त्यो समयमा किनबेच गर्ने साथीहरुको मानसिकताले अर्थात् त्यही कारोबार गरिरहेको समयमा पनि कुनै सानो खबरले बजारमा प्रभाव पार्न सक्छ । आपूर्ति र मूल्य तलमाथि हुन सक्छ । मूल्य तलमाथि हुनेबित्तिकै बजार र परिसूचक तलमाथि हुन सक्छ । बजारमा जो छिर्नुभएको छ, उहाँहरुलाई पनि यहीँ राखिराख्ने र बजारलाई अझै राम्रो होस् र धेरै नघटोस् भन्नका लागि अहिलेकै जस्तो पैसा सहजै रुपमा उपलब्ध हुनुपर्यो ।

बजारमा कारोबार गर्दा लाग्ने लागत जस्तै दलालको कमिसन, नेप्सेको कमिसनहरुमा पुनरावलोकन गर्नुपर्यो । शेयरहरु जति समयमा आउनुपर्ने हो, त्यो समयमा आउनुपर्यो । मान्छेलाई यहाँबाट सजिलै आर्थिक उपार्जन गर्न सक्छु, केही लगानी गर्यो भने सजिलै उपार्जन गर्न सक्छ भन्ने ग्यारेण्टी भयो भने रेकर्ड कायमै राख्न सकिन्छ । लगानीकर्ताको मनोबल बढाउन सकिन्छ ।

अबका दिनमा शेयर बजारको कारोबार कस्तो रहन्छ ?

आर्थिक परिसूचक अथवा हाम्रा आर्थिक तथ्यांकहरु हेर्ने हो भने हाम्रो अर्थतन्त्र त्यति सकारात्मक अर्थात् राम्रो देखिँदैन । त्यति हुँदै गर्दा पनि अरु क्षेत्रमा विकल्प राम्रो हुनेबित्तिकै अल्पकालीन रुपमा बजार प्रवेश गर्नुभएका साथीहरु पक्कै पनि निक्लनुहुनेछ । त्यसबेला बजारमा दबाब आउन सक्छ ।

हाम्रा सूचीकृत कम्पनीहरुका आर्थिक वित्तीय विवरणहरु जस्तै लाभांश क्षमता, मुनाफाहरु राम्रो हुँदै गयो भने बजारले पक्कै पनि सकारात्मक रुप लिन्छ । सूचीकृत कम्पनीहरुका वित्तीय सूचकहरु जस्तै लाभांश र मुनाफाहरु कम आउने भयो भने त लगानीकर्ताहरु पछि हट्न सक्छन् ।

प्राविधिक विश्लेषणले बजार यतिसम्म पुग्न सक्छ भनेर अनुमान गर्न त सक्ला, तर साँच्चिकै बजार घट्छ अथवा बढ्छ भनेर ठोकुवा गरेर भन्ने सकिने अवस्था भने रहँदैन । – उज्यालो अनलाइन

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा

Published

on

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।

सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।

जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।

Continue Reading

Banner

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

Published

on

अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

Continue Reading

Banner

नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण

Published

on

बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।

यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक